Input your search keywords and press Enter.

के हो समुदाय-प्रहरी साझेदारी अभियान ?

आहा सञ्चार संबाददाता
नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान सुरु गरेको छ । साताअघि राजधानी काठमाण्डौ सहित देशभर कार्यक्रमको आयोजना गरि एकसाथ उद्घाटन गरिएको छ । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै नेपाल प्रहरीले अभियान सुरु गरेको हो । समाजमा विभिन्न खाले अपराधका घटना बढेको भन्दै अपराध नियन्त्रणमा प्रहरीले मात्रै त्यसको नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथसहयोग जरुरी रहेको भन्दै साझेदारी कार्यक्रम संचालन गरिएको हो ।

यस्तो छ अभियानको अवधारणा
अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिद्धि गर्ने नेपाल प्रहरी र स्थानीय तहको बीचमा सम्बद्ध सरोकारवालाहरुलाई समेत समेटी संस्थागत साझेदारी निर्माण गर्ने छ । प्रहरी, स्थानीय तह, समुदाय सामाजिक संघ सस्था, विद्यालयबीच अपराध रोकथाम, सामुदायिक सुरक्षा र चेतना कार्यक्रमहरुकालागि साझेदारी निर्माणका लागि नीतिगत केन्द्रीय तहमा प्रहरी प्रधान कार्यालय प्रदेशिक तहमा प्रदेश प्रहरी कार्यालयले संयोजन र समन्वय गर्नेछ । त्यस्तै गरि समुदाय प्रहरीको सझेदारीका आधारभूत संयन्त्रका रुपमा पाँच तह रहने व्यवस्था गरेको छ । समुदाय प्रहरी जिल्ला समिति समुदाय प्रहरी पालिका समिति समुदाय प्रहरी वडा समिति समुदाय प्रहरी टोल समिति प्रहरी विद्यालय सम्पर्क समिति भावी योजना समुदाय प्रहरी साझेदारीलाई नेपाल सरकारको राष्ट्रिय प्राथमिकताका क्षेत्रको रुपमा दीर्घकालीन योजना र कार्यक्रमहरुमा समावेश गर्नेछ । मुलुकी अपराध संहिता ऐन २०७४ मुलुकी फौजदारी कार्यबिधी संहिता ऐन २०७४ र फौजदारी कसूरले व्यवस्था गरेको सामुदायिक सेवा खुल्ला कारागार सामाजिकीकरणमा समेत सहयोग हुनेछ ।

रुकुम पूर्व र पश्चिममा पनि
जिल्ला समन्वय समिति रुकुम पश्चिमका कार्यवाहक अध्यक्ष ईन्दिरा बुढाले अभियानको ब्यानर खोलेर उद्घाटन गरिन । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुकुम पश्चिमका कार्यवाहक अध्यक्ष ईन्दिरा बुढाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम समाजमा हुने अपराधमुलक घटनाहुन नदिन सचेतना फैलाउने कार्यक्रम रहेको बताईन । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले नेपाल प्रहरी जनताको प्रहरी बन्न लोकतान्त्रिक हुदै बिभिन्न अभियान मार्फत गाउँघरमा आईरहेको बताए । प्रहरी मेरो साथी, मुस्कान सहितको सेवा वा सामुदायिक प्रहरी बिभिन्न नाम मार्फत जसरी पनि समाजमा अपराध हुन नदिन सचेतनाका लागि सबै पक्ष संग निकट सम्बन्ध राखेर अघि बढ्ने उदेश्य रहेको उनको भनाई थियो ।
अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक सुमित खड्काले अब रुकुम प्रहरी गाउँ नगर र वडामा रहेका सबै सरोकारवाला निकायसंग साझेदारी गरेर शान्त र समृद्ध समाज निर्माण गर्न नागरिकको चेतना फराकिलो पार्ने काम शुरु गरेको बताए । ‘अहिले नेपाल प्रहरी अपराधीलाई पक्राउ गर्ने र कारागार चलान गर्ने काममा नै बढी ध्यान छ, अब हामी गाउँमा त्यो भन्दा मुख्य मुरा समाजमा अपराधकुलक घटना घट्नै नदिन मुख्य सचेतनाको फाटोमा काम गछौं’ प्रहरी नायब उपरिक्षक खड्काले भने । उनका अनुसार उक्त अभियानको शुरुवात पूर्ब नै जिल्ला समन्वय समिति रुकुम पश्चिम र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बिच समझदारीपत्रमा हस्ताक्षर भैसकेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले आइतबार रुकुमकोटमा औपचारिक रुपमा कार्यक्रम उद्धघाटन गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम हरेक पालिका, वडा, टोल, बालक्लव, महिला समुह, आमा समुह, विभिन्न विद्यालय सम्म पुग्ने प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । प्रहरी एक्लैले सबै काम गरोस भन्ने भावनालाइ सबैले त्यागी एक भइ अगाडी बढ्नुपर्ने जिल्ला समन्वय समीतिका प्रमुख गजेन्द्र बहादुर ओलीले बताए । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा २३ सदस्य समुदाय प्रहरी जिल्ला समीति गठन गरिएको छ भने सिस्ने गाउँपालिकाले गाउँपालिका अध्यक्ष कुमारी बरालको संयोजकत्वमा १९ सदस्य समुदाय प्रहरी पालिका समिति गठन गरिएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares