Input your search keywords and press Enter.

जनप्रतिनिधि ज्युहरु वैशाख ३१ गते याद छ ?

जनक केसी
गत वर्षको वैशाख ३१ गते आकासमा टन्टलापुर घाम थियो । किसानका घरमा कतै वाख्राहरु भोकले कराउदै थिए, कतै भैसीहरु किलाको दाउलो चुडाल्न वल गर्दै थिए भने कतै साना साना अवोध वालवालिकाहरु हातमा खाली वटुको समातेर भोकले वावा आमा भन्दै रुदै कराउदै भात खोज्दै थिए । तपाइहरु चुनावको जोडघटाउन गर्न व्यस्त हुनु हुन्थ्यो । आफैलाइ भोट हाल्नेलाइ पनि तपाइहरु शंका मानीमानी खोज्दै र हेर्दै हुनुहुन्थ्यो । जनताहरु भने वैशाखको चर्काे घाम मात्र होइन घरको सवै काम धन्दा भुलेर आँखी भौ भिजाउने गरि निधारवाट चुहिरहेका पसीनाका अविरल थोपाहरु हातले पुछ्दै मतदान केन्द्रतिर जाँदै थिए । अझ भनौं दिनमा कमाएर साँझमा एक छाक मात्र उव्जाउने मज्दुरहरु पेटको माया मारेर चर्काे घाम र गरिवीको विचवाट फुत्किएर तपाइहरुलाइ भोट हाल्न आतुर थिए । अनि वुढेसकालले थला परेका वुढा वाजे वज्यैहरु, वावा आमाहरुहरु आफना लागि नभएपनि आउने पुस्ताका लागि ठुलो भरोसा वोकेर अरुकै साहारा लिएर भएपनि भोट हाल्ने लाइनमा उभिएका थिए । तपाइहरुलाइ जनता कति कष्ट गरेर भोट हाल्न आए या किन यत्रो कष्टलाइ पनि परवाह नगरी भोट हाल्ने उत्साह देखाउदैछन भनेर खोजी गर्ने फुुर्सद थिएन ।

तपाइलाइ एउटै प्रश्नले सताइरहेको थियो मतदान केन्द्रमा चर्काे घाममा उभिएका जनताले आफुलाइ भोट हाल्ने हुन कि होइनन् ?चुनाव जितिने हो कि हारिने हो ? चर्काे घाम, भोक, प्यास, वुढो उमेर र शारिरीक अशक्तता सवै कुरा भुलेर जनताहरु भोट हाल्न लाइनमा थिए । गर्मीले आँत सुकेको थियो तर मन परेको मान्छेलाइ भोट हाल्ने मन सुकेको थिएन । कष्टपुर्ण पैदल यात्राले जिउ दुखेको थियो तर मन परेको जनप्रतिनिधि छान्ने सर्वहारा मन दुखेको थिएन । तपाइहरुका आसेपासेहरुलाइ आफनो मान्छेले जिते शक्तिको दुरुपयोग गर्न पाउने धोको थियो । ५ वर्ष सम्म तपाइहरुकै अघि पछि मोज गरेर रमाउने ठुलो रहर थियो तर विपन्न र वेसाहारा जनतालाइ भने देश वदलिन्छ कि फोहर राजनीति सप्रिन्छ कि भन्ने चिन्ता थियो । अझ उनीहरुको कल्पना ध्यान,मन र चहाना भरि भने मनले खाको व्यक्तिलाइ चुनेर विग्रदै गएका गाउँ सहजरहरु वदल्ने तिव्र इच्छा थियो । अनि व्यालेट वक्स पर्खेर वसेका ति हजारौं जनताका व्याकुल मनहरुलाइ सत्ता र शक्तिको नजिक गएर तान्डव नृत्य गर्ने धोको पनि थिएन । एकातर्फ गरिवी, अराजकता, निरंकुसता र भ्रष्टाचारवाट छुटकारा पाउने चहाना अर्काे तर्फ राजाको शासनमा पाएको आततायी कष्ट दुवै सम्झेर भोट हाल्न एकोहोरो भएका जनताहरु नयाँ संविधान जारी भएपछि उत्साहि मात्र थिएनन परिवर्तनको असली रुप कस्तो होला हेर्न आतुर थिए । उनीहरु नयाँ संविधानले व्यवस्था गरेको संघीय सत्ता निर्माणका लागि भोट हाल्न पाउदा साँचिक्कै क्रान्ति जितेको अनुभुति गरिरहेका थिए ।तपाइहरुलाइ भने जनतालाइ वाँडेका आस्वासन भन्दा वढी चुनाव जितेको ५ व वर्ष आफनो व्यक्तिगत फाइदाको निम्ति कसरी चुनाव जितेको पदलाइ आफनो अनुकुलमा प्रयोग गर्न पाइला भन्ने चिन्ता थियो । वहुतै शारिरीक तथा मानसिक कष्टहरु व्यहोरेर भएपनि आफनो अमुल्य भोट मनले खाएको नेतालाइ दिनका लागि उनीहरु फलाम जस्तै वनेका थिए । भोट हाल्ने लाइनमा उभिएका, भोटका निम्ति घरको ढोकावाट वाहिरिदै गरेका अनि देशको वेहाल अवस्थावारे आफु आफु सवाल जवाफ गर्दै गफिएका सवै जनताको मनमा सुनौलो आसा मात्र थिएन भविस्यप्रतिको सपना पनि थियो । एउटा सपना र लक्ष्य वोकेर मतदान केन्द्र सम्म पुग्ने जनताहरुले आफुले भोट हाल्ने नेता अर्थात तपाइहरुमाथि ठुलो भरोसा गरेका थिए । तपाइहरुको व्यक्तित्व र राजनैतिक दर्शन दुवैको कुनै परवाह थिएन जनतालाइ । देख्दा सुन्दा काम गर्न सक्ने विस्वास लागेको व्यक्तिलाइ भोट हालेर जिताउने ठुलो धोको थियो उनीहरुको । मन भरि सुन्दर आसा र कल्पना गरेर मनले रोजेको मान्छे ठान्दै तपाइहरुलाइ भोट हालेर घर फर्किए उनीहरु । भोट हाल्ने वेला सम्म कति पिडा, कति कष्ट कति हैरानी भयो त्यो केवल उनीहरुले मात्रै अनुभुति गरेका छन् ।

तपाइहरुले टिकट पाउन, चुनाव जित्न अनि पद पाउन जति संकट र अप्ठेराहरु वेहोर्नु भयो त्यसको सय गुणा वढी उल्झनहरु जनताले भोगेका छन् । वाकसमा भोट खसालेदेखि जताततै विग्रिएको गाउँ वस्ती र निरासा हट्ने आसा वोकेर घर फर्किएका उनीहरुलाइ लागेको थियो यत्रो वलिदानले निर्माण गरेको संविधान आयो अनि त्यहि संविधान अनुसार भएको चुनावमा भोट हाल्न पनि पाइयो अव त पुराना दिन पुराना चलन अनि सवै पुराना पाराहरु सकिए । उनीहरुले भोट हालेर घर पुगुन्जेल मात्र होइन चुनावको परिणाम आउने वेला सम्म पनि कल्पना गरिरहे तपाइहरु चुनाव जिते पछि आफना सिमित आफन्ततिर मात्र फर्किनु हुने छैन, तपाइहरुले जनताको करवाट जम्मा भएको सम्पतिमा गिद्धे नजर लगाउनु हुने छैन , तपाइहरु व्यवसायी र तलव पाउने कर्मचारी जस्तो हुनुहुने छैन । आफै डोजर किनेर ठेकेदार र व्यापारी वन्नु हुने छैन अनि आफन्तका नाउँमा डोजर किनेर, ठेक्का पटटाको लाइसेन्स राखेर देश र जनतालाइ ठग्नु हुने छैन । साँचिकै जनताको सेवक जनताको रक्षक जनताको साथी वनेर विगतका सवै दोष र कर्तुत मेटाउनु हुनेछ भन्ने विस्वास जनताले गरेका थिए । हिजो राणा राजा र एकात्मक व्यवस्थाले गरेको अत्याचार अनि राजाको शासनमा वेसरी खाएको गोली, वुट र लाठी राम्रोसंग याद गर्नु भएको होला अनि चुनाव पछि राम्रोसंग सुध्रिनु भएको होला भन्ने लगाएतका धेरै आसावादी कुराहरु मनमा खेलाउदै उनीहरु घरमा पुगे अनि दिन दिनै मनोवादमा व्यस्त हुन थाले । चुनाव सकियो परिणाम पनि घोषणा भयो । तपाइहरुले भव्य भोजको आयोजना गर्नु भयो। काखको नानी रुदा रुदै भोट हाल्न आएका दिदीवहिनीहरु त्यो भोजमा थिएनन , लौरी टेक्दै स्वास्वा गर्दै हैरानीका साथ भोट हाल्न आएका वुढा वावाआमा पनि त्यो भोजमा आएनन् । तपाइहरुका वेइमान हनुमानहरु र तपाइहरुवाट क्षणिक स्वार्थ र फाइदा खोज्ने कुपात्रहरुको भव्य उपस्थिति र नाँचगान थियो त्यहाँ ।

चुनावको फोहोरी समीक्षा गर्दै थिए उनीहरु तपाइहरुको घरमा । तपाइहरुलाइ कसरी आफनो प्यारो वाउन सकिन्छ कसरी तपाइहरुले पाएकोको सत्ता र शक्तिलाइ आफनो स्वार्थमा प्रयोग गर्न सकिन्छ भन्ने जोडघटाउ गर्न व्यस्त थिए उनीहरु । चुनाव जित्ने तपाइहरु मख्ख थिए उनीहरु । तपाइहरुको नाम लिएर निहित स्वार्थका लागि घोक्रो फुट्ने गरि चिच्याउने हनुमानहरु देखेर दंग थिए जनताहरु । जनताका अघि गरेका वाचा भुलाउन सक्रिय थिए तपाइहरुका आसेपासे र हनुमानहरुको चम्चागिरीपुर्ण हर्कतहरु ।दिनहरु वित्दै गए तपाइहरुले चुनाव जितेर डेढ वर्ष पनि विताउनु भयो तर जनताले आसा गर्ने ठाउँहरु विस्तारै वन्दै हुदै गए । जनप्रतिनिधिहरुका पारा कुकुरको पुच्छर जस्तै वांगाको वांगै भेटाए । सवै भोट हाल्नेहरुको एउटै वोली थियो अव देश फेरिन्छ, हाम्रो अवस्था फेरिन्छ अनि हाम्रा दिन पनि फेरिन्छन् तर गएको डेढ वर्ष कसरी वित्यो तपाइहरुलाइ थाहा छ ?तपाइहरुले व्यवस्था वदल्नु भयो अवस्था वदल्नु भयो कि भएन ? जनताले आफनो कर्तव्य पुरा गरे तपाइहरुले आफनो वाचा र जिम्मेवारी पुरा गर्नु भयो कि भएन ? विकृति, अराजकता र भ्रष्टाचारलाइ लखेटने जिम्मा लिनु भएको थियो तर जनतानै हरेक अवस्थावाट लखेटिएको देख्नु भयो कि नाइ ? अव साढे ३ वर्षको समय कसरी विताउनु हुन्छ? अनि गत वर्षको वैशाख ३१ गते याद गर्नु हुन्छ कि नाइ ?

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares