Input your search keywords and press Enter.

शिबिर मार्फत जनताको घरदैलोमै सरकारी सेवा

सर्जना कार्की
रुकुम पूर्बको भुमे गाउँपालिकामा नागरिकता वितरण सम्बन्धि घुम्ति सेवा शिबिर सञ्चालन गरिएको छ । भुमे गाउँपालिकाको वडा नम्बर १ लुकुममा शिबिर संचालन गरिएको हो । सदरमुकाममा केन्द्रित सेवासुबिधा गाउँघरमै आएको अनुभुति दिलाउन शिबिर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

उनका अनुसार शिबिरबाट ४३ जनाले नागरिकता लिएका छन् । जसमा महिला २६ र पुरुष १७ जना रहेका छन । त्यस्तै एकजना अपाङ्ग समेत लिएका छन । शिबिरबाट ८० वर्षका जेष्ठ नागरकिले समेत नागरिकता लिएका छन । बुढेसकालले छोएपछि बाहिर हिड्न गाह्रो भएको अवस्थामा गाउँघरमै आएर नागरिकता वितरण गरेको भन्दै जेष्ठ नागरीक ७५ वर्षिय मनखना घर्तिले खुसी व्यक्त गरिन । ‘उमेरले नेटो काटिसकेको यो अवस्थामा आएर नागरिकता पाउछौ भन्ने त आसै थिएन’ उनले भनिन, ‘नागरिकता नबनाएरै मरिन्छकी भन्ने लागेको थियो ।’ बुढेसकालमै भएपनि नागरिकता प्राप्त गरीयो भन्दै अर्की जेष्ठ नागरिक ८० वर्षिया फुर्कु गुरुङले खुसी व्यक्त गर्दै नागरिकता वितरणको टोलिलाइ धन्यवाद दिईन । प्रजिअ शर्माले आगामी दिनहरुमा पनि जनताको चाहना र आवश्यकतालाई ध्यानमा राखी सरकारी सेवा सुबिधा शिबिरहरु जिल्लाका ठाउँठाउँमा आयोजना गर्ने योजना बनाएको बताए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares