Input your search keywords and press Enter.

एकदिने स्वास्थ्य शिबिर सम्पन्न

सन्देश जैसी
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १२ को जनाकल्यान मा बि सानाखोलामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । चौरजहारी नगरपालिकाको आयोजना र मानव बिकाश तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको प्राबिधिक सहयोगमा शिबिर संचालन भएको हो । चौरजहारी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. अजित जर्ज कुरभिल्लाल्लाको नेतृत्वमा २४ जनाको टोलि रहेको थियो । शिबिरमा चौरजहारी नगरपालिका ११, १२ र १३ वडा लगायत अन्य ठाउँ बाट आएका ७७ महिला र १६० पुरुषले सेवा लिएका छन । शिबिरमा नाक, कान, दात, ज्वरो, निमोनिया, झाडापखाला , रुघाखोकी, तल्लो पेट दुखने समस्या लगायत पाठेघर खस्ने सम्स्या भएका २३७ जना बिरामीहरुले उक्त सेवा लिएको स्त्रीरोग विशेषज्ञ डा. अजितको भनाई छ । जसमा धेरै महिलाहरुको पाठेघर खस्ने समस्या भएका बिरामीहरु बढी आएका थिए । गह्रौ भारी बोक्न, सानो उमेरमा बिहे गर्नु र जन्मान्तर छोटो राख्नु जस्ता कारणले यस्तो समस्या बढी हुने गरेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares