Input your search keywords and press Enter.

विपी कोइरालालाई सम्झिदा

जनक केसी
विपी कोइरालालाइ नेपाली राजनितीमा विशेष ढंगले सम्झने गरिन्छ । उनले स्थापना गरेको नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु मात्र होइन आम नेपालीले विशेष आदर र मुल्यका साथ सम्झने गरेको नाम हो विपी कोइराला । चाहे काँग्रेस हुन या कम्युनिष्ट या राजावादी सवैले निकै पछुतो मानिरहेका छन् अहिले विपी नभएको दिनको । राजनीती र साहित्य दुवैमा निकै अव्वल क्षमता देखाएका विपीले नेपालको लोकतन्त्र वहाली र राष्ट्रियता संगै राष्टिय मेलमिलापका लागि मात्र नभइ मुलुकको विकासमा गरेको दुरदर्शिता आज पनि अनुकरणीय छ । “ विकासको काममा पहिले गाउँको माटोले हाम्रा हात मैल्याऔं जुन माटोले नेपाल वनेको छ” यो भनाइमा गहिरो राष्ट्रियता मात्र होइन नेपालको न्यायपुर्ण विकासका लागि एउटा दरिलो चिन्तन पनि गडेको छ ।नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएपछि जननेता विपी कोइरालाको यो भनाइ ५० वर्ष अघि मात्र होइन अहिले पनि निकै सान्दर्भिक छ । यति मात्र होइन नेपालको कृषि क्षेत्रलाइ मुलुक परिवर्तनको मुख्य सम्वाहक मान्दै राष्ट्रिय योजना आयोगका योजनाकारहरुलाइ सिंहदरवारमा हलो जोत्दै गरेको किसानको तस्वीर हेरेर योजना वनाउन दिएको निर्देशन पनि नेपाली राजनीती र विकासको वहसमा निकै चर्चित र अर्थपुर्ण छ ।

हलो जोत्दै गरेको किसानलाइ सम्झेर योजना वनाउने कुरा र विकासको काममा गाउँको माटोले हात मैल्याउने कुरा सामान्य विकास र योजना निर्माणसंग मात्र नभएर एउटा राजनेताको दुरदर्शितासंग विशेष रुपले जोडिएको छ ।नेपालको माटो सुहाउदो प्रजातान्त्रिक समाजवादी सिद्धान्दको प्रतिपादन गर्दै विपीले जुन रुपमा नेपाल र नेपाली जनताको आर्थिक एवम राजनैतिक जीवन र भविस्यको कल्पना गरे आज त्यस्तो कल्पना गर्ने राजनेता पाउन गाह्रो भएको छ । उनले एउटा नेपाली नागरिकको दैनिक जीवन र उसको परिवारको वारेमा गरेको कल्पना पनि निकै दुरदर्शी मात्र होइन अव्वल क्रान्तिकारी पनि छ । विपीको कल्पनामा प्रत्यक नेपालीको घरमा एउटा दुहुनो गाइ, सानो घर, साँझ विहान सजिलै पेट भरि खान पुग्ने अवस्था, छोराछोरी पढ्ने स्कुल अनि मेहनत र पसिना लगानी गर्न आफनै सानो खेतवारी थियो । ं त्यति वेलाको सन्दर्भमा त्यो नेपाल र नेपालीका लागि युग सुहाउदो कल्पना थियो । आज पनि हजारौं नेपाली त्यहि सामान्य अवस्था निर्माणका लागि निकै कठोर परिश्रम गर्छन् तर पनि विपन्नकै दर्जामा सिमित वन्न पुग्छन् । विकास र सम्वृद्धिकै लागि उनले छिमेकी भारत र चिन अनि मुलुक भित्रका राजा र वामपन्थीहरुसंग गाँस्न खोजेको सम्वन्ध कहिले पनि राष्ट्रको अहितमा देखिदैन ।नेपाली काँग्रेस उनै विपीको राजनैतिक सिद्धान्त र कल्पनालाइ आफनो आदर्स र मार्गदर्शन मान्छ तर उनको वाटो विस्तारै छोड्दै गइरहेको हो कि भन्ने शंका काँग्रेसका शुभेच्छुकहरु मात्र होइन अन्य घेरामा रहेकाहरुले पनि गर्न थालेका छन् । चर्चित वाम नेता मदनकुमार भन्डारीले छोटै समयमा कमाएको चर्चा पनि कम छैन । उनले निर्माण गरेको जनताको वहुदलीय जनवादी सिद्धान्त पनि नेपाली माटो सुहाउदो नै छ तर उनका अनुयायीले लिदै गएको वाटो पनि विपीका अनुयायी भन्दा फरक छैन ।आज काँग्रेसका नेता कार्यकर्ताहरुले मात्र होइन वामपन्थी नेता कार्यकर्ताहरुले समेत विपीको विचार नितीको आवस्यकता महसुस गर्दै छन् । भारत र चिनको भुमिका नेपालका लागि सन्तुलित हुनुपर्ने तथा उसलाइ हेर्ने नेपाली दृष्टिकोण पनि सन्तुलित नै हुनुपर्ने भन्ने उनको परराष्ट्र निती होस या नेपालको राष्टियताका लागि नेपाल भित्रका सवै शक्तिहरु विचको एकता र मेलमिलापको नीतिलाइ अहिले सवै पक्षले स्वीकार गरेका छन् ।

आज पनि विपीको कल्पना, नीति र सपना सवै नेपाली नेता र दलका लागि अनुसरण योग्य छ । विपीकै विचारको वलमा काँग्रेसी नेता कार्यकर्ताहरु नेपालको लोकतान्त्रिक आन्दोलन र काँग्रेसलाइ पर्यायवाची नै मान्छन् । नेपालमा लोकतन्त्रको विउ विपीको नेतृत्वमा काँग्रेसले रोपेकोले अहिले सम्मको सवै परिवर्तनको श्रेयको हकदार भएका छन् उनीहरु । नेपालका सवै लोकतान्त्रिक आन्दोलन र क्रान्तिहरुको विउ रोप्ने कामको सुत्रपात गर्ने विपी नै हुन र उनकै विचारवाट काँग्रेस जन्मियो । उनकै कारण जनताले काँग्रेसलाइ अथाहा विस्वास गरेर जनआन्दोलनहरुमा साथ मात्र दिएनन पटक पटक राज्य सत्ताको वागडोर पनि सुम्पिए । काँग्रेसीेहरुमा विपीको अन्त्यपछि अहिले पनि त्यो जनताको विस्वास पहिलेको जस्तै होला र आफुहरुले केहि पनि गर्नु नपर्ला जस्तो भ्रम देखिन्छ । विपी कोइरालाले कोरेको वाटो र हालेको जग भित्रै आफुहरु छौं कि छैनौं त्यता तिर खासै हेक्का राखेको भने पाइदैन । लोकतान्त्रिक आन्दोलनको ६० वर्षे यात्रामा इमान्दारीताका साथ विपीको वाटो हिडियो कि हिडिएन भनेर काँग्रेसले समीक्षा गर्ने फुर्सद पनि पाएको छैन । राणा र राजावाट हिजो असन्तुष्ट भएका जनतालाइ सन्तुष्ट पार्न सकियो कि सकिएन भन्ने तर्फ पनि आन्दोलनको प्रमुख हिस्सेदार भएको नाताले पनि काँग्रेसले समीक्षा गर्न जरुरी देखिन्छ ।लोकतन्त्र अराजकतन्त्रमा परिणत भएको छ यसको दोष काँग्रेसले लिने कि नलिने ?जनतामा वढ्दै गएको निरासाको दोषी को हो ?कहिले काहि जनताहरु लोकतन्त्रको विकल्पको वारेमा सोच्न पनि वाध्य हुने गरेका छन् राज्यको वेथिति देखेर । अहिले विपीले लिएको वाटो र सिद्धान्दमा पार्टी इमान्दार भएको भए यो अवस्था आउथ्यो कि आउदैनथ्यो यसको वारेमा पनि समीक्षा गरियो कि गरिएन काँग्रेसीहरु अलमलमा छन् । जनआन्दोलनको नेतृत्वकर्ता र परिवर्तनको अगुवा पार्टी भनेर आफुलाइ दावी गर्ने काँग्रेसका नेताहरुले जनआन्दोलन र राजतन्त्रको अन्त्यपछि विकसित भएको असहज परिस्थितिमा सक्रिय समुन्वयकर्ता र अगुवाको भुमिका गर्न सकेको पनि देखिदैन । विपी कोइरालाको नेतृत्वमा २००७ सालको क्रान्ति, विपीको साथ र गणेशमानसिंहको नेतृत्वमा २०४६ सालको पहिलो जनआन्दोलन, गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२÷६३को ऐतिहासिक जनआन्दोलन र शुसील कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते जनताको संविधान घोषणा गर्ने कार्य सफल्ता प्राप्त भयो । मुलुकमा ठुला ठुला परिवर्तनहरु पछि सिर्जना भएको देशको परिस्थितीमा काँग्रेसका नेता कार्यकर्ताहरुले विपीको वाटोमै हिड्ने प्रयत्न गरे कि गरेनन्? यो आम जनताले सोध्ने प्रश्न हो । किन कि राजनैतिक परिवर्तन र सफल्ताले मात्र मुलकको सम्वृद्धि र परिवर्तनको सपना पुरा हुन सक्दैदन । नेपालमा लोकतन्त्र र जनअधिकारको कुरा काँग्रेसकै नेतृत्वमा २००७ साल अघि नै सस्थागत रुपमा उठाइयो तर त्यहि विषयको व्याजले सधै काँग्रैस फल्दैन भन्ने काँग्रेसीहरुले वुज्न जरुरी छ ।

इतिहासमा लगाएको गुणको चेक भजाएर राजनीती फलाउन सकिन्छ भन्ने भ्रम काँग्रसीहरुले पाल्नु नै अहिलेको समस्या हो । केहि विशेष कार्यक्रम र जुलुसहरुमा विपीको फोटो वोकेर, छातीमा टाँसेर कोठाको भित्तामा सजाएर या एकछिनको जोसमा चिच्याउदै “वीर विपी अमर रहुन” अनि “जय नेपालको नाराले मुक्ति पायो साराले”भन्दैमा पनि प्रजातान्त्रिक समाजवादको लक्ष्य भेटिन सक्छ जस्तो लाग्दैन । लोकतन्त्रको सस्थागत विकास र सम्वृद्धिको लागि राजनैतिक नेतृत्वमा एउटा सपना चाहिन्छ जसले असल योजना पनि जन्माउछ । त्यो कुरा अहिले काँग्रेसका नेताहरु मात्र होइन अन्यमा पनि देखिदैन । जनताले सवै भन्दा वढी चिन्ता गरेको पनि यसैमा हो । विपीकै सफल,विवेकपुर्ण निर्णय,नीति र नेतृत्वका कारण काँग्रेसले राणा र पन्चायतका विरुद्धको सफल क्रान्तिको नेतृत्व समेत गर्न सक्यो । त्यति मात्र होइन राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सम्मको युगान्तकारी परिवर्तनमा नेतृत्व गर्न पायो । त्यसैको फलस्वरुप अहिले सम्म भएका आधा दर्जन आम निर्वाचन मध्य ४ वटामा स्पष्ट वहुमत समेत दिए काँग्रेसलाइ जनताले । तर उनै महामानव विपी कोइरालाले जन्माएको काँग्रेस आज कता छ कता जाँदै छ भनेर सयौं प्रश्नहरु उव्जिरहेका छन् । आफुलाइ लोकतन्त्र र लोकतान्त्रिक चरित्रको गुरु र ठेकेदार ठान्ने काँगे्रस भित्र आन्तरिक लोकतन्त्र कति मजवुत छ? यो प्रश्न पनि गम्भीरताका साथ उठन थालेको छ । जनताले निर्वाचनमा वहुमत दिनु मात्र पार्टीको सफलता र सिद्धान्तको विजय होइन भन्ने कुरा काँग्रेसीहरुले भुल्दै गएका हुन कि भन्ने भान हुन थालेको छ । नेपालको राजनीतीमा जति पनि विकृति छन तीनको पहिलो दोष काँग्रेसले नै लिनु पर्छ । जनताको क्रान्ति र आन्दोलनको सुरुवात काँग्रेसले नै गरेको हुनाले अहिले सम्मका सवै गुण र दोषको जिम्मेवारी पनि काँगे्रसले नै लिनुपर्छ । जनतामा राजनीती, देशको अवस्था र राज्यको व्यवहार प्रति वढ्दै गएको निरासाको एउटा कारक काँग्रेस हो । किन कि अहिले सम्मका अधिकांश सत्ताको स्वाद काँग्रेसले नै लिएको छ । पछिलो समयमा मुलुकमा कम्युनिष्टहरुको संख्या र हालीमुहाली वढ्दै गएको भनेर चर्चा जति गरेपनि मुलुकको सम्वृद्धि र विकासका वाधक गलत राजनैतिक सँस्कारको जिम्मेवारी पनि काँग्रेसले नै लिनुपर्छ । आज काँगे्रसले विपीको सपना या वाटो पकड्न सक्यो कि सकेन भनेर धेरै सवालहरु उठिरहेका छन् । विपीले दुइ ठुला मुलुकहरु चिन र भारतसंग जहिले पनि सन्तुति सम्वन्ध राख्नु पर्ने भनेका थिए तर काँग्रेसले लिएको परराष्ट नीती कस्तो हो ? २०४९ सालको स्थानीय निकायको निर्वाचन वाहेक सवै स्थानीय निर्वाचनमा काँग्रसले वेहोरेको हार के हो ?यो पनि गम्भीर प्रश्न हो । जति वेला काँग्रेसको नेतृत्वमा विपी कोइराला थिए, काँग्रेसमा एउटा जीवन्त सक्रियता थियो ।

विपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र अनुसरण गरेको वहुलवादी लोकतन्त्रको चेक काँगेसले भजाउन थालेको धेरै भएको छ । काँगे्रसीहरु आफुलाइ लोकतन्त्रको ठेकेदार र गुरु नै मान्छन् । विधिको शासन, आवधिक निर्वाचन र वालिग मधाधिकारलाइ उनीहरु लोकतन्त्रको आधारभुत सर्तको रुपमा स्वीकार गरेको हल्ला पनि गर्छन् । तर आफै भित्र लोकतन्त्र कति कम्जोर भइसकेको छ त्यो कहिले पनि खोजेर हेर्दैनन् । आफनै आन्तरिक संरचना निर्माणमा गर्ने ढिलाइ अपारदर्शिताले उसको लोकतान्त्रिक आदर्श माथि नै प्रहार गरेको देखिन्छ । जनताले एक पटक दिएको विस्वास सधै अमर भएर रहने भ्रम काँग्रेसी कार्यकर्ताहरुमा देखिन्छ ।समय जसरी ओरालो वगिरहेको छ त्यसै गरि जनताको सोच र विस्वास वगरिहेकै हुन्छ । मान्छेको माया र वग्ने पानी सधै अगाडि नै वग्छ पछि फर्कदैन भने जस्तै २००७ सालमा काँग्रेसले निर्वाह गरेको भुमिकाले सधै भरि पुग्छ भन्ने काँग्रेसी सोच गलत छ । विस्तारै जनताले विस्वास फिर्ता लिदैछन् भन्ने कुरा काँग्रेसीहरुले विर्सेका छन् कि जस्तो पनि लाग्छ । यसको शसकत उदाहरण भनेको नेपालमा वढ्दै गएको वामपन्थीहरुको वहुमतीय उपस्थिति नै हो । नेपाल र भारत मात्र होइन दक्षिण एसियाले मानेको नेता विपी कोइरालाले कमाइ दिएको साख र निर्माण गरेको सिद्धान्तको व्याज भजाएर वहुदलीय प्रतिष्पर्धा गर्ने सोच अव धेरै थोत्रो भइसक्यो भन्ने सत्य काँग्रेसी नेता र कार्यकर्ताहरुले वुज्न जरुरी छ । पाएको वेला मात्तिने र गुमाएको वेला पछुताउने चलनको शिकार पार्टीका कार्यकर्ताहरु मात्र होइन सिंगो सिद्धान्त नै वन्छ कि भन्ने चिन्ता पार्टीका असली कार्यकर्ताहरुमा देखिन्छ । काँग्रेसीहरु वामपन्थीहरुको हालीमुहालीलाइ अस्वभाविक मानेर यसको कारणको खोजी किन गर्दैनन् ? राणा राजा र भारतको त्रिपक्षीय आक्रमणवाट लोकतन्त्रलाइ जोगाउदै वहदलीय प्रतिष्पर्धालाइ नेपालको राष्टियता र स्वाधीनताको मुल अस्त्र वनाएका विपी कोइरालाको योगदान र मार्गलाइ आज काँग्रेसले समाउन सकेको जस्तो लागेको छैन । हुन त चुनाव जित्नलाइ पार्टीको सिद्धान्तको हार र जितको रुपमा लिन सकिदैन तै पनि जनताले विगतको क्रान्ति र आन्दोलनपछि जसरी विस्वास गर्थे आज त्यो विस्वास डगमगाएको जस्तो देखिन्छ ।

नेपाली जनताको धेरै पुरानो सपना काँग्रेसकै नेतृत्वमा पुरा भयो । सिंहदरवारको अधिकार गाउँमै पुग्यो तर चुनावमा काँग्रेसले हारयो आखिर किन ? माओवादीले स्पष्ट वहुमत ल्याउदा संविधान निर्माणका लागि सफल नेतृत्व गर्न सकेन देश अनिर्णयको वन्दी भयो तर काँग्रेसले साधारण वहुमत ल्याउने वित्तिकै संविधान जारी भयो । शुसील कोइरालाको नेतृत्वमा देशले जनताको संविधान पायो तर स्थानीय तह र प्रदेश एवम संघीय संसदको चुनावमा काँग्रसले हार्नु परयो । यसलाइ कसरी लिने नेपाली काग्रेस भित्र विपी र मातृकाका वेलाको जस्तो गुट र अन्तरघातले निम्त्याएको परिणाम भन्ने या जनताले साथ छोड्दै गएको ? भाषण गर्दा विपीले भनेका र गरेका एक एक शव्द र वाक्य सापटी लिएर गर्छन काँग्रेसी नेताहरु तर व्यवहारमा भने पार्टी भित्र गुट उपगुट निर्माण गर्दै अन्तरघातीलाइ प्रश्रय दिदै जनतासंग मिलेको वहाना मात्र गर्छन् । त्यसैको परिणाम हो दांग, डडेलधरा, धनकुटा लगाएतका जिल्लाको मत परिणाम । सधैं विपीकै नाम वेचेर पुर्खाहरुको वलिदान र योगदानको गीत गाएर भविस्यको लागि सम्वृद्धिको योजना पनि वन्दैन । यसलाइ काँग्रेस मात्र होइन देशका सवै राजनैतिक दलका नेता कार्यकर्ताहरुले हृदयले मनन गर्न आवस्यक छ । लेखक नेपाल प्रेस युनियन जाजरकोटका पुर्व अध्यक्ष हुन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares