Input your search keywords and press Enter.

फोहर के हो र कसरी व्यवस्थापन गर्ने

  • लालबहादुर केसी

परिचय
१) फोहोरमैला भनेको के हो ? : यसको उत्पत्ति कसरी र कहाँबाट हुन्छ ? फोहोर बाट के के हानी नोक्सानी र के के फाइदा र वेफाइदा छन् ? फोहोर व्यवस्थित गर्न को को जिम्मेवारी हुनुपर्दछ र किन ? फोहोर मैला कसरी र कहाँ लिएर तह लगाउने भन्ने कुराको सबै सबै सरोकारवाला पक्ष लाई जानकारी हुन अति जरुरी हुन्छ । जो जिम्मेवारी पक्ष हो त्यो नै पक्ष किन जवाफदेही बन्न सकिराखेको छैन र फोहर मैलाको व्यवस्थापन गर्न सकिराखेको छैन भन्ने कुराको जानकारी हुन पनि जरुरी छ । फोहर कति प्रकारको हुन्छ ? यसको किसिम कस्तो हुन्छ भन्ने कुराको पनि जानकारी हुन जरुरी हुन्छ ।
फोहर मैला भनेको घीन लाग्दो चिज, वस्तु, मलमूत्र लगायतका दुर्गन्धित वस्तु, चीज बिज र मयलले हेर्न नहुने, काम नलाग्ने कालो धमिलो र मैलालाई नै फोहर मैला भनिन्छ । हो फोहोर मैला भनेको दुर्घन्धित वस्तुको समूहलाई बुझाउँछ । फोहोर ठोस र तरल दुबै हुन्छ । चर्चा परिचर्चामा ठोस फोहोरको नै बढी चर्चा परिचर्चा आउँछ ।
२) ठोस फोहोर मैला ः हाम्रो घरघरमा प्रयोग गरेर बाँकी रहेका काम नलाग्ने वस्तुहरु उद्योग धन्दा कलकारखाना, उद्योग धन्दाहरुबाट निस्किएका वा वस्तुहरु खेतबारीबाट उत्पादित भएका पm्याकिने वस्तुहरु लाई नै ठोस फोहोर मैला भनिन्छ । जो कोहीले काम नलाग्ने भनि फालेका वस्तु अर्को लाई काम लाग्ने पनि हुन सक्छ । ती वस्तुहरु कच्चा पदार्थका रुपमा पनि प्रयोग ल्याउन सकिन्छ । जस्तै प्लाष्टिक, कागज, फलामका टुक्रा, काचका बट्टा, सिसाका बोतल, टिनका पाता, रङका बट्टा र वाल्टी आदिलाई फाल्छौ तर पछि तिनै वस्तुहरु सम्वन्धित कारखानाहरुमा लिएर विक्रि गरेमा धेरै पैसामा विक्रि गर्न पनि सकिन्छ । एवं प्रकारले त्यस्तै तरकारी केलाउँदा निस्केका वोक्रा, फलफूल खाएका बोक्रा र झारपातलाई किसानले कम्पोष्ट मल बनाउँदा प्रयोगमा ल्याउन सक्छन् ।

३) फोहोर मैलाका प्रकार
१) जैविक फोहोर
जैविक फोहर भनेको शेस नै नरहने गरी कुहिएर जाने फोहोरलाई जनाउँछ । जैविक फोहोरमा खास गरेर वोटविरुवा, झारपात, माटो, मरेका जनावर, पशुपंक्षी अन्नपात र अरु खाने कुरा लगायत अन्य कुहिने वस्तु र चीज बिज आदि पर्दछन् । यस्तै खालका जैविक पदार्थलाई एक ठाउँमा जम्मा गरेर समय समयमा वल्टाई पल्टाई पारी कम्पोस्ट मल पनि बनाउन सकिन्छ । अर्को अर्थमा भन्दा यी जैविक पदार्थबाट नै माटो बन्द छ र जमिनमा मिसिन्छ ।
२) अजैविक फोहोर
अजैविक फोहोर भनेको नकुहिने वस्तु वा पदार्थलाई भनिन्छ । नकुहिने वस्तु वा चिज वा कतिपय पदार्थलाई हामी पुन ः प्रयोगमा ल्याउन सक्दछौ । विभिन्न प्रकारका सिसिहरु बट्टा हरु घरायसी कामको लागि प्रयोगमा ल्याउन सकिन्छ । चिडिएका च्यातिएका लुगाकपडा हरुबाट नयाँ किसिमका चकटी, तकिया, डसना बनाउने पनि सकिन्छ । एकपटक प्रयोग गरी सकेपछि को पोलिथिन झोला सफा गरेर नफाटे सम्म प्रयोग गर्न सकिन्छ तर कुनै कुनै अजैविक पदार्थलाई फेरी पनि प्रयोग गर्न सकिदैन । च्यातेका पोलिथिन झोला फुटेका सिसी, कुच्चिएका बट्टाहरु, स्टिल फुटेका भाडावर्तन गाल्न वा पगाल्न नसकिने प्लास्टिक मिसिएको कागज, च्यातिएका जुत्ता चप्पल, आदिलाई फेरी प्रयोग गर्न सकिदैन । ती मध्ये कागज, कपडा, फलाम , सिसी, प्लास्टिक, पोलोथिन आदिलाई कारखानामा लिएर केही नयाँ सामान बनाउँन सकिन्छ ।
यसरी नियालेर हेर्दा कुनै पनि फाल्तु वस्तुलाई फोहोर मैला केहि नलिएर त्यसको महत्व बुझ्न सकेमा हेर्दा पनि ठोस फोहोर मैलाको समस्या त्यति जटिल हुन पाउदैन ।
५) फोहोर मैला निस्किने स्रोतहरु
क) भान्सा
हरेक घरका भान्सा हरुबाट हरेक प्रकारका फोहोरमैला निकिन्छन् । भान्साबाट निस्किने फोहोर वस्तुहरुमा तरकारी कलाएका बोक्रा, तरकारी खुर्केका भूस, विग्रीएका वा कुहिएका बासी खाना, खरानी, कोइला, तरकारी मुठ्ठा पारेका पराल, भिमल, र अन्य बान्ने वनाएका त्यान्द्रा, पोको परेर ल्याएका कागज, बट्टा, प्लास्टिक झोला, धूलो कसिंगर, आदी । यस्ता वस्तुहरुलाई जथाभावि र जहाँ पायो त्यही फालेमा फोहोर मैलाका रुपमा रही रहन्छन् । यी फोहोर नै भान्सा बाट निस्किने फोहोर हुन् । यसलाई राम्रोसँग तहलगाउन पर्दछ ।

ख) घरबाट निस्किने फोहोर

घरबाट निस्किने अन्य फोहोरहरुमा भान्साबाट बाहेक अन्य ठाउँहरुबाट पनि काम नलाग्ने फाल्तु वस्तुहरु निस्किन्छन् । चिरिएका वा फाटेका लुगा कपडा, विभिन्न प्रकारका कागजहरु, सिसाकलमका टुक्रा काटेका भुस,धुलो, बट्टा, सिसीहरु, माकुराको जालो र अन्य वस्नुहरु लगायत आदि घरबाट निस्केका फाल्तु वस्तुहरुलाई घरबाट निस्केका फोहोर हुन् ।
ग) घर बाहिरबाट निस्कने फोहोर
विभिन्न प्रकारका वोटविरुवा, झारपात माटो, इट्टा, ढुङ्गा, रोडा, काठका टुक्रा, छारोधुलो, वालुवा, मरेका विभिन्न प्रकारका पशुपंक्षीका अवशेष छाला हड्डी, बङ्गारा, आदी घरबाहिरबाट निस्किने फाल्तु वस्तुलाई नै घरबाहिबाट निस्कने वस्तु नै फोहोर हुन् ।
घ) विद्यालयबाट निस्निे फोहोर
विद्यालयबाट निस्किने फोहोर वस्तुहरुमा खास गरेर कागजका विभिन्न प्रकारका टुक्रा, चक, सिसाकलमको धुलो, बिस्कुट, चक्लेट, पाउरोटी, लगायत अन्य खाने वस्तु मोरेका वा बेरेका खोलहरु र खाना नास्ता खाएर बचेका खानाका शेष प्लाष्टिक झोला, धुलो माटो, भूईबाट निस्केको लेउटा आदी । काम नलाग्ने खालका अन्य विभिन्न बस्तुहरु नै फोहोर हुन् ।
ङ) बजारबाट निस्किने फाहोर
सबैभन्दा बढी फोहोर निस्किने भनेको बजारबाट नै हो । यहाँबाट विभिन्न प्रकारका काम नलाग्ने वस्तु तथा चीजबिजहरु निस्किन्छन । त्यसको व्याख्या गरेर साध्य नै छैन । कागजका टुक्रा, कपडाका टुक्रा, विभिन्न प्रकारक तारका टुक्रा, रङका टुक्रा, वाल्टि, फलामका टुक्रा, छाला, जुत्ता, चप्पल, बाकस, झोला, टाएरका टुक्रा, पुराना लुगा कपडा, फाल्तु छाता, ब्रिफकेश चुरोटका बट्टा, विस्कुट, चक्लेट मिठाई विभिन्न प्रकारका, सुर्ति खैनीका बट्टा खोल, चाउचाउ, लगायतका खाद्य वस्तु राखेका खोल, रित्ता बोतल, होटलबाट निस्किने विभिन्न प्रकारका फाहोर सामान राखेका मध्य अधिकांश फोहोर पसल र होटल, उद्योग धन्दा र कलकारखानाबाट निस्किने फोहोर नै भयावह प्रकारको फोहोर हुन्छ । यस्तो फाहोरलाई सबै सरोकार पक्षले तह लगाई व्यवस्थित गर्न गराउन सक्नुपर्छ ।

छ) फोहोरबाट हानी नोक्सानी
फोहरमैला मानव स्वास्थ्यको लागि मात्र हानीकारक नभई वातावरणकै र विश्व व्रह्माण्डकै लागि हानीकारक वस्तु हो । फाहोर मैला जताततै फाल्ना वा गर्नाले वातारण नै अशोभनिय देखिनुका साथै गनाउने हुन्छ । दुर्गन्धको थुप्रोमा झिङ्गा भन्किने र झिङ्गाले फोहोरमा रहेका किटानुहरुलाई सारेर विभिन्न प्रकारका ठाउँहरुमा फैलाउने गर्दछ । फाहोर मैला पानीमा फ्याकेमा झन पानी नै दूषित भई त्यस्तो पानीको प्रयोगबाट सारा प्राणीलाई नै पानीबाट सबै बिभिन्न प्रकारका रोगहरु लाग्न सक्दछन् ।
आज भन्दा केही समय अगाडी वा पहिले पहिले फोहरलाई जलाउनू पर्ने काम राम्रो मानिन्थ्यो । तर आज भोली आएर फाहोर मैला र प्लास्टिक जलाउनुले वायुमण्डलमा कार्बोन मात्रको मात्र अत्यधिक बढी वातावरण नै दुषित बनाई ब्रह्माण्डमै दूषित भई सबै जिवित प्राणीलाई हानी नोक्सानी पु¥याउने कुरो वैज्ञानिकहरुले नै भन्न थालेका छन् ।

पmोहर मैला व्यवस्थापन गर्ने कार्य र उपायहरु ः
पmोहरमैला व्यवस्थापन गर्न हुने समस्यालाई समाधान गर्न सबै मानिसहरु अति चनाखो हुन अति जरुरी छ । फोहोर मैलालाई जति सक्यो त्यत्ति नै कम गर्न सक्नु नै बुद्धिमानी हुन्छ । दोकान पसलहरुमा सामान किन्न आउँदा सामान किन्ने व्यक्तिले आफैले सामान राख्ने झोला वा अन्य कुनै भाँडो लिएर बजार जानु उचित हुन्छ । जसले गर्दा पसलबाट सामानका पोका पारी दिने कागज तथा प्लाष्टि झोला क्रेताको घरमा आउन पाउदैन र फोहोर मैला पनि बढ्न पाउदैन । केही फोहर वस्तुलाई पुन ः त्यसैलाई गर्न सक्नु पर्दछ । एक पटक प्रयोग गरी सकेको वस्तु वा पोलिथिन झोला र प्लास्ष्टिकका बट्टाहरु लाई सफा गरेर फेरी प्रयोगमा ल्याउनु र लेखि सकिएका कापीबाट झोला वा खाम बनाई पसलमा पोको पार्न प्रयोग गर्नु फेरी प्रयोगमा ल्याउन सक्नु पर्दछ । एवं तरिकाले हर्लिक्सका बट्टा, सिसीहरु, मसला, घिउ, तेल, दाल,बेसार विभिन्न प्रकारका बीउ आदि राख्न प्रयोग गर्नु वा तिनको बट्टा हरुलाई कलम, काँयो लगायतका सामान राख्ने बुरुस राख्ने भाँडाका रुपमा प्रयोग गर्नु वा अन्य सामानहरु राख्ने बनाउन सक्नु पनि पुन ः प्रयोगका उदाहरण हुन् ।
जैविक वस्तुलाई जम्मा गरेर वा खेर वटुल गरेर लाभदाय कम्पोष्ट मल सकिन्छ । कागज, प्लाष्टिक, सिसा, फलाम र अन्य एलमोनियम भाँडा वस्तुहरुलाई घोलेर पगालेर कारखानाहरुमा नयाँ वस्तु बनाउन सकिन्छ । कतिपय वस्तुहरु अलग अलग ठाउँहरुमा जम्मा गर्न सकेमा ती वस्तुहरु कवाडीले तौलका आधारमा वा एकमुष्ट रुपैयाँ दिई लैजान्छन् र फोहोर सदुपयोग हुन्छ र नगद रुपैयाँ आउँछ ।

वाक्ला बस्तुहरु सहरी क्षेत्रहरु घरहरुबाट निस्किएका फोहोर मैलालाई जथाभावी तरिकाले बाटोमा फाल्नु हुदैन । त्यो फोहोरलाई कन्टेनरमा, बोरीमा, विभिन्न प्रकारका झोलाहरुमा र तोकिएको ठाउँमा लिएर मात्र थुपार्न सक्नु पर्दछ र गाडी आएर डम्पिङ साइटमा लिन सक्छ र फोहोर व्यवस्थापन गर्न सजिलो हुन्छ ।
यी माथि उल्लिखित तरिका अपनाई राम्रोसँग व्यवस्थित गर्न सकेमा हाम्रो घरवरपरको वातावरणमा रहेका ठोस फोहोर मैलाहरुमा कमी ल्याई वातावरण सफा राख्न सकिन्छ । यति गर्न सकेमा मात्र पनि केहि हदमा वातावरण स्वच्छ देखिनुका साथै प्राणी जगत र मानव जीवनमा पनि स्वस्थकर बानीको विकास हुन्छ । विद्यालय कार्यालय र घरका वरपरका फोहोरहरु संकलन गरी जैविक र अजैविक फोहोर छुट्यायी ती मध्यबाट पनि अजैविकबाट पनि जल्ने नजल्ने फोहोर अलग अलग गरी ती दुवै प्रकारका फोहोरहरु कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा सबै सरोकारवाला पक्ष लागि फोहर मैला व्यवस्थापन गर्न सकेमा वाताबरण राम्रो बनी हाम्रो स्वास्थ्य पनि राम्रो बन्न सक्छ ।
२०६८ सालको फोहोर व्यवस्थापन ऐनले फोहरमैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय निकायलाई दिएको कारण यस प्रति स्थानिय निकाय चनाखो हुन अति जरुरी छ । फोहोर मैला व्यवस्थापन गर्नका लागि खानपानी तथा सरसफाई मन्त्रालय, खानेपानी तथा ढल निकास विभाग फोहोर मैला व्यवस्था विभाग मार्फत जिल्ला डिभिजन कार्यालय र आआफ्ना स्थानीय तहहरुमा सरकारले डम्पिङ् साइट निर्माण र ढल निकासका लागि हरेक जिल्लामा फोहरमैला व्यवस्थापनका लागि संघिय सरकारले रकमको व्यवस्था गरी रकमान्तर गरेको हुन्छ । कहाँ गयो खै त्यो रकम ? किन हरेक ठाउँमा फोहोर मैला व्यवस्थापन ढल निकासको व्यवस्था गरेको छ ?

मुसिकोट नगरपालिका भित्रका सडकहरुको र बजारहरुको हरी विजोग छ खानेपानीको त्यहि हालत छ । मुसिकोट नगरपालिकाको बजार क्षेत्र भित्र वैरागी ठाँटीदेखि सालाबाङ, बोरागाउँ, मुसिकोट दरबार, कोटचौतारा चापा, सितलपोखरी, कुनावाङ, सेरीगाउँ, बागबजार, खलंगा बजारका चोक हुँदै मठ घिउँखोला, घटट्ेखोला हुँदै सल्ले अस्पताल सम्म र मठदेखि शाई कुमारी भगवतिदेवी मन्दिर डिग्रे सम्मको स्थिति फोहोरै फोहरले ग्रस्त भएको स्थिति छ ।
सबै भन्दा असोभनिय बनाउने फोहोर मध्ये प्लाष्टिक झोला विभिन्न प्रकारका खाद्यवस्तुका खोल चाउचाउ, विस्कुट, चक्लेट, पानपराग, गुटखा, हयदम, सुर्ती खैनी, चुरोट, जुत्ता चप्पल र कपडा राखेका खोल रक्सि वियरका बोतल सरियाका टुक्रा, तारका टुक्रा, फाटेका वालेका झुत्रा लत्ताकपडा, पुराना व्रिफकेस, झोला, फालेका करङ सहितका छाता प्रत्येक सडकका छेउछाउमा कवाडी वायक, ड्रम, छालाका टुक्रा, कपाल, विजुलीका तार, विग्रिएका बस ट्याक्टरका थोत्रा, बाकसका थोत्रा, सडकका ठाउँठाउँमा गिट्टी वालुवा पाङ्गोका थुप्रा, रोडा ढुङ्गा र माटोका थुप्रा, विक्रि गर्न ल्याइएका सरिया र टिन सडकका ढिग घारी जथाभवी रुपमा छरपष्ट तरिकाले फालिएका छन् । यी फोहोरहरुको व्यवस्था गर्न किन सकिराखेको छैन मुसिकोट नगरपालिकाले ? मुसिकोट नगरपालिकालाई अति सुन्दर बनाउँछौ, जनताको सुख दुःखलाई हेछौँ पक्षपात गर्दैनौ मुसिकोट नगरपालिकालाई नेपाल अधिराज्य नमूना नगरपालिका बनाउँछौ भनि चुनवी घोषणा पत्रमा गरेका वाचा कहाँ गए ? के ती वाचाहरु नारामा मात्रै सिमित रहे त ? योजनाको बाँडफाँडमा नातावाद कृपावाद र फरियावादको झलक देखाउने शिव र पार्वतीका वरिपरि गणेशजी सात पटक घुमेर सुमेरु कुमेरु पहाडको भ्रमण गरेर आएको कुमारलाई हराई दौड गणेश जीले जितेको भान बनाउने शिव पार्वतिको जस्तै न्याय गर्ने । कतै धौ धौका विचमा परेका योजनाहरुमा म्याच मेकरको प्रयोग गरी रकमको दुरुपयोग गर्ने गराउने कुनै आफुले भनेको जस्तो उपभोक्ता समिति नभएको भनि त्यो योजना संचालन गर्ने नदिई रकम फ्रिज गराउने घर देखा र रकम निकासा लिएको सभाको काम गर्न सक्ने तर मुसिकोट नगरभित्रको फोहर मैला व्यवस्था गर्न नसक्ने मुसिकोट नगपालिकाले ?

संस्था आफैमा गलत हुदैन । संस्था त निर्जीव भौतिक संरचना हो मानव निर्मित साधन हो । त्यसलाई मानिसले जति सिंगारपटार गरेर बनायो त्यतिनै सुन्दर हुन्छ, त्यो संस्था हाँक्ने जिम्मेवारी र जवाफदेही व्यक्तिहरु हुन्छन् । ती व्यक्तिहरु योग्यता क्षमता, सिप, ज्ञान, सद्भाव, निपत, इच्छा, शक्ति, दुरदृष्टि सुसंस्कार, सिद्धान्त, अनुभव, स्वतन्त्र, निस्पक्ष, तठस्त, विकास आदि मन इच्छा शक्ति भएका व्यक्ति भएमा मात्र जनताले आशा गर्ने भरोसा मान्ने हुन । जन्म जातै यो पार्टीको र त्यो पार्टीको आ आफ्नो वरिपरि घुम्छ र हरिमुनी छिर्छ त्यसैलाई बोक्ने गरेर आएका जनप्रतिनिधि प्रति के जनताले आश गर्नु र भर पनि मानुन !
जनताबाट विजय प्राप्त गरी आई सकेपछि त्यो प्रतिनिधिले शपथ ग्रहण लिई सकेपछि कोही पनि पार्टीको हुनु हुदैन । त्यो त सबै जनताको हुन सक्नु पर्दछ । बहु संख्यक जनताको शान्ती सुरक्षाको विकासको र समृद्धिको काम गर्न सक्नु पर्दछ । जनताले संस्थाको विरोध गदैनन् । जनताले बसको विरोध गर्दैन जनताले त्यो संस्था संचालन गर्ने सञ्चालक र बस चलाउने चालकको विरोध गर्दछन् र समर्थ पनि गदएछन् राम्रोसँग संस्था संचालन गरेमा र बस ठीक तरिकाले चलाएमा जनताले स्यावास भन्छन धन्यवाद पनि दिन्छन् ।

साधारण व्यक्तिको कहिल्यै पनि जनताले विरोध गर्दैनन् । विरोध पनि किन गर्नु प¥यो र के कामले विरोध गर्नु प¥यो र जो व्यक्ति म त्यो गर्छु भनि जिम्मा लिएर आउँछ र उसले जनताको पक्षमा काम नगरी आफ्नो स्वार्थको पक्षमा काम गर्दछ भने जनताले त्यसको नियत, प्रवृति दम्ब कुसंस्कार र गलत कार्य शैलीको विरुद्धमा जनताले दरिलो आवाज बुलिन्द गर्दै विरोध गर्दछन् । जनताको मनोभावना, इच्छा, आकांक्षा, विपरित गई पक्षपात तरिकाले काम गर्ने कसैलाई पनि अधिकार छैन । जनप्रतिनिधि भई सकेपछि बहु संख्यक जनताको मनोभावना बुझेर काम गराउन सक्नु पर्दछ । स्थानीय तहले फोहरमैला व्यवस्थापन गर्न नसकि कस्तो दुरदशा भएको घिउलाको आसपासमा, घट्टे खोलाको आसपासमा, र पातुखोलाको आसपासमा छि फोहर मात्र होइन महाफोहर बनेको छ । त्यहाँ कसैको पनि चासो र सरोकारको विषय बन्न सकिराखेको छैन । यो जिम्मा कानून संवत पनि स्थानीतहकै हो । स्थानीय तह बनेको कारणले दिन प्रतिदिन बस्ती बढ्दै छ र फोहोर पनि बढ्दै छ । आजैदेखि फोहोर प्रति चासो नदिने हो भने यसले भयावह रुप लिने छ र दुर्गन्धित पैmलाउने छ फोहोर व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई नदिइ निजी क्षेत्रलाई जिम्मा दिएमा सरकारले यसको व्यवस्था निजी क्षेत्रबाट भई समस्या समाधान गर्न सहज हुन्छ कि ? लेखक रुकुम पश्चिमका शिक्षक हुन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares