आहा टक : बिष्णु बुढा

भूमे गाउँपालिका ५, साकिम रुकुम पूर्व । हाल साउदी

अहिले कुन देशमा हुनुहुन्छ ?
म अहिले साउदी अरबमा छु । यो भन्दा पहिले म विगत ५ बर्ष श्रमिकको रुपमा नै कतार गएको थिए । त्यस बेला सीप केहि पनि लिएको थिए र धेरै दुःख बोकियो । सिप नलिएर काममा खटिदा खेरी दुःख तथा व्यवहारमा पनि अलि समानता नभएको अनुभव पाए । त्यस्तै काम जटिल खालका कामहरुसंग सामाना गर्नु पर्ने र काम अनुसारको तलव नपाईदो रहेछ । म अहिले सिप सहितको काममा कतारको भन्दा सन्तोसजनक काममा कार्यरत छु ।

विदेश नै किन जानुप¥यो ?
सर्वप्रथम त नेपालमा रोजगारीको अवसरहरुको प्राप्त मात्रामा छैन । सिमित मात्रामा केहि ठाउँ र व्यक्तिमा मात्र काम छ । नेपाल एउटा ग्रामिण क्षेत्रले बनेको देश हो । त्यस कारण अधिकांश हामी नागरिकहरु शिक्षाबाट बञ्चित छौँ । नेपालमा रोजगारीको सिर्जना कम रहेको त्यसमा पनि श्रमिकहरुलाई काम गर्ने क्रममा निश्चित काम नपाउने, समय, पारिश्रमिक उचित व्यवस्था नभएको पाईन्छ । तथा एउटै मान्छेले सबै काममा खटिनु पर्ने हुन्छ, भने विदेशका ठाउँमा जुन आफुसंग सिप छ त्यस कामको व्यवस्था रहेकोले त्यस्ता बाध्यताले विदेशीएको हुँ ।

तपाईले कुन सीप सिकेर बिदेशमा काम गर्दै हुनुहुन्छ ?
पहिला कतारमा धेरै दुःख खेपी सके पछि सिप सिक्नु पर्छ भने मनदेखि पे्ररणा भाव पैदा भयो । म घर फर्किए त्यस पछि म स्काई फोल्डिङ सिप लिने इच्छा गरे । त्यस पछि काठमाण्डौँमा करिब ४ महिना सिप लिइ सके पछि स्काई फोल्डिङको काममा जाने निर्णय गरे । पहिले सिप बिनाको काम र अहिलेको सिप सहितको काममा आकाश पतालको फरक पाईराखेको छु । किन भने काममा कम नै खटिनु पर्छ सिपको उचित मुल्यांकन नपाई तलबको पनि व्यवस्था सन्तोसजनक पाईराखेको छु । त्यसैले जुन सुकै क्षेत्रमा पनि शिक्षा तथा सिप बिना धेरै कामको अवसरबाट बन्चित भैदोरहेछ तसर्थ सबैमा शिक्षा र सिप हासिल गरेर काम गर्दा आफूलाई सहज हुन्छ ।

कुन माध्यामबाट बिदेश जानु भएको थियो ?
म पहिले कतार जादा एजेन्टको मार्फत आएको थिए । किनभने घरमा आर्थिकको अभाव रहेको थियो । त्यसैेले दुःख परे पनि घर परिवारलाई खर्च छिटै जुटाई दिनु पर्ने थियो त्यसमा पनि पहिलो पटक गाउँ देखि ऋण कारेर आएको थियो । त्यो रकम साहुँलाई तिर्न नकिदैन कि भन्ने पनि मनमा डर एका तिर त्यो रहेको थियो भने अर्को तिर ग्रामिण क्षेत्रको मान्छे काठमाण्डौँमा केहि पनि थाहाँ थिएन र म एजेन्ट मार्फत कतार गएको थिए । एजेन्ट मार्फत रकम अलि बढी नै लाग्दो रहेछ । पछि घर फर्के पछि मलाई केहि अनुभव पाए र म सिप सिक्ने विदेश आउनु पर्दा पनि एजेन्ट मार्फत भन्दा मेन पावर मार्फत आउदा कम रकममा आईदो रहेछ ।

election adv.

श्रमिकलाई त्यहाँका बासिन्दाले कस्तो व्यवहार गर्छन् ?
काम, समय, पारिश्रमिक तथा अन्य सेवा सुविधाको राम्रो व्यवस्था भएता पनि आफ्नो घर देश जस्तो कहाँ हुन्छ ? अर्काको देशमा सबै बन्दा पहिले त भाषाले नै धेरै दुःख पाईराखेका छौँ । त्यस्तै देशको कानून अर्काको देशमा थाहाँ नै हुदैँन भाषा र कानून थाहाँ नपाउदा नै कयौँ मान्छेहरुको ज्यान जाने गरेको छ । गल्ति बिना नै जेलमा परेका छन् र कतिपय मान्छेलाई घर फकाई रहेका छन् । अनि अर्काको देशमा काम गर्न अफ्ठेरो छ । भेषभाषा, कानून, ठाउँ प्रचलन जस्ता थाहाँ नहुँदा यहाँका बासिन्दाले दुःख दिई राखेका हुन्छन् । हाम्रो नेपालको हावा पानी एकदम राम्रो छ तर साउदीमा अत्यादिक गर्मि रहेको छ ।

विदेश जाने रकम आफ्नै घर गाउँमै लगानी गरेर व्यवसाय गर्न सकिदैन ?
म एउटा ग्रामिण क्षेत्रको भएको हुनाले ग्रामिण क्षेत्रमा व्यापार व्यवसाय गरे पनि फाइँदा नहुने देखे र मैले व्यवसाय गरेन । ग्रामिण क्षेत्र देखि बजार क्षेत्रमा व्यापार गरौँ भन्दा त्यसको व्यवस्थापनमा यताको बन्दा बढी लगानी चाहिने भएकोले म विदेश नै आउनु परेको हो । व्यापार व्यवसायको लागि पनि बिभिन्न सेवा सुविधाको अति नै आवश्यक पर्ने भएकोले म पछि हटेको हुँ । जसका लागि यातायात, सञ्चार, विद्युत लगाएतको सुविधा चाहिने हुन्छ । तर आज भोली सुविधा तथा विकास अब विस्तार भैैराखेको छ । स्थानीय सरकारले पनि रोजगारी सिर्जना गरिराखेको खबरहरु पाईराखेका छौँ र अब आफ्नै गाउँ घरमा नै व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

बिदेश जाने युवाहरुलाई रोक्न कसले के गर्नु पर्छ ?
पहिला विकास निर्माण भएको थिएन । तर आज भोली सुविधा सहितको विकास हुदैँ छन् त्यसै सेवामा हामी युबाहरु आफ्नै गाउँ घरमा नै काम गर्ने मानसिकता बसाल्नु पर्याे । अनि सरकारले श्रमिकको एउटा व्यवस्थित सिप अनुसारको काम हाम्रो नेपालमा कहिले काम गर्न पाउने र कहिले नपाउने गर्ने गरेका छन् । सधैं काम पाइ राख्ने सरकारले व्यवस्था मिलाई दियो भने युबाहरु विदेशीनबाट रोक्न सकिन्छ होला ।
तपाई गीत संगीतमा पनि हात हाल्नु भएको छ, यस क्षेत्रमा कसरी प्रेरणा जाग्यो ?
जुन सुकै व्यक्तिले पनि गीत संगीत सुने गर्दछन् । गीत संगीतमा दुःख सुखका मन बिसाउने माध्यमा पर्दछ । र अझ हामी घर देश देखि ताटा भएकालाई साथी नै भैदिन्छ । म पहिला गीत गाउँछु भने त लागेको थिएन तर विदेशीय पछि अन्य दिनहरुमा काममा बेस्त भैन्थ्यो । र प्रत्येक सातामा एक दिन बिदा हुने गर्दथ्यो र म त्यति बेला गीत लेख्न थालेको थिए । अनि डिआर प्रालीसंग अनलाइनमा सम्पर्क भयो र डिआर प्राली मार्फत नै मेरो गीत संगीत बजारमा आएका छन् ।

कुन कुन गीत बजारमा छन् ?
म गत असार महिना देखि गीत बजारमा ल्याएको छु । मेरो गीत दुई ओटा बजारमा रहेका छन् । पहिलो मेरो शब्द रहेको लोक गीत “छिटै डोलीमा चढौंली” बोलको गीत ल्याएको छु । जसमा लय भद्र नकाल, स्वर शान्ति श्री परियार र निर्मल केसीको छ । भने अर्काे तीज गीत “मादलुको ताल” रहेको छ । त्यसमा शब्द मेरो र नबराज बुढा, लय सुरेश पुनको छ भने स्वर चार जना कलाकारको रहेको छ मान्सिङ खड्का, राजेन्द्र घर्ति, सन्ध्या बुढा र सुनिता बुढाको रहेको छ । दुबै गीत भिडियो सहित नै बजारमा छन् । भने अब दशै तिहारको गीत पनि ल्याउने तयारीमा छु ।

कति रकममा एउटा गीत बन्दछ ?
विदेशबाट नेपालका नाम चलेका रेकडिङ स्टुडियो तथा चर्चित कलाकारहरुसंग सम्पर्क गरी सहकार्यमा गीत गरेको छु । मेरो गीत डिआर प्राली स्टुडियोबाट वितरण भएका छन् । २५ देखि ३० हजार सम्ममा एउटा अडियो गीत बन्दछ ।

बिदेशको अनुभवले नेपालमा उदाहरणीय काम गरेका छन्, तपाई कस्तो सोचमा हुनुहुन्छ ?
म पनि त्यस्तै सोचमा छु । अब नेपालमा विकास निर्माणका कामहरु पनि अगाडि बढिरहेका छन् । पहिलेको बन्दा अहिले हरेक क्षेत्रमा फट्को मारिराखेको छ त्यसैले काम गर्नमा सहजता पनि होला र हुदै जालान भन्ने विश्वासमा छु । म गाउँ घरमा नै काम सहित गीत संगीतलाई अगाडि बढाउने सोचमा छु । गीत संगीत भनेको दुःख सुखको सबैको साथी भएकोले यस क्षेत्रमा नै नेपाल आएर नजिक हुन्छु ।
अन्त्यमा, हामी जुनसुकै ठाउँ तथा क्षेत्रमा लाग्नमा सीप तथा शिक्षा मुख्य बाटो हो । अर्काको देशमा साह्रै गाह्रो छ । भेषभाषा, रहनसहन, अत्याधिक गर्मी, हावा पानीमा काम खटिनु पर्छ । म अहिले सात समुछ पारी भएता पनि मेरो विचार विद्युतीय माध्यमबाट राख्ने मौका पाए तपाईहरुको आहा सञ्चार साप्ताहिक परिवार प्रति हार्दिक धन्यबाद दिन्छु । प्रस्तुती  :जयमान बुढा मगर

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto