Input your search keywords and press Enter.

कान्छो जिल्ला चिनाउन महोत्सव

सर्जना कार्की
५२ पोखरी ५३ टाकुरीको नामले चिनिने नेपाालको कान्छो जिल्ला रुकुम पूर्वमा पहिलो पटक पर्यटन महोत्सव हुने भएको छ । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र साँस्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव गर्ने निर्णय भएको बताइएको छ । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटक भित्र्याइ त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु¥याउन लक्ष राखेर महोत्सव आयोजना गरिएको रुकुम पुर्व चेम्वर अफ कमर्शका अध्यक्ष दीलीप थापाले बताए । यस अघि मंंसिर २० गते देखी पौष १ गते सम्म सञ्चालन हुने भनिएको महोत्सब मिति सरेर २३ गते उद्धघाटन भइ ३ गतेसम्म सञ्चालन हुने भनिएको थियो । तर महोत्सवको तयारि गर्न ढिला भएको कारण महोत्सव फेरी पनि २ दिन पछि सरेर २५ गतेबाट सञ्चालन भइ पुष ५ गतेसम्म चल्ने आयोजकले बताएको छ । पर्यटन, सस्कृति, जडिबुटी, उद्योग र व्यापारःरुकुमपूर्वको समृद्धिका मुल आधार भन्ने नारा सहित महोत्सव आयोजना गरिएको हो । नयाँ जिल्ला र देशको कान्छो जिल्लाको मान्यता पाए देखिको यो पहिलो महोत्सव हो । महोत्सव जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा हुदैछ ।

महोत्सव मुल आयोजक समिति रुकुमपूर्व चेम्बर अफ कमर्शका अनुसार महोत्सव उद्घाटनको प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान मन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल पक्का भएको र महोत्सवको उद्घाटन उनले नै गर्ने आयोजकले बताएको छ । महोत्सवमा जिल्ला भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव स्थलमा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिइने छ भने स्टलहरुमा पनि जिल्लाको पहिचान खुल्ने वस्तु राख्ने तयारी गरिएको छ । स्थानीयले तयार गरेको कम्बलदेखि, स्थानीय खानाको समेत प्रवद्र्धन गर्ने गरी स्टल निर्माण गर्ने योजना आयोजक समितिले बनाएको छ ।

जिल्लाको पूर्वी क्षेत्रको मुख्य खाना ढिडो, टिमुरको अचार, आलु, गुन्द्रुक, सिन्की, हस्त निर्मित सामग्रहरु महोत्सवका स्टलमा राखिनेछ । मध्यपहाडी लोकमार्गको कारण जिल्ला आउन जान सजिलो भएकाले सकेसम्म धेरै जिल्ला बाहिरका सर्वसाधारणलाई महोत्सवमा ल्याउन प्रयास गरिने जनाइएको छ ।
छिमेकी जिल्लाहरु रुकुम पश्चिम, रोल्पा, बाग्लुङ, पोखरा, सल्यान, दाङ, जाजरकोट, काठमाण्डौं समेतबाट पर्यटकहरु आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares