Home मुख्य समाचार मुसिकोटका बजारमा नगरपालिकाको अनुगमन

मुसिकोटका बजारमा नगरपालिकाको अनुगमन

3501
0

आहा सञ्चार संबाददाता
दशैं तिहार नजिकीएसँगै हुन सक्ने सम्भाबित कालो बजारीलाइ रोक्न जिल्लाको मुसीकोट नगरपालिकाले वडा नम्बर १ को खलंगा बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरेको छ । नगरपालिकाले खलंगा बजारका खाद्य तथा किराना एबं एग्रोभेट र मासु पसलको अनुगमन गरेको हो । अनुगमनको क्रममा कतिपय पसलहरुमा अखाद्य बस्तु तथा म्याद गुज्रीएको सामान समेत भेट्टिएको र त्यस्ता सामानहरु सोहि ठाउँमै बरामत गरि नष्ट गरिएको थियो । त्यसैगरि कतिपय पसलहरुमा मुल्यसुची नराखिएको, सरसफाइलाई ध्यान नदिइएको र दर्ता नगरेर समेत पसल संञ्चालन गरेको पाइएको थियो । अनुगमनका क्रममा केहि कमी कम्जोरी भेट्टिएका ति पसलहरुलाई जति सक्दो चाँडो सबै किसिमका मापदण्ड पुरा गरेर नगरपालिकामा आफ्नो ब्यबसाय सुचीकृत गर्न पनि मुसीकोट नगरपालिकाकी उपप्रमुख एबं अनुगमन टोलीकी संयोजक प्रेमकुमारी सुनारले निर्देशन दिईन ।

अर्को पट्क अनुगमन गर्दा पनि यस्तै अबस्था रहि रहेमा कडा कार्बाही गरिने समेत उपप्रमुख सुनारको भनाई रहेको छ । बजारका बिभिन्न ठाउहरुमा अनुगमनलाई निरन्तरता दिईने बताईएको छ । अनुगमन टोलीमा मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार, जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)का सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुन, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरिक्षक प्रमोद कुमार क्षेत्री, मुसीकोट नगरपालिका अन्तरगत कृषि इकाइ संयोजक मनोज पोख्रेल, पशुसेवा इकाइ संयोजक सरस्वती सापकोटा, स्वास्थ्य इकाइ उप–संयोजक कालीबहादुर ओली, सुरक्षाकर्मी एबं पत्रकारहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here