Input your search keywords and press Enter.

पत्रकार दुर्व्यवहार प्रति महासंघको ध्यानाकर्षण

आहा सञ्चार संबाददाता
यातायात व्यवस्थ विभागका निर्देशक श्रीचन्द्र शाहले समाचार संकलनमा क्रममा सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुलाई दुव्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि यातायात व्यवस्था विभाग पुगेका श्रेष्ठ र हाकुजुलाई विभागका निर्देशक शाहले पूर्वअनुमति लिएर मात्र समाचार बनाउन भन्दै धम्क्याएका थिए । हेर्नुहोस यस्तो छ महासंघका महासचिब रमेश बिष्टद्धारा जारी गरिएको बिज्ञप्ती ।

मिति ः २०७५।०७।११

प्रेस विज्ञप्ति
समाचार संकलनका क्रममा सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई यातायात व्यवस्था विभागका निर्देशक चन्द्र शाहले दर्ुर्व्यवहार गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षा भएको छ ।
समाचार संकलनका लागि कात्तिक ६ गते मिनभवनस्थित यातायात व्यवस्था विभाग पुगेका सञ्चारकर्मीद्वय श्रेष्ठ र हाकुजुलाई भाद्र १ गतेबाट लागू भएको मुलुकी संहिताको हवाला दिँदै र्सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाका विषयमा समाचार बनाउन पर्ूवअनुमति लिनुपर्ने भन्दै निर्देशक शाहले दर्ुर्व्यवहार गर्दै धम्क्याएका थिए ।
र्सार्वजनिक सेवाको क्षेत्रमा आमनागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार पदमा बसेका जिम्मेवार अधिकारीबाटै पत्रकारलाई धम्की दिँदै समाचार संकलनमा अवरोध खडा गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै पदीय मर्यादाविपरीतको कार्य भएको महासंघको ठहर छ । महासंघ प्रेसलाई हतोत्साहित र कमजोर बनाउन खोज्ने यस्ता कार्यको कडा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

……………………
रमेश विष्ट 
महासचिव

घटनाबारे बिस्तृत जानकारी लिन हेर्नुहोस यस बिषयमा सगरमाथा टेलिभिजनले तयार पारेको सामाग्री

यातायात विभागको दादागिरी, पत्रकारलाई धम्की

यातायात विभागको दादागिरी, पत्रकारलाई धम्की यातायात व्यवस्था विभागका कर्मचारीले आफुलाई नसोधी पत्रकारले भिडियो खिचेको भन्दै धम्की दिएका छन् । सार्वजनिक कार्यलयका कर्मचारीले संसोधित मुलुकी ऐनका विभिन्न संहिताको हवला दिदै पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हमला भएको विज्ञहरुको ठहर छ ।

Posted by Shikha Shrestha on Thursday, 25 October 2018

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares