Home आहा बिचार मौकामा चौका, स्तम्भ : ह्याँती गर्ने कुरा

मौकामा चौका, स्तम्भ : ह्याँती गर्ने कुरा

2972
0

एमएल ओली
हजुरका मुख्या चारपर्वहरूलाई पठाउनु पर्दा अल्तै निस्याइलो भयो होला ? निस्याइलो मात्रै हो र ? तित्तो, पिर्रो, टर्रो र कर्रो समेत भयो भन्नु हुन्च । बल्लै भन्न हँुन्न, माथ्याले पनि कत्नाम्रो बिदासिदा कटौती गराइकन सुबिदा बढौती गर्देइका थ्या । ठूलाठूलीया हातबाट चायाजति दान पाइन्त्यो, मान आइन्थ्यो, मीठोमस्नो खाइन्थ्यो, नइयाँलुगा लाइन्थ्यो । सबैलाई नेरो मान्ने त्यारलाई त्यो बेला झर्को लागे पनि गइसकेपछि धेरै प्यार लाग्ने रहेछ यार । अच्चमै छ, हजुरको कसैलाई दिनदिनै त्यारछ कसरी सहन्छन् ? कसैको लागि नआए हँुदो, कसैको लागि चाँर्रै गए हुँदो भन्नेसम्म हुनुपर्ने । हजुरको त्यार पनि मानिसको चाल्किमाल्कि बुजिकन आउँने रहेछ भन्नु हुन्छ । यो सबैका घर एकै नासले आउँथ्यो भने हजुरको ख्यालमा कि भाँङ बाली खोज्ने कि त वृद्धाश्रम पठाउँनेसम्म हुँन्थ्यो होला । हजुरको त्यारलाई कम्ता मर्का छ र ? यसले एकन्ताक मुल्का चुच्चीबाट चाडपर्व, धर्मकर्म, पूजाआजा, देवीदेउता, भूतप्रेत, लागुभागु, केई नमान्ने भनिकन हुच्ची उठाएको नसुन्यो होला र ? यो सोजो त्यारले सुनिकन पनि नसुने झै गर्नाले मात्र हो । नत्र क्या क्या हुन्थ्यो होई ? त्यारका बेला सुबिदा पनि अल्तै हो र ? टन्न खायो, मैरै नचाइने, बाट्टैनु सुत्न, आङ्ङैनु मुत्न पाइन्थ्यो भन्नु हुन्च । त्यारले कतिलाई बोकायो, कतिलाई जोगायो, कतिलाई र्वायो, कतिलाई हँसायो, कतिलाई फसायो, कतिलाई घसायो, कतिलाई छदायो, कतिलाई छेरायो, कतिले प्यार गरे, कतिले ट्यार पारे ? ताजा विवरण खोज्न कसैलाई कुत्कुती लाउनै पर्दैन्, फुत्फुती खेल्दा आँफ्फै आउँछ भन्नु हुन्च ।
क्या कुरा गर्नु र ? त्यारको मौका र सङ्ङा जुग्नु काँक्री भन्दा बाक्री सङ्ङो, फर्सी भन्दा खस्सी सङङे, अँगुर भन्दा बँगुर सङ्ङो भन्नु हुन्च । सस्तो पाए तीन चौठो चुक पिनेले फिलाहरू जति मच्काया पनि भो । हजुरको बड्डो छाला जति चाम्रो उति नाम्रो हेर्नोई । कुक्रै नचाइने खोप्यानु भटेर–भाटेर पार्यो मुख्खैले सुईए पार्नासात फत्तकै भन्नु हुन्च । हजुरका बङ्गाराऔं कामै छैन, उइता हो चल्लैले छिराइनी । मासु चपाउनेरूको सङ्क्या घट्टियो भन्नेरूको हल्ला हट्टियो छ । पुस्तौदेखि साकाहारी बनेकाहरू मांसहारीमा प्रवेशको लर्कोले खप्ल्याउनेलाई समेत चर्को लाइयो होला । हजुरहाम्ले चर्को मानी क्यार्नु र ? जलस्रोतको धनी मुल्कमा पानी काप्पी छ । बिल्नो भया नुनसुन फालाफालै छ । होइन र ? त्यारका मौकामा कोहुनेले सुनाथाल्नु नुनौ खर्च खाल्ला, खरा घर्नु जरा पालेल्ला, तिल्लरी लाइन बिल्लरी गाल्ला, हित्तचित्त मिले प्रीति लाल्ला । दिक्क मानी क्यार्नु र ? तातो पानीले घर जल्दैन रिस्सैले पुग्दैन । त्यारका मौकामा कल्ले कति किल्यो, कल्ले कति निल्यो, कल्ले कति तिरायो, कल्ले कल्लाई पिरायो ? यसको हिसापकिताप किलेर नपारीकन जति लाम्मलुम्म पारेता पनि आउने सालकाले छेराल्च हेर्नोई । तेइभइकन बरु पिसापको म्यात थपिकन हिसाप चुक्ता गरिकन लुक्ता बेस होला । नत्र उइता हो ? हजुरको निद र भोकको सात्तो–सत्तारो हराइकन अक्तियारलाई डाक्ने होइन्च भन्नु हुन्च ।
उइला भन्दा अइला त्यारप्यार स्याना सङ्ङा थेनन् भन्नु हुन्च । माथ्या परेलले त्यारका मौकामा मूल्य बढाएता पनि केही असर परेन । बजार भाउ आफ्सेआँफ ल्वात्तै घट्टियो । हजुरको करका डरले घोरहरूले पनि घोर्ने कुरै भएन । खरायोका डरले जरायो तर्सेइनी जति दिए पनि सप्पै हाँसिला खुशिला भन्नु हुन्च । हजुरको आयस्रोत अनुसार बर्ता दिने खोजी क्यार्नु हुँदो र ? लिनेले नलिए लाजका मुख्ती घिनौंमर्नु । ओखाकोखा भिसा लगाउन छुटाएका, हजुरको दलालले नजर टुटाएका दुईचाटा लख्यारूले “त्यारमा ठक्न पाइन, अरु बेला आइन्न !” भन्दै चिच्याए छन् भन्नु हुन्च । टिठ लाग्दो, अलापबिलाप, पापहत्या र झुर्नाकार्ना गर्दै जति चुच्चाए पनि तीनत्याँइका सामु उई ता हो, हात्तिका मुख्मा जिरो । त्यारको मौकामा दान–दक्षिणा लिनेहरू तथा बागीनाहरूलाई ठक्ने ठक्वाहरूले कर छली घर थुपार्नेहरूका दिनबार फाइफुईए भइए छन् । अघिल्लो जुगमा मुसो बनी घुस्नेहरू, जुकोबनी चुस्नेहरू यो जुगमा खुप्पै अरिला, हल्लाउनै नसक्किने, हात्ति र अजिङ्गर जत्रा ढुक्क भइकन हाक्का–हाक्की चाट्ने हेर्नाेई । हुक्क मानिकन क्यार्नु र हजुरको हग्नेलाई भन्दा देख्नेलाई लाज भन्नु हुन्च । यस्तै सङ्ङा चारपर्व वर्षैभरी आए पनी हजुरहाम्लाई क्यार्न पट्टयार लाग्दो ? उइलका जुग जस्तो भए दिनेयौ भन्दा माङ्नेयौं धन बर्ता भइकन यस्तो भाका सुन्नु पर्ने थियो ः लिने भन्दा दिनेको मन ठूलो, नदिएमा माङ्नेको झन ठूलो । ह्याँती गर्ने कुरा, अरुकन कस्तो लाग्यो ? आँपूmकन ता त्यारका मौकामा चौकै पर्यो भन्नु हुन्च । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here