Input your search keywords and press Enter.

पैसा नपाएको भन्दै सडक निर्माणमा रोक

सत्य बहादुर बटाला
वर्षायाम सकिए लगतै स्थानीय तह हरुले स्थानीय सडकहरुको मर्मत कार्य सुरु गरेका छन । तर यता आठबिसकोट नगरपालिका वडा न.९ राडी घटटा खेत सुन्दर पानी हुदै मैडाँडा जोड्ने सडक खण्डको रकम नपाएको निर्माण व्यवसायीले बाटो निर्माण कार्य रोकेका छन । २०७४ बैशाख देखी शेर बहादुर बिकको मेसिनको प्रयोग गरि बाटोको ट्र्र्याक खोलिएको थियो । उक्त रकम अहिले सम्म पनि मेसिनका संचालकले नपाए पछि सडक मर्मत कार्य रोकेका हुन । जम्मा २९ लाख ८५ हजार रकम मध्य १४ लाख ४५ हजार मात्रै रकम उपलब्ध भएको मेसिनका संचालक शेर बहादुर विकले जानकारी दिए ।

बाटोको २०७४ वैशाख २१ गते तत्कालीन नेकपा माओबादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सभाका सदस्य गोपाल शर्मा अनल र आठबिसकोट नगरपालिकाका नगर प्रमुद गोर्ख बहादुर केसीले सयुक्त रुपमा उद्घाटन गरेका थिए । वर्षात लागे संगै उक्त बन्द भएको थियो र सोही बाटो तत्कालै मर्मत गरी दसैँ अघिनै गाडी सुचारु नगरपालिकाले पहल गरेको थियो । तर पहिलेकै रकम नपाएको भन्दै बिकले मेशिन चलाउन मानेका होईनन् । उता नगरपालिकाले भने सम्झौता अनुसारको सबै रकम भुक्तानी भैसकेको बताएको छ । उपभोक्ता समिती मार्फत सम्झौता भएको जती सबै रकम नगरपालिकाले दिई सकेको बताएको छ । निर्माण समितिले भने मापदण्ड भन्दा भन्दा बढी मात्रामा सडक खन्न लगाए पछि यस्तो समस्या भएको समितीका अध्यक्ष टोप बहादुर ओलीले जानकारी दिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares