Input your search keywords and press Enter.

गुरिल्ला ट्रेल र उपेक्षित रुकुम पश्चिम

पहलसिंह घर्तिमगर

१. सामान्य परिचय :
नेपालको राजनीतिक परिवर्तनको इतिहासमा अग्रणी भूमीका निर्वाह गर्ने रुकुम जिल्लाको भौगोलिक संरचना आज दुई भागमा विभाजित भएको छ रुकुम पूर्व र रुकुम पश्चिमका रुपमा । शदिऔंदेखि शामन्ती शोसन र उत्पीडनका जराहरुलाई दशवर्षे नेपाली जनयुद्ध र त्यसको जगमा स्थापित १९ दिने जनआन्दोलनको वलमा उखेलिएपछि नेपाली जनताहरुले हजारौं वलिदानका वीचबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन् । एकात्मक र केन्द्रिकृत राज्य व्यवस्थाका सवै अधिकारहरु आज आम जनताका वीचमा प्रत्यायोजित भएका छन् । यसको स्थापना पश्चात आज जनताहरुसापेक्षित हिसावले अधिकार सम्पन्न भएका छन् । यद्यपिजनयुद्धबाट स्थापित कैयन अधिकारहरु अझै पनि संस्थागत हुन सकिरहेका छैनन् । जसका कारण आज कतिपय उत्पीडित जनताहरु आन्दोलित भईरहेका छन् । त्यसको सही सम्वोधन र समाधानका माध्यमबाट थप अधिकारहरु द्धारा सशक्त बनाउनु पर्ने माग यदाकदा उठिरहेका छन् । वर्तमान सरकार यस दिशामा अघि वढ्नु आबश्यक छ । नेपालमा भएका राजनैतिक आन्दोलनहरुले एक हिसावले शान्ति र अग्रगमनलाई केही हदसम्म स्थापित गरेको भएपनि अव आर्थिक समृद्धिका वाँकी अविभाराहरु पुरा गर्न भने बाँकी नै रहेका छन् । यसका लागि विगत ईतिहासको समिक्षा गर्दैसापेक्षित रुपमा प्राप्त भएका अधिकारहरु र ती अधिकारहरुको लेखाजोखा सहित अगाडि वढ्नु सबै राजनीतिक पार्टीहरुका निम्ति एउटा साझा कर्तव्य एवम् सवाल बन्न पुगेको छ । यस सन्र्दभमा विगत जनयुद्धको गौरवमय इतिहास र यसको गर्वमा रहेका स्थापित अधिकार र उपलब्धीहरुलाई आज नेपालको आर्थिक समृद्धि र अग्रगमनसंग जोडेर अगाडि बढाउन जरुरी छ । त्यसो भए के हो त गुरिल्ला टेूल अर्थात गुरिल्ला पर्यटन ? यस विषयमा छोटो चर्चा गर्ने कोशिस गरिएको छ ।

२. के हो गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटन ?
अर्धसामन्ती र अर्ध औपनिवेशिक नेपाली समाजको जगमा उभिएको शोषण उत्पीडनका असंख्य जराहरुको पहिचान सहित उक्त सामन्ती व्यवस्थाबाट नेपाली शोषित उत्पीडित श्रमजीवि जनतालाई उन्मुक्ति दिनका लागि प्रतिक्रियावादी राज्यसत्ताको ध्वंस गर्दै जनयुद्धको माध्यमबाट नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्धेश्यमा अधारित रही २०५२ साल फाल्गुन १ गते थालिएको महान जनयुद्धको जगमा हाल नेपालमा प्राप्त गरिएका संघीयता र धर्मनिरपेक्षता तथा सामाजिक न्याय जस्ता उपलब्धीहरु स्थापित गरिएका हुन् । विगत जनयुद्धको साँचो सम्मान र यसका उपलब्धीहरुको सही ढंगले कार्यान्वयन गरेर अगाडि वढ्न नसकेको सन्र्दभमा दशौं हजार शहिदहरु, सयौं वेपत्ता तथा घाईते र अपांग एवम् द्धन्दपिडितहरुको अपमान हुनेछ । त्यसो भएको हुँदा विगत जनयुद्ध र यसले स्थापित गरेका सामाजिक परिवर्तनहरुसंग सम्बन्धीत महत्वपूर्ण उपलब्धीहरुको ईमान्दारितापूर्वक कार्यान्वयन गर्न आबश्यक छ । तत्कालीन जनयुद्ध थालनीको एउटा महत्वपूर्ण फौंजी निशाना यस जिल्लाको आठविसकोट राडीज्यूलामा अवस्थित प्रहरी चौकी आक्रमण पनि थियो । देशका ४ वटा फौंजी कार्वाहीहरु रोल्पाको होलेरी चौकी, रुकुमको आठविसकोट राडीज्यूला अवस्थित प्रहरी चौकी, सिन्धुली जिल्लाको सिन्धुलीगढी चौकी र गोरखाको च्याङलीमा अवस्थित कृषि विकास बैंकमाथिका सशक्त फौंजी कार्वाहीहरु नेपाली जनयुद्ध थालनीका मुख्य फौंजी आक्रमणहरु थिए ।सोही रात अर्थात २०५२ फाल्गुण १ गते देशव्यापी रुपमा हजारौं साना ठूला फौंजी र गैरफौंजी कार्वाहीहरु गरिएका थिए । जनयुद्ध तमाम आफ्ना रणनीति र कार्यनीतिका आधारमा सयौं हजारौं जीत र हारहरुका वीचबाट अगाडि वढ्दै गर्दा २०६२/०६३ को जनआन्दोलन हुदैं शान्तिपूर्ण राजनीतिक यात्रामा अवतरण भए संगै आज देश संघीय लोकतान्त्रिक गणतन्त्रको दिशामा अगाडि लम्की रहेको छ । आज भिषण दशवर्षे महान जनयुद्ध र यसबाट स्थापित उपलब्धीहरुको दस्तावेजीकरणको खाँचो पर्न गएको छ । यसलाई आत्मसात नगरी हामी इतिहासको साँचो सम्मान गर्न सक्दैनौं ।

यस सन्र्दभमा नेपाल सरकारको नीति तथा कार्यक्रममा रहेको गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटनको ऐतिहासिक महत्व बोकेको तत्कालीन जनयुद्धकालीन आधार क्षेत्रको उपमा पाएको रुकुम जिल्ला (राज्यपुर्नसंरचना पश्चात पश्चिम रुकुम नामाकरण गरिएको ) आज गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटनका हिसावले उपेक्षामा परेको अनुभूत भईरहेको छ । किन कि गुरिल्ला पर्यटनको कुरा साविकको जिल्लाको संरचनाको हिसावले हेर्दा हालको आठविसकोट राडीज्यूला अर्थात आठविसकोट नगरपालिकाको वडा नं.९ मा अवस्थित तत्कालीन प्रहरी चौकी आक्रमण गरिएको महत्वपूर्ण स्थल हुनु एकातिर त अर्कोतिर सामरिक तथा रणनीतिक महत्व वोक्ने हिसावले पनि गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटनको दृष्टिले १०० पर्यटकीय गन्तब्यका रुपमा रुकुम पश्चिम दर्ज हुनु पर्ने यथेष्ट आधारहरु विद्यमान रहेको कुरालाई नर्कान सकिदैन । किनकि जनयुद्धको पहिलो आक्रमण केन्द्रविन्दु हुनु एकातिर भने अर्कोतिर जनयुद्धकालमा सयौंको वलिदान भएको, तत्कालीन माओवादी जनसेनाका लागि फौंजी तथा गैरफौंजी सैन्य तालिमहरु समेत यस स्थानमा सञ्चालन हुनु लगायतका कुराहरु हेर्दा यस जिल्लालाई गुरिल्ला पर्यटनको सर्किटभित्र राख्न जरुरी थियो । त्यसो त ब्यिलशय ीथयलक द्धारा लिखित न्गभचचष्ििब त्चभप नामक पुस्तिकामा पनि यस क्षेत्रमा अवस्थित तत्कालीन जनयुद्धकालीन प्रभावित क्षेत्रहरु र धरोहरका सर्किटहरुलाई पहिचान नगरिएका होईनन् । अव हामी भन्न सक्छौं कि के हो त गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटन ?यसको सहज उत्तर छ कि नेपाली जनयुद्ध र यसको गर्भभित्रबाट जन्मिएका ऐतिहासिक धरोहरहरुको संस्थागत विकास गर्नका लागि ल्याईएको अवधारणा नै गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटन हो । यस अन्र्तगत जनयुद्धकालका ऐतिहासिक विरासतहरुको खोज अनुसन्धान, प्रचार प्रसार सहित व्यवस्थापन गर्ने कुरा उल्लेख छ । विश्व सम्पदा सूचीमा हेर्ने हो भने नेपाल एक आकर्षक पर्यटकीय गन्तब्य सम्पदा सूचीमा दर्ज भएको रेकर्ड हेर्न सकिन्छ । पर्यटन र यसको व्यवस्थित योजनाका साथ अघि वढेका हाम्रा छिमेकीहरु र शक्ति राष्टूहरु आज आर्थिक तथा सामाजिक हिसावले समेत सम्पन्नशाली भई सकेका छन् । पर्यटन गन्तब्यको एक अभिन्न पाटोको रुपमा गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटनलाई लिन सकेको खण्डमा यस क्षेत्रको मात्र होईन सिंगोे देशको ध्यान देश विदेशमा केन्द्रित हुन गई आन्तरिक तथा वाह्य पर्यटकहरुका निम्ति गन्तब्य स्थल बन्न सक्ने कुरालाई हामी नकार्न सक्दैनौं ।
अर्को कुरा नेपाली जनयुद्धको दशवर्षे ईतिहास देश विदेशमा रहेका सैन्य विज्ञान एवम् ईतिहास सम्बन्धी खोज अनुसनधान गर्ने विज्ञ विशेषज्ञहरुका लागि विषयवस्तु हुन सक्दछ । तर आज राजनीतिक परिवर्तन र समयक्रमसंगै जनयुद्धका कैयन् ऐतिहासिक धरोहरहरु यो वा त्यो रुपमा ओझेलमा पर्न सक्ने चिन्ता यदाकदा देखा पर्न खोज्दैछन् । यस दिशामा एकातिर तत्कालीन जनयुद्ध सञ्चालनमा सहभागी नेतृत्व सचेत वन्न आबश्यक छ भने अर्कोतिर जनयुद्ध र यसको जगमा स्थापित भएका राजनीतिक, सामाजिक परिवर्तनका एजेण्डाहरु अव कुनै पार्टी विशेषका सवालहरु नभई सिंगो राज्यकै साझा एजेण्डाको रुपमा स्थापित भई सकेका विषयबस्तु भएकाले यसलाई सोही अनुरुप व्यवस्थापन गर्न आबश्यक छ । यसको संस्थागत विकास र संरक्षण एवम् म्यअगmभलतबतष्यल नगरी न हामी ईतिहासलाई व्यवस्थित गर्न सक्छौं न त भावी पुस्तालाई शिक्षा नै दिन सक्दछौं ।

३. गुरिल्ला टे्रल अर्थात गुरिल्ला पर्यटन पुनरावलोकन हुन आबश्यक :
कुनै पनि विषय वस्तु र सन्र्दभहरु समयक्रमसंगै उपादेयता पाईरहेका हुन्छन् । यी आबश्यकता र आकस्मिकताको गर्भभित्र लुकेका हुन्छन् । त्यसको महत्ववोध त्यतिवेला ठानिन्छ, जतिवेला ती अपुरा र अधुरा महसुस गरिन्छन् । तसर्थ आज गुरिल्ला टे्रल अर्थात गुरिल्ला पर्यटनको नक्शा पुनरावलोकनको आबश्यकता महसुस भईरहेकोछ । तत्कालीन जनयुद्धकालका युद्ध अभ्यास, सैन्य तालिम गरिएका स्थानहरु, पार्टीका महत्वपूर्ण वैठक, सेमीनार, गोष्ठी सञ्चालनका स्थानहरु, जनसरकार घोषणा गरिएको स्थान, हतियारहरु एवम् अन्य बन्दोवस्तीका सामाग्रहिरु निर्माण गरिएका स्थानहरु लगायतका महत्वपूर्ण छुट्न गएका र कतिपय महत्व दिनु नपर्ने स्थानहरु राखिएका छन् । यस सन्र्दभमा हटाउनु पर्ने र थप गर्नु पर्ने स्थानहरु पहिचान गरी पुनरावलोकन गर्न आबश्यक देखिएको छ । अर्को कुरा राज्य पुनःसंरचना पश्चात बनेको साविक रुकुम जिल्लाको भौगोलिक संरचना फेरवदल हुनुले पनि यसको पुनरावलोकन गर्नु पर्ने अवस्था छ । यद्यपि गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटन पदयात्राको शुरुवात म्याग्दी जिल्लाको सदरमुकाम वेनीबाट गरिएकोछ, जहाँ २०६० साल चैत्र ५ गते माओवादी जनसेना र राज्यपक्षका वीचमा भीषण लडाई भएको थियो ।

यद्यपि राज्य पुनःसंरचना पश्चात बनेको भौगोलिक विभाजनले यस पाटोमा खासै भिन्नता र असर त नल्याउनु पर्ने हो । किन कि गुरिल्ला टूेल अर्थात गुरिल्ला पर्यटन शुरुवाती पोईन्ट म्याग्दीजिल्लाको सदरमुकाम वेनी देखि दरवाङ्ग ताकम मोरेनी गुर्जाघाट ढोरपाटनको निसेलढोर आईपुगुपछि माथिल्लो रुट थाकुर भएर पेल्मा मैकोट अर्जलगाउँ खारावाङ्ग चारगाउँ भएर अगाढि बढ्ने रट निर्धारण गरिएको छ भने अर्को रुट ढोरपाटनको निसेलढोर हुदै तक धर्मशाला जामावगर छिपखोला स्यार्पुताल भएर आठविसकोट राडिज्यूला सम्मको गुरिल्ला ट्रेल (पदयात्रा मार्ग) निर्धारण गरिएको छ । यसरी हेर्दा गुरिल्ला ट्रेल अर्थात गुरिल्ला पर्यटन सम्बन्धी नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय नेपाल पर्यटन वोर्ड भृकटी मण्डप काठमाण्डौंले भर्खरै सार्वजनिक गरेको नेपालका १०० पर्यटकीय गन्तब्य स्थलहरुको सूचीमा रुकुम पश्चिमको भूगोललाई छुटाउनु दुर्भाग्य मान्न सकिन्छ । किन कि स्वयम् गुरिल्ला टे्रल नामक वुक र नक्सामा समेत उल्लेख भएकागुरिल्ला टे्रल अर्थात गुरिल्ला पर्यटनका मापदण्डहरुलाई आधार मानिएको छ । यसकारणले पनि योजना छनौटमा आधारहरु र मापदण्डहरुलाई खासै महत्व नदिई सतही ढंगबाट निर्णय गरेको सहज अनुमान गर्न सकिन्छ । किन कि यस योजना छनौट गर्नु थियो भने वीचको भूगोललाई मात्र समेटेर वाँकी रुटलाई सम्बोधन गर्नु सरसर्ती हेर्दा कमजोरी भएको आंकलन गर्न सकिन्छ । पर्यटकीय गन्तब्य छनौटका आधारहरुमा मुख्य पर्यटकीय स्थलहरु आसपासमा अन्य सर्किटहरु पनि उपलब्ध भएको हुनु पर्ने लगायतका थुप्रै आधारहरु राखिएको थियो । तर ती सबै आधारभूत कुराहरु भएको गुरिल्ला टे्रलको पश्चिमी खण्डलाई वेवास्ता गर्दै छनौटमै पारिएन । यसले के पुष्टि गर्दछ भने गुरिल्ला टूेलको नक्शा बास्तवमै पुनरावलोकन गर्नु पर्दछ ।

४. गुरिल्ला टे्रल अर्थात गुरिल्ला पर्यटनका महत्वपूर्ण पक्षहरु :
नेपाल भौगोलिक हिसावले सानो तर विविधताका हिसावले विशाल देश हो । यहाँ शदिऔं देखि ऐतिहासिक, पुरातात्विक र सामरिक महत्वका सम्पदाहरुले सुसज्जित बनाउँदै आएका छन् । यसको मतलव नेपाल विश्वका शक्ति सम्पन्न राष्ट्रहरुको तुलनामा कम छैन भन्न खोजिएको हो । किन कि नेपाल एकातिर सगरमाथाको देशका रुपमा संसारमा पहिचान बनाउन सफल भएको छ भने अर्कोतिर गौतम वुद्धले जन्म लिएको देशका रुपमा पनि परिचित छ । यतिमात्र होेईन यहाँ संसारमै ख्याती प्राप्त धार्मिक स्थलहरु, मन्दिर र देवालयहरु पनि रहेका छन् । त्यसो भए यतिले मात्रै नेपालको नाम संसारमा चर्चामा आएको हो त ? अंह यसका पछाडि अरु विषय वस्तुहरु पनि त्यक्तिकै चर्चाको शिखरमा छन् । त्यसलाई अर्को भाषामा युद्ध शान्ति र अग्रगामी परिवर्तनका वहुआयामिक पक्षहरु नेपालले विश्व समुदाय सामु स्थापित गरेका राजनीतिक मूल्य मान्यताहरु पनि त्यक्तिकै वहसका विषयवस्तु हुन सक्दछन् । नेपाली समाजको परिवर्तनका क्षेत्रमा १० वर्षे सशस्त्र युद्धले कायम गरेको ऐतिहासिक विरासत आज आम विश्व व्यापी वहसको विषय बन्न पुगेको छ । विश्वको पेरिफेरीमा हेर्दा दोस्रो विश्वयुद्ध ताकाको नरसंहारकारी इतिहास नै किन नहोस या कुनै पनि घटना परिघटनाहरु र ईतिहासलाई आज सम्बन्धीत देशहरुले संग्रहालयका रुपमा संस्थागत गरी पर्यटकीय गन्तब्यका रुपमा विकास गरेका छन् । जसको स्वदेशी तथा विदेशी पर्यटकहरुले यसलाई आकर्षणका केन्द्रविन्दुका रुपमा स्थापित गरी आर्थिक समृद्धि र विकासका पक्षमा जोड्न सफल रहेका छन् । नेपाल पनि त्यसको अपवाद हुने कुरै भएन । त्यसो भएर नै नेपाल सरकारले तत्कालीन जनयुद्धको ऐतिहासिकतालाई व्यवस्थित गर्न गुरिल्ला टे्रल अर्थात गुरिल्ला पर्यटनको अवधारणालाई सरकारको नीति तथा कार्यक्रमका रुपमा अघि सारेको छ । यसले एकातिर तत्कालीन जनयुद्धका वहुआयामिक पक्षहरुको संस्थागत विकास हुनुको साथै ईतिहासको संरक्षण हुने निश्चित छ भने अर्कोतिर सिंगो देशले युद्ध पर्यटनका माध्यमबाट आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याई प्रशस्त मात्रामा आर्थिक विकासमा टेवा पुग्ने निश्चित छ । अर्को कुरा आर्थिक एवम् सामाजिक विकासको पुछारमा रहेका समुदायहरुले आर्थिक उर्पाजनका माध्यमबाट सवल र सक्षम बन्ने अवसर प्राप्त गर्नेछन् । त्यस्तै विगतमा विभिन्न हिसावले ओझेलमा पर्न गएका युद्धकालीन संरचनाहरु र अवशेषहरुलाई संरक्षण र संवद्र्धन गर्नका लागि सरोकारवाला निकायको आबश्यक ध्यान केन्द्रित हुने निश्चित छ । गुरिल्ला टे्रकमा पदयात्रा गर्ने आन्तरिक एवम् वाह्य पर्यटकहरुका लागि निर्धारित गुरिल्ला टूेकको रुटहरु र अन्य सम्बन्धीत सर्किटहरु थप व्यवस्थित हुने छन् । यसो भएमा देशी विदेशी युद्ध तथा सैन्य विज्ञान अध्ययताहरुका लागि थप भरपर्दो सामाग्रीहरुको उपलब्धता हासिल हुनेछ । विगत जनयुद्धका कमाण्डर, नेता कार्यकर्ता तथा आम शुभचिन्तकहरुमा विगत ईतिहास प्रतिको स्वामित्व र अपनत्व स्थापित भएको हुनेछ । साथै भावी पुस्ताले अग्रजहरुका ईतिहासहरुलाई केलाउने र शिक्षा एवम् सवक लिने महत्वपूर्ण अवसर प्राप्त हुनेछ ।

५. निष्कर्ष :
नेपाली जनयुद्धको गर्भबाट स्थापित गुरिल्ला टे्रल अर्थात गुरिल्ला पर्यटन एक शाहसिक र ऐतिहासिक पर्यटनसंग सम्बन्धीत महत्वपूर्ण पाटो हो । यसलाई संस्थागत रुपमा विकास गर्नुका साथै थप व्यवस्थापन गर्न आबश्यक छ । कुनै पनि नीति योजना कार्यक्रम आफैमा पूर्ण हुदैनन् । ती समयक्रम र अभ्यासमा जाँदा थुप्रै सिकाईहरुका वीचबाट थप परिष्कृत बन्दै जान्छन् । गुरिल्ला टे्रल र यसका बहुआयामिक पक्षहरुलाई समय सन्र्दभ अनुसार व्यवस्थापन गर्न र पुनरावलोकन गर्न आबश्यक ठानिएको सन्र्दभमा सम्बन्धीत सरोकारवाल पक्ष अझ गम्भिरताका साथ लाग्न जरुरी देखिएको छ । यसले मात्रै गुरिल्ला टे्रल अर्थात गुरिल्ला पर्यटनलाई थप व्यवस्थित गर्दै लैजाने निश्चित छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *