Input your search keywords and press Enter.

नविनको नयाँ गीत ‘सुदूरपश्चिम घर मेरो’ बजारमा

लोक गायक नविन पौडेलले ‘सुदूरपश्चिम घर मेरो’ बोलको गीत एल्वम बजारमा ल्याएका छन् । सुदूरपश्चिमका नौ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई समेटेर सो गीत बजारमा ल्याएका हुन् । गीती एल्बमको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले धनगढीमा बिमोचन गरिन् । उनले ‘सुदूरपश्चिम घर मेरो’ गीती एल्बमले यस प्रदेशको पर्यटन विकासमा टेवा पुर्याउनेका साथै स्वदेश तथा विदेशमा सुदूरपश्चिमलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । गण्डकी प्रदेशको पाल्पा जिल्लामा जन्मथलो भएका पौडेलले ‘सुदूरपश्चिम घर मेरो’ गीती एल्बममा सिंगो सुदूरपश्चिम समेटिएको छ । एल्बमा सुदूरको कला, सस्कृति, पर्यटन र भौगोलिक अवस्थाको चर्चा उनका गीतमा पाइन्छ । गायक नविनले सुदूरपश्चिममा मनोरम पर्यटकीय गन्तव्य रहेको र तीनैका प्रचारका लागि आफूले गीत गाएको बताए । हेर्नुहोस यस्तो छ गीत

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares