Input your search keywords and press Enter.

जैविक बिबिधता संरक्षण कार्ययोजना तयार गर्न गोष्ठी

सत्य बहादुर बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा स्थानीय जैविक विविधता संरक्षण कार्ययोजना तयार गर्ने स्थानिय स्तरिय एक दिने छलफल गोष्ठी सम्पन्न भएको छ । नगरपालिका भित्रका जैविक विविधता युक्त क्षेत्रहरुको पहिचान गर्ने, बातावरणीय समस्या र सम्भावनाको विस्तृत अध्ययन गर्ने उदेश्यले गोष्ठी सञ्चालन गरिएको रुकम पश्मिका सहायक जिल्ला वन अधिकृत तथा कार्यक्रमका सहजकर्ता शेर बहादुर परियारले जानकारी दिए । कार्यक्रममा वडा नम्बर १ देखी १४ सम्मको क्षेत्रमा विस्तृत अध्ययन र छलफल गर्दा मुख्य मुख्य जैविक विविधता युक्त क्षेत्रहरु पहिचान गरिएको छ ।
नगरपालिका क्षेत्र भित्र विभिन्न प्रजातीका बनस्पतीहरु जस्तै धुपी सल्लो, गोब्रे सल्लो, लैटो, कटुज, बन पिपल आदी काठहरु, जढीबुटीहरु पाँच औले सतुवा, खिराङलो, स्याँलाखदीको माथिल्लो भेगमा पाइने यार्सागुम्बा र लगाएत विभिन्न प्रजातीका बन्य जन्तुहरुको पनि पहिचान गरिएको छ ।
खास गरी नगरपालिका भित्रका बन क्षेत्रमा बनस्पतीहरुको चोरी निकासी बहुमुल्य जडीबुटीहरुको अबैध रुपमा उत्खनन तथा बन्यजन्तुहरुको चोरी सिकारी जस्ता कानुन विपरित कार्य गरिएको र स्थानिय बासिहरुमा जनचेतनाको अभाव भएको यहाँको मुख्य समस्या रहेको अधिकृत परियारको भनाई छ ।
उनका अनुसार पर्यटन, जडीबुटी र काष्ठ उद्योगका मुख्य सम्भावना रहेको छ भने अब नगरपालिकामा भएको गोष्टीमा छलफल गर्दा छुटेका महत्वपूर्ण ठाउँ बनस्पती र जडीबुटीको साविकका प्रत्येक गाविसमा गएर छलफल गोष्ठी गरिने छ । कार्यक्रममा बोल्दै आठविसकोट नगरपालिका वातावरण सरसफाई तथा विपत व्यवस्थापन उप साखा संयोजक तथा कार्यक्रमका अध्यक्ष गोर्ख बहादुर कामीले जैविक विविधता सम्बन्धी समस्याहरुलाई समाधान गर्न स्थानीय सरकारले विशेष ध्यान दिनु पर्ने प्रतिबद्धता व्यक्त गरे । आठविसकोट नगरपालिकाको आर्थीक सहयोग र हिमालय बहुसेवा प्रालिको प्राविधिक सहयोगमा सम्पन्न कार्यत्रममा स्थानिय जन प्रतिनिधी, जिल्ला बन कार्यालय रुकुम पश्चिमका सहायक वन अधिकृत शेर बहादुर परियार, जिल्ला बन कार्यलय रुकुम पश्चिमका रेन्जर ललित जंग खड्का, हिमालय बहुसेवा प्रालिका अध्यक्ष पदम राणा लगाएत अन्य स्थाकियको पनि उपस्थिती रहेको थियो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares