स्तम्भ : ह्याँती गर्ने कुरा
एमएल ओली
मान्यजनबाट आपूmमन्तिरकाको सफलता वा कल्याणको कामनाका प्रकट गर्ने शुभेच्छालाई आशीर्वाद आशिक एवम् आशिक भनिन्छ । अर्को शब्दमा यसलाई ब्राहामणवर्गबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना एवम् आशीर्वादलाई आशिक भनिन्छ । अइलसम्म आशिक लिनेहरूले कति लिए, दिनेहरूले कति दिए ? कि त लिने जानुन् कि दिने जानुन्, बराठ, अरुले क्या ठानुन् ? राष्ट्रौ पैचान गराउने सांंस्कृतिक पर्व दसाँइको आशिकले सप्पैलाई अगाकै होला । घाँटी हेरी हड्डी किल्लियोस्, या गड्डी हेरी थुक निल्लियोस्, कोसेली हेरी आशिक झर्ने रैछ हेर्ने । ढक्कीया जमाना गई पक्कीया जुक ल्वात्ताइएछन् । एक पाने सइतौ मोटो कुम्लो देखे जाँत्तीबाट पनि आशिकौ असिनेभर्को र दक्षिणेलर्को आइन्च । उस्तै माँफ्फियौ सुकेनास, रुन्चे र टिपी लास्तो कुटिरोले केई मेल्मेसो आँन्न भन्नु हुन्च । तँवाइको सिला खोजाई आशिकले काम्पन छुटिकन नछाम्दै हाई आइन्च हेर्ने । क्याउरा गर्नुहुँदो हउर, त्यो माँजो आशिकौ जात पनि अल्तै निउर्याउ होला र ? जाँत्ती पनि चुस्नै खोज्ने ? त्यो नपा उइता हो नि, हजुरा हाकीमियौ कलम पुल्केनि । अरुबेलाउ भन्दा दसाँइमा पाइने आशिकको अग्लै मत्वछ । तेई भइन यो लह्क्न त्योर्न जताततै छर्रिया आँपन्तीहरूले नर्सिनु होई ?
आशिकभाग्य सम्बन्दी एउटो अनुभौं ः उलैका सङाजुग्नु, टिकादिन, व्यार्ना अघिल्लो वर्ष, आशिक माङ्न जोइपोई माइत ढल्कियौ । हाँसिलो खुशीलो भइकन तँवाईका सौराबाले “सुक्का दिन काट्नु, धेरै चाट्नु, शत्तुर फसाउँनु, मित्तुर हसाउँनु, धेरै नकन्नु, पाँच पुत्र तीन कन्या माउबाउ बन्नु” भन्ने आशिक र मोटो दक्षिणा वर्षल्या भन्नु हुन्च । आँन्नीता सोच्यात्ती आइयो अरु किन चाइयो ? वर्षैभरी सुतिसुति ज्यान पाल्ने गड्डी मिलेचि तँवाइकी बड्डीया हातखुट्टा चिलाउँने कुरै भन । आँन्नीता रातदिन पुस, भोज गर्या खुस्, मोज गर्या खुस्, कल्ले भन्ने उस् ? दिक्क मानी क्यार्नु र ? दिशा खोजी, बगाल रोजी ल्याप्ची ? मुल्का उल्का हुँनेले नोट, नहुँनेले कोट त्यो पनि नहुँनेले ओट टोक्कन बिरोदौं करखेटो बाल्या पनि भाउभक्ति लाउदैन । दुईवर्ष सुत्क्याराले गर्दा आशिक पाउनबाट बञ्चित भइयो । तेस्रो वर्ष पाँच पुत्र र तीन कन्याको साथ साक्कै ससुरालीमा एक डफ्फा आशिक थाप्न गइयो । पल्क्याउँ झिल्के घरिघरि मिल्के झै जम्बो इच्छा बोकी गइयो हेर्ने । माइता घर्नु साइत आकोले थाप्नेहरूको लाम्मै लर्को थ्यो भन्नु हुन्च । बड्डाजीको चन्द्र उज्यालो थेन, ऐल धेरै झर्दैन भन्ने अट्कल लाट्टाले पनि गथ्र्यो । बल्ल–तल्ल साइत लर्केपछि आशिक सुन्ने पालो आयो ः “आफ्नै खुट्टाले उम्मिनु, अन्त नझुम्मिनु, अर्काउ भर पर्नु, उत्तानो नपर्नु, धेरै सन्तान निक्लिने बाटो थुनेल्नु, इलिम गर्नु, चिलिम नपर्नु, जुकाइनी तन्किनु, आगाइनी दन्किनु, मौरीइनी भन्किनु, साराको आश पुर्याउनु, अरुको आश नपर्नु, जानबच्चाको चाष्टा गर्नु, सूर्ती छार्नु पूmर्ती नछार्नु ।” आशिकले ढुक्क मात्र नभई हुक्क बनाल्यो हेर्ने । आँन्नीता यै गीत फुरायो आप्नै पाखामा पुरयो ः ओराली झरेको मृर्गको ताल भो, छल गर्यो आशिकले, छल गर्यो आशिकले ।
अघिल्लो वर्षास्तो हसिलो आशिक र रसिलो गाँट नपाउँदा रिसौ पोको जोइपट्टीले पोइतिरै ओइर्याउनु पर्ने गाँठ्ठयौ ? धोक्काले पिरीम अगास्तो, भोक्काले जम्मै जगास्तो, मैयाले दैया बचास्तो, बोक्काले लाज पचास्तो दुन्नयौ चाल्की माल्कि कस्तो न कस्तो ? आपूm पनि कम्ता हुँने कुरो ता आन क्यारै हुन्तो ? भिरतभिरतै विदेशपाई फस्किजाउ कि भन्ने सोचायो । त्याँट, भिक्सासिक्सा लाउन दलाली खोज्जेलेँ भन्नु हुन्च । तँवाइको दलाल पनि स्यानो नाम्रो रह्न्च हेर्ने । भिक्सा लाउनासात उधारै उराल्यो यार । अरब पुगी खरब लत्काउने सुइना बोकी ठक्रक्कै पुइयो खारीमा । आँन्निता झल्लर उइता हो नि दारीसारी फाल्नै नपाई दिनरात छाम्याउँछ छाम्याउँछ उई डल्लर । साल छेमैना तक प्यार्रियौ फुन दिन नबिराइन आउँत्यो हेर्ने । क्या फरक पत्र्यो केई मैनापछि फुनले पनि किलो बिराउन लाइयो भन्नु हुन्च । बुरीलाई धुरी चर्ने बैंस आछ भन्ने सङ्खा लाइयो हेर्ने ।
आँन्निता कम्रामा बस्सियो आँन्नि उनीलाई फुनबाट मेस्सैसित सम्जाई बुजाई, गर्भ्वाँती बनाई ढुक्कसात डिउटीमा फस्सियो । मेरो सङ्काले क्यार्न लङ्का बचाउँदो हेर्ने ? सम्जाऔं केई दिनपछि कोहुँनेले तँवाइकी जोई टप्कालेछ भन्नु हुन्च । जारौ धन खानु भन्ने माथिबाटै लेख्याची कखो क्या लाक्च र ? हुन्तो हउर ? अइचेल खारियौ र तँवाइको जारियौ दाम्ले मालामाल छ भन्नु हुन्च । सुनाउनेले जुराउ भया दैवै जानुन अइचेल जताततै बालकन्या, तरुणीकन्या, बुरीकन्या लगाइत सप्पैले वाच गर्चन् गरे । हयाँती गर्ने कुरा, आशिकौ दाप्को आई तीनथरी मध्ये एकथरी सित लप परिकन सप भइयो भन्या तँवाइको भुजसुज चट्कालौंला हेर्ने । क्या फरक पर्ला, हुन्तो हउर ?