Input your search keywords and press Enter.

रोजगार खोज्ने होईन, सृजना गरौं

  • आहा टक

लिलबहादुर ओली, संचालक
हिमाली छापाखाना, मुसिकोट

हिजो आज कता के गर्दै हुनुहुन्छ ?
उद्योगी, व्यवसायी भएको नाताले आजभोली आफ्नै उद्योग कै काममा समय बिताईरहेको छु ।
कसरी उद्योगलाई माथि पु¥याउन सकिन्छ कसरी सफल व्यवसायी हुन सकिन्छ अनि कसरी धेरै भन्दा धेरै युवाहरुलाई रोजगार दिन सकिन्छ भन्ने कुुरामा मेरो ध्यान केन्द्रित छ ।

तपाईको अफसेट व्यवसाय कस्तो चल्दै छ ?
म एउटा कस्तो व्यवसायी परे भन्नुहुन्छ भने बनेको सामान बेच्ने नभएर बनाएर बेच्ने व्यवसायी पनि परे । त्यहीभएर अहिले हामी कहाँ ७÷८ जना स्टाफ हरु हुनुहुन्छ । त्यही हो अर्डर लिने बनाउने दिने त्यसरी नै सञ्चालन भईरहेको छ । हाम्रो व्यवसाय फेरी विजुली नहुन्जेल नहुनेभएकोले बेला बेलामा यो विजुली ले सताईरहेने हुँदा अलि सञ्लानमा अप्ठेरो नै भइराखेको छ । तरपनि पनि जसोतसो अप्ठेरोमा जुध्दै व्यवसाय चलाईएको छु ।

व्यवसायिक क्षेत्रमा कतिको सन्तुष्टि ?
कुनै पनि मान्छे कुनै पनि काममा पूर्ण रुपमा सन्तुष्ट हुन सक्दैन यो तपाईलाई थाहा भएकै कुरा हो तै पनि आफुले गरेको काममा सन्तुष्ट त हुनैपर्छ नि । एकदमै सन्तुष्ट छु ।
व्यवसायिक यात्रा शुरु भएको कति भयो ?
मैले यो क्षेत्रमाका काम गर्न लागेको झण्डै ५/६ वर्ष भयो ।

छापाखाना बाहेक अन्य व्यवसाय पनि थिए, यहि किन रोज्नुभयो ?
छन त अरु पनि थिए तर छापाखाना नै रुची गयो र व्यवसाय शुरु गरियो । यो एउटा कहि न कहि संचार संग सम्बन्धीत क्षेत्र पनि हो । तपाईहरुको पत्रपत्रिकाहरु पनि छापाखनाबाटै छापिने गर्छ । अन्य पेशा भन्दा मिडियासंग सम्बन्धित पेशा अलि रुची भयो भनौं न । अर्को कुरा मान्छेको कुनै न कुनै सपना हुन्छ । मेरो पनि सानै देखि एउटा सपना थियो सफल व्यापारी बन्ने त्यहीभएर मैलै यहि नै पेशा अंगालेको हु हेरौ कहाँ सम्म पुगिन्छ ।

नेपालमा युवाहरुको लागि काम गर्ने वाताबरण र रोजगार छैन भनेर बेलाबेला टिप्पनी गर्ने गरिएको छ । तपाईलाई के लाग्छ र यसलाई व्यवस्थित गर्न कस्को भूमिका कहाँ हुनुपर्छ ?
हो सही भन्नुभयो । नेपालमा वेरोजगारी यूवाहरु धेरै छन् यसलाई रोकथामगर्न सकिन्छ । नसकिने होईन तर पनि नेपालका यूवाहरुलाई परिश्रम गर्नुपर्छ भन्ने भावना छैन । कोही रोजगार भएर पनि त्यसलाई सदुपयोग गर्न सकेका छैनन् । कसैले त्यही रोजगार पाउनको लागि मरिहत्ते गरेका छन् । नेपालको यूवाहरुको भावना कस्तो छ भन्नुहुन्छ भने सजिलै पैसा कमाउने, त्यस्तो सजिलो कहाँ हुन्छ पैसा कमाउनको लागि परिश्रम गर्नु पर्छ । साँचिकै वेरोजगारी युवा हटाउने हो भने तपाई हामी बाटै सुरु गर्नुपर्छ । अब मलाई तपाई आफैँ हेर्नुहोस म पनिआँफैँ एक यूवा हु मैले अहिले एउटा उद्योग चलाईरहेको छु । मेरो उद्योगमा अहिले ८ जनाले रोजगार पाईरहेका छौ । यो उद्योग मसँग प्रशस्तै पैशा भएर चलाएको त होईन नि । मानिसलाई इच्छा शक्ति र जोश जाँगर हुन जरुरी छ त्यो भयो भने मान्छे हरु आफै बेरोजगार मुक्त हुन्छन् सरकारको मुख ताकेर बस्ने हो भने मान्छेहरुले कहिल्यै रोजगार हुदैनन् ।

अहिलेको स्थानीय सरकारले वेरोजगार यूवाहरुलाई के गरिदिएहुन्थ्यो जस्तो लाग्छ ?
स्थानीयतहले त वेरोजगार यूवाहरुलाई केही रोजगारको सिर्जना गरे हुन्थ्यो होला जस्तो लाग्छ । तर रोजगार त दिने केमा रोजगार दिने भन्ने कुरा आउँछ । यूवाहरुलाई रोजगार दिनलाई केहीउद्योग, कलकारखाना खोलेर, कुनै विकास निर्माणको काममा लगाएर केहि रोजगारीको सिर्जना गरिदिए हुन्थ्यो भन्ने मलाई लागेको छ । स्थानीयतहहरुले बेरोगार समस्या हटाउला जस्तो त लाग्दैन तर हटाउने नै हो भने सबैभन्दा बढी जोड जिल्लामा ठुला ठुलाउद्योग कलकारखाना भित्र्याएर यूवाहरुलाई रोजगार दिन सकिन्छ । सबैभन्दा ठुलो विकल्प भनेको यही हो । तपाई उद्योग कलकारखाना खोल्ने हो भने धेरै यूवाले रोजगारी पाउनेछन् र यहाँ उत्पादन भएका चिजहरु बाहिर निर्यात गर्न सकिन्छ । हाम्रो स्थानीयतहमा आम्दानिको स्रोत बढाउन सकिन्छ ।

दैनिक विदेश जाने यूवाहरुलाई के सल्लाह दिनुहुन्छ ?
हाम्रो देश बाट दैनिक रुपमा हजारौ यूवा हरु बाहिरीरहेका छन् र हजारौ यूवा हरु स्वदेश भित्रिएका छन् । म ति यूवाहरु लाई के भन्न चाहान्छु भने विदेश त जाने तर नेपाल फर्किनेबेला केही सिप सिकेर त आउनु पर्यो नि । एउटा कुरा विदेश गएर कम्तीमा अलिकति पैसा पनि कमाईन्छ हो त्यो पैसा मात्रै नकमाएर केही सीप पनि कमाएर आउन अनुरोध छ किनभने हाम्रो त्यतिविदेश बाट कमाएर ल्याएको पैसाले जिन्दगी चल्दैन जिन्दगी चलाउन सिप चाहिन्छ । पैसा खर्च गरे खर्च हुन्छ सिप चाहि कहिल्यै मासिदैन ।

नेपालमा प्रसस्तै रोजगार श्रृजना गर्न के गर्नु पर्ला ?
नेपालमा यूवाहरुले रोजगार भनेको सरकारी जागीर मात्रै हो भन्ने सोचेर विग्रीएको हो सरकारी जागीर मात्रै रोजगार भए के हामी बेरोगारी हौँ त । हो यही प्रश्नको उत्तर खोज्न हामीलाई आवश्यकता छ । हामीले तरकारी खेतिगर्ने किसानलाई रोजगारी मान्नु पर्यो, एउटा सडक खन्ने ज्यामीलाई रोजगारी, बाख्रापालन गरेको मान्छेलाई रोजगारी मान्नु पर्यो व्यापार गर्ने व्यापारीलाई रोजगार मान्नु पर्यो । त्यहिभएर आफुले जे जानेको छ त्यो काम गर्नुपर्यो । अनि स्थानीयतहहरुले के गर्नुपर्यो भन्नुहुन्छ भने विभिन्न किसिमका सिपमुलक तालिमहरु सञ्चालन गर्नुपर्यो । कृषिमा प्रशस्तै लगानि गर्नुपर्यो विकाश निर्माणको काममा यूवालाई खटाउनु पर्यो । हामिले विदेशमा गएर दिसाधुँदा लाज नहुने नेपाल बसेर तरकारी बोक्दालाज हुन्छर ? विदेशमा गएर २० तलामाथि झुुण्डिएर कामगर्दा डर नहुने नेपालमा बसेर केही त्यस्तो विकाश निर्माणको कामगर्दा डर हुन्छ र त्यहीभएर केहीगर्नु छ भने नेपालमै गर्नु पर्यो प्रशस्तै छ रोजगारको सम्भावना छ ।

जनप्रतिनिधिहरुले चुनाबको बेला शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा गरेको बाचा पुरा गर्लान जस्तो लाग्छ ?
मेरो विचारमा स्थानीय सरकारले शिक्षामा केहि गर्ला भन्ने आश नै मरिसक्यो । पहिलो कुरा अरुलाई शिक्षादिन मान्छे आफु त शिक्षित हुनुपर्यो नि । त्यसैले सबैभन्दा पहिलो यहा शिक्षकहरु दक्ष हुन आवश्यक छ । शिक्षक नियुक्ति गर्दा आफ्नो मान्छे भन्दापनि राम्रो मान्छे नियुक्ति गर्यो भने विद्यार्थीहरुले राम्रो शिक्षा पाउने थिए । हाम्रोमा कस्तो भयो भन्नुहुन्छ भने राम्रो भन्दा पनि हाम्रो शिक्षकहरु भर्ति गर्नाले शिक्षाको गुणस्तर एकदमै कमजोर भएको छ । अर्कोकुरा जो पछिल्लो चरणमा विद्यालयहरु मर्ज गर्ने कुराहरु आयो त्यसमापनि एउटा वैज्ञानिक तरिकाले गरेको भएहुन्थ्यो । त्यसमा पनि पावर र पहुँचको कुरा भयो । त्यसमा पनि कम्तीमा भौगोलिक विकटता लाई मध्यनजरगर्दै गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । त्यस्तै स्वास्थ्यमा पनि अहिले गाउँगाउँमा भौगालिक विकटतालाई हेरेर बरु त्यहाँको जनसंख्यामै किन नहोस त्यहाँ स्वास्थ्य सेवा हुन जरुरी देखिन्छ । खानेपानीमा पनि पानि भएको ठाउँमा प्रशस्तै लगानि गर्नु भन्दा पानिनै नभएको ठाउँमा व्यवस्था गर्न जरुरी देखिन्छ । अनि यातायात क्षेत्रमा अहिले जुनखालको काम भईरहेको छ बाटो खन्ने त्यसलाई जोड दिनु भन्दा पनि भएको बाटोलाई स्तरउन्नति गर्दा राम्रो होला । तपाई आफैँ हेर्नुहोस हाम्रो मुसिकोट मुलबजार क्षेत्रकै बाटो कस्तो छ । हो त्यसैले नयाँ बाटो भन्दापनि पुरानो बाटोलाई पहिले पक्कीबनाउँदै लगिदिएहुन्थ्यो जस्तो मलाई लागेको छ ।

स्थानीय तहहरुले लिने गरेको करको दायरामा तपाईको विचारमा के छ ?
मेरो विचारमा स्थानीयतहले गरेको करको दायरा अलि बढी भए जस्तो लाग्छ । हामीले कर तिर्नुपर्छ कर नतिर्ने होईन कर कस्तो हुनुपर्यो भन्नुहन्छ भने करको सदुपयोग हुनुपर्छ । वर्षमा महिना महिनामा व्यापारीक महोत्सवहरु चलाउनुपर्यो व्यापार गर्नलाई अप्ठेरो सिर्जना भन्दा पनि कसरी सहज हुन्छ त्यतातिर जानुपर्यो । हामीले व्यापार भएपो कर तिर्ने हो व्यापारै भएनभने त कसरी कर तिने । त्यसैले कर तिर्नुपर्छ यही करले गर्दा स्थानीय तह चल्ने हो र कर पनि अलि बैज्ञानिक ढंगले लगाउन अनुरोध छ । अन्त्यमा, आहा सञ्चार साप्ताहिकलाई हार्दिक आभार व्यक्तगर्न चाहान्छु किनभने मेरो मनका कुराहरु राख्न अवसर दिनुभयो । प्रस्तुती : सुवास बटाला

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares