Input your search keywords and press Enter.

आठबिसकोटमा रेडक्रसको उपशाखा तदर्थ समिति गठन

आहा सञ्चार संबाददाता
आठबिसकोट नगरपलिकामा रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले उपशाखा तदर्थ समिति गठन गरेको छ । रुकुम पश्चिम शाखा सभापति शिबराम खत्रीको उपस्थितिमा भएको एक अभिमुखिकरण कार्यक्रम मार्फत तदर्थ समिति गठन गरिएको हो । हरिहर केसीको संयोजगत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको शाखा सभापति खत्रीले जानकारी दिए । उनका अनुसार जसको सदस्यहरुमा प्रेमप्रकाश शाही, दिपबहादुर खत्री, लिला बिष्ट, रबिन्द्र बटाला र जम बहादुर मल्ल रहेका छन । त्यस्तै प्रकाश परियार, सत्य बहादुर बटाला र तेजेन्द्र शाह रहेका छन । नगरपालिकामा अब यहि तदर्थ समिति मार्फत रेडक्रस गतिबिधी अगाडि बढ्नेछन भने पछि क्रमस उपशाखाको मान्यता पाउने छ ।

कार्यक्रममा आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसिको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै रेडक्रस सोसाइटि जिल्ला शाखा रुकुम पश्चिमका सदस्य यदु कुमार आचार्य र आठबिसकोट नगरपालिका ९ नम्वर वडाका वडाध्यक्ष तारक बहादुर शाहि लगाएत रेडक्रसका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले पबित्र मन र निस्वर्थ भावनाले काम गर्ने संस्था भनेकै रेडक्रस भएको भन्दै ईमान्दारीपुर्वक सामाजिक सेवा गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा आजिबन रेडक्रसको सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares