Input your search keywords and press Enter.

पहाडको बाजे (कबिता)

 

 

 

 

 

 

 

 

झुल्किदा घाम बिहानी देउराली पाखाँमा ।
कति रमाईलो महशुस हुन्छ यो मनमा ।
तर अस्ताउनै लागेको घामजस्तो भएका छन् अरे ।
नौ दशक काटेका एक्लो पहाडको बाजे ।

एैआँ एैआँ भन्दै स्वर कमाउदैँ कुरा गरेछन् ।
रमाईला बैँस जोवनका कुराहरु गरेछन् ।
घाँस दाउरा गदैँ चिसो पानी प्यूदैँ गरेको ।
यादहरु आईरहेछन् बाजेका कुराहरुमा ।
गोठाले जीवन बिताएको उकाली ओराली गरेको ।

अपशोच!कस्तो पिँडैपिँडा भएको रहेछ ।
नत उनको पत्नी रहेछिन् उनलाई सघाउने
साथ सहयोग गर्ने अकालमै स्वर्ग पुगेछिन् ।
अप्ठ्यारो रहेछ ठाँउ वस्तीको माथि एक्लो झुपडी ।
कस्तो पिँडा भएको मलाई भनी गुनासो गरिरहेछन् ।
हे! भगवान कस्तो हो यो जीवन लिला दिएका बरु मलाई स्वर्ग पु¥याएको राम्रो ।
तर बिडम्वना !विवाहित एक्लो छोरो कलकाउदोँ
हुनहार सारा कामहरु गर्न सक्ने आफना जहान
छोराछोरीहरु पाल्ने छोरोलाई पो कालले टिपेछ ।

झनै छोरा गुमाएकाले पहाडको बाजे छटपटाई गरिरहेका छन् ।
कसले पो जानेको छ र यो जीवनको लिला भगवानलाई
धेरै दोष दिन्छन् किन यस्तो दुःख पिँडा वर्षाई दिएको हो भनेर ।
भर्खरकी बुहारी साना साना नातीनातिनाहरु हुकाउने कसरी हो,
कसरी जीवन चलाउने हो भनेर विलाप गर्छिन् बुहारी ।
कस्तो भााग्य तकधिर यस्तो ठुलो पिँडा ठुलो घायल किन बनाउँछ,यो समय ।
हे ईश्वर,फूलजस्तै जीवन काँडा भएर गयो अमूल्य जीवन ।

आज रोईरहेछन् विन्ती गरिरहेछन् पहाडको बाजे ।
मनका पिँडाका वेदनाहरु पोखिरहेछन् । कस्तो
विचित्रको संसार रहेछ भनेर ।
कस्तो संसारमा जनम लिएछ भनेर ।
आशाहरु मरेर गएका छन् सपनाहरु अधुरा भएछन् रे ।
बाँच्नुभन्दा मरेर जानु बेस होला भन्छन रे ।

कठैबरा,भनेर सघाउने कोही छैन पहाडका बाजेका ।
यस्तै यो संसार केही पूरा केही अधुरा सपना मानव जीवनका ।

डिकेन्द्र शाह
सिस्ने गाँउपालिका —६, रुकुम (पूर्व

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares