Input your search keywords and press Enter.

घरायसी लेनदेनको कानुन आवश्यक

लालबहादुर केसी
लेनदेन भनेको आफ्नो हक अधिकार मा भएको वा आफुसँग भएको वस्तु ,चिजबिज वा रुपैंयाँ पैसाहरु अर्को दोस्रो व्यक्तिलाई दिनु भन्ने बुझिन्छ र लिनु भनेको एक अर्को व्यक्तिबाट उसको अधिकारमा रहेको कुनै पनि वस्तु चिजबिज र नगद रुपैयाँ लिएको धन्ने बुझिन्छ । गाउघर छरछिमेकमा सम्बन्धित दाजुभाई दीदिबशिनी, ईष्टमित्र र हरेक आफन्तसँग हरेक प्रकारका लिनेदिने कारोबार चलिरहेको हुन्छ । लेनदेनमा नगद कारोबार मात्र नभई जिन्सी लगायतका विभिन्न प्रकारका सरसामानहरुको पनि कारोबार गर्ने गरिएको हुन्छ । यसलाई नै लिनुदिनु र वा लेनदेन पनि भन्ने गरिन्छ । यस्तो प्रकारको कारोबारलाई स्थानीय सरकारले मुलुकी संहिताभित्र राख्न आवश्यक छ ।
गाउँघरमा अथवा छरछिमेकमा तत्कालिन समयमै आवश्यक परेको समयमा आवश्यक परेको व्यक्तिले म एक हप्ता भित्र , १५ दिनभित्र , १ महिनाभित्र , ६ महिनाभित्र र जसरी भएपनि १ वर्ष भित्रमा ठेकी ब्याज सहित बुझाउँला भनि आन्तरिक कबोल गरी गाउँघरमा चले चलाएको रितिथिति र चलन चल्ती अनुसार प्रतिबर्ष सयकडा रु.२५ का दरले ब्याज तिर्ने गरी जमान गरी भाखा राखेर एक अर्का व्यक्तिबाट रुपैयाँ लैजाने गर्दछन् र ति लिएका रुपैयाँ १ बर्ष त के भन्ने बिसौं बर्ष सम्म पनि तिरे बुझएको कतै पनि रेकर्ड देखिंदैन । लैजाउ र खाउ भनि दिएजस्तो भान हुन्छ । कोही कोही सच्चा र ईमान्दार व्यक्तिले मात्र ईज्जत सम्झी जमान र कानुनको परिपालना गरेको देखिन्छ त्यो पनि अपवादको रुपमा ।
रुपैयाँ लिने मानिस जमानी र ईज्जतदार छ भने उसले भोलि पर्सिका कुरा नगरी भविष्यको ख्याल गरी शाहुबाट अथवा काम चलाउने व्यक्तिबाट मैले रुपैयाँ वा जिन्सी सामान लिएको हो भनी आत्म साँची राखी बम्झेमा मलाई रिन दिने व्यक्तिले पनि ति रुपैयाँ मुफतमा पाएका, कतैबाट सित्तैमा हडपेका, चोरेका , ढाँटेर बदमासी गरेर ल्याएका बिचौलिया बनी ठगी गरी चन्दा मागेर वा फिरौती मागेर वा कुनै कतै अपराध गरेर अथवा आकासबाट झारेर धर्तीबाट उमारेर कुनै २ नम्बरी कालो धन्दा गरेर र भ्रष्टाचार गरी कमाएका रुपैयाँ होईनन् उसले दुख कष्ट र मेहनत गरेर खाई नखाई गरी लरीपरी गरेर रातको निद्रा र दिनको भोक नभनी कमाएका रुपैयाँलाई केही समयका लागि काम चलाउन लिएको हुँ भन्ने मानसपटलमा समझ हुनुपर्छ । रिन कर्जा कारी लिने व्यक्तिले ति लिएका रुपैयाँ रिन रदने मानिसलाइृ तिर्नुपर्दछ र यति कुरा उसको मनमा सोच राखेर ईमान्दारी पूर्वक तिर्नु पर्दछ ।
अहिलेका मानिससँग आत्ममा धर्म र मनमा सुविचार छैन । त्यसकारण कर्जा कारी काम चलाउन लिएका वा सरसापटका लागि लिएका रुपैयाँ किन नहुन् त्यो कर्जा कारी लिने व्यक्ति सच्चा ईमान्दार जमानी निष्ठावान् र धर्मप्रतिको सोच नहुने हो भने त्यो कर्जाकारी व्यक्ति को सोच राम्रो नभएमा मैले रीन कर्जा कारी लिएका रुपैयाँ हुन् भन्ने सोच्दैन । अर्काले कमाएका रुपैयाँ एगुरै खाने र नतिर्ने गरी ल्याएका रुपैया होईनन् भनी आत्मग्लानी गरी सोचेमा उसले ती रुपैयाँ तिर्न तिर लाग्छ भने उसले तिर्छ र उसको मनमा नतिर्ने सोच आएमा कालो मन गरेर त्यसलाई किन तिर्ने भन्ने सोच विचार राख्यो भने त्यो व्यक्तिले तिर्ने काम गर्दैन । एक अर्काबाट कामचलाउन कारी ल्याएका रुपैयाँ भएपनि आफ्नो घर छिमेकमा रहेका दाइभाई दीदिबहिनी र ईष्टमित्रलाई काम चलाउ भनी आपत परेको समयमा बिरामी भएको समयमा र अनय अप्ठ्यारो परेको समयमा उसको समस्या ठानी अन्यत्रबाट कारेर भएपनि उसले सहयोग गर्नका लागि दिएका रुपैयाा त्यो सापटी लिने व्यक्तिले धेरै ठूलो सहयोग पाएको र आफुलाई राहत भएको कुरा महसुस गर्दछ र आफ्नो मतलब पुगिसकेपछि जब लाग्यो पुस तिरे खुश नतिरे खुश भन्ने कुरा आफ्नो मानसपटलमा सोच राख्न थाल्छ र हातले दिएका रुपैयाँ खुट्टाका १२ तला खियाई माग्दा पनि उसले तिर्दैन । यो नै ठूलो अभिसाप र समस्या हो ।
कर्जाकारी लिने व्यक्तिले रुपैयाँ माग्न जाँदा उल्टै हप्काई दप्काई धाक धम्की दिई खै तेरा रुपैयाँ मैले लिएको भए तमसुक देखा मैले साँच्चै लिएको भए कागज पत्र गरेको हुँदा अथवा भर्पाई गरी दिएको हुँदा तैले रुपैयाँ दिने भए तेरो के प्रमाण छ देखा नत्र भने अब मकहाँ भोलिबाट रुपैयाँ माग्न नआएस् भनी धाक धम्कि लगाई डर त्रास देखाई हपक दपक पारी पठाईदिन्छ र ती पैसा खोज्न न्यायीक कार्यालयमा अथवा निकायहरुमा जाँदा पनि के छ तपाईले रुपैयाँ दिएको प्रमाण देखाउनुहोस् छैन भने हामी केही पनि त्यसलाई कारबाही गर्न सक्दैनौं भनी जवाफ पाईन्छ । उहाँले यति समय भित्रै तिर्छु भनी रुपैयाँ लिनुभएको हो या अहिले यतिबर्ष भैसक्दा पनि उहाँले आजसम्म पनि तिर्नु भएन मैले पनि अर्काबाट रिन कर्जा गरी ल्याएका रुपैयाँ हुन् भनी अनुरोध गर्दा त्यो न्याय दिलाउन न्यायिक निकायमा भएका व्यक्ति प्रमुख, श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू , श्रीमान् प्र .ना. उ. ज्यु लगाएत श्रीमान् नगर प्रमुख ज्यु, उपप्रमुख ज्यु , वडाध्यक्ष ज्यु र वडासदस्य ज्यु किन नहुनुहोस् वहाँहरुले ती अन्यायमा परेका पिडित व्यक्तिहरुलाई दिने समयमा कशे तपाईले हामीलाई सोधेर दिनुभएको हो र असुल गरे गर्नुहोस् नगरे नगर्नुहोस् , हामीलाई यो मुद्दा हेर्ने अधिकार छैन भन्ने जवाफ दिनुहुन्छ । काही श्रद्दाभावी र जनप्रिय भावको न्यायमुर्ति ले के गर्ने हामीलाई लिन दिन सम्बन्धि मुद्दा हेर्ने अधिकार छैन , तपाईं न्यायालयमा जानु होस् भनी सिफरिस गरे झैं गरी सिकाई दिनुहुन्छ । न्यायालयमा जाँदा त झन् पहिलो कुरा लिखित प्रमाण साथमा लिएर जानुपर्ने हुन्छ । गाउँघरको कारोबारमा र दाई भाई ईष्टमित्रसँग तत्कालै प्रमाण बनाएर रुपैयाँ दिएको पनि हुँदैन र कागजबाट लिएको पनि हुँदैन ।

एवं रितले हरेक पेसा व्यवसाय र व्यापार गरेर पेसा चलाउने धेरै व्यक्तिहरु हुनुहुन्छ । कोही सुनचाँदीको व्यापार गर्ने, कोही तामा पितलदेखि लिएर हरेक प्रकारका भाडा वर्तनका व्यापार गर्ने, कोही काँचो कपडाको व्यापार गर्ने, केही फेन्सी व्यापार गर्ने, कोही ईलेक्ट्रिकल, कोही मोवाईल, हार्डवेयर लगाएतका विभिन्न पेसा र व्यवसायमा संलग्न रहेका पाईन्छन् । यी हरेक प्रकारका व्यापारी व्यवसायीहरु बाट हरेक प्रकारका सामानहरु उधारो लिएर खाएर नतिर्ने व्यक्तिहरु धेरै भन्दा धेरै छन् । साधारण खालको सामान दिंदा र खाना खाएको खुवाएको र सुत्न लाई कोठा उपलब्ध गराएको के कागज वा प्रमाण वा तमसुक कतिबेला गराउने यस्तो प्रकारका चिज बस्तुहरु लिएर प्रयोग गरेर रुपैयाँ नतिर्ने धेरै भन्दा धेरै व्यक्तिहरु छन् । यस्ता अर्काको सम्पतिलाई सम्पति नठान्ने आफ्नो समपतिलाई मात्र रुपैयाँ सुन , हिरा र जुवाहारत ठान्ने र अर्काको रुपैयाँ पैसा र धनी सम्पति लाई ढुंगा माटो सम्झिएर रिन कर्जा नतिर्नेहरुलाइृ कडा भन्दा कडा कानुन बनाई स्थानीय तहबाट मुदेदा चलाउने ब्यवस्था मिलाई जो अर्काको सम्पति मा मोजमजा गरी सोख सयलको आनन्द लिई राखेका हुन्छन् । त्यस्ता ब्यक्तिहरुलाई कानुनको कठघरामा उभ्याउनुपर्दछ र नियमानुसार लाग्ने ब्याज सहित साँवा ब्याज असुल उपर गराई रिन लिएर नतिर्ने ब्यक्तिहरुलाई बिगो अनुसारको जेल सजाय समेत हुने कानुन बनाई लागु गर्न सक्नुपर्दछ र असुल उपर गराइृ दिएको रकमबाट नितिनियम बनाएर राजस्वको रुपमा केही प्रतिशत रुपैंयाँ लिने ब्यवस्था गरी स्थानीय सरकारको सर्वसञ्चित कोषमा जम्मा गर्ने ब्यवस्था मिलाउनु पर्दछ ।

स्थानीय निकायको हदबन्दी भन्दा बाहिर परेमा मुद्धाको प्रकृति हेरी श्रीमान् प्र.ना.उ. ज्यु ,श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू र सम्मानित अदालतमा असुल उपरको लागि गर्न गराउन कारबाहीका लागि सिफारिस गरी मुद्दा चलाउने र कारबाही को माग गर्ने सम्मको कानुनको तर्र्जुेमा गरी पीडितलाई न्याय र पीडकहरुलाई कडा भन्दा कडा कारवाही गर्न र गराउन सक्ने ब्यवस्था मिलायन सक्नुपर्दछ । लेनदेनका व्यवहारले आफ्नै घर परिवारभित्रका नातेदार सँग लेनदेनका विषयमा बोली बाराबार, घर बाराबार को स्थितिमा पुगेको छ भने यस विषयले हिंसात्मक रुप समेत लिएको पाईन्छ । यस्ता जघन्य खालका अपराध गर्ने व्यक्तिलाई अपराध अनुसार जिल्लामा शान्ति सुरक्षाको जिम्मा लिएर खटिएका सम्बन्धित व्यक्ति तथा निकायहरुले हामीलाई लेनदेन सम्बन्धि मुद्दा हेर्ने अधिकार छैन भनी पन्छिन पाउनु हुन्न । यदि यस्तो सवालको मुद्दा हेर्ने अधिकार उहाँहरुलाई नभएपनि स्थानीय सरकारलाई ऐन कानुननिति नियम बनाउनसहयोग गरी आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न सक्नुपर्दछ ।
यदि सर्वसाधारण व्यक्ति देखि लिएर साहु महाजन र विभिन्न पेसा व्यवसायका व्यक्ति हरु हुनुहुनछ भने आउनुहोस् लेनदेन र ठगी सम्बन्धि एउटा पिडित भएका व्यक्तिहरुको रुपैयाँ असुल उपर सम्बन्धि एउटा छाता संगठन बनाई स्थानीय सरकार सँग कानुन बनाउन माग गरौं र यदि सहजै कानुन नबनाएमा दबाब समुह खडा गरी ऐन कानुनको परिधिभित्र रही स्थानीय सरकारलाई दबाब दिई कर्जा सापटी लिने व्यक्तिले किन लिएको हो र पछि किन दिएन भन्ने कुराको यकिन गरी लिदा लिने र पछि नदिने व्यक्तिलाई कानुनको कठघरामा उभ्याउने काम गरौं र लिने व्यक्तिले लिएको होईन र दिने व्यक्तिले दिएको होईन त्यसै चार्ज लगाएको हो भने त्यस्ता व्यक्तिको सत्य तथ्य कुरा पहिचान गरी भनेको ठहरीएमा कानुनले दिएको हदै सम्मको झेठा ठगी कसुर लगाई कडाभन्दा कडा कारवाही हुने कानुनमा व्यबस्था गर्न स्थानिय सरकारलाई आग्रह गरौं ।

माथि उल्लेख गरिएका कुराहरु न्यायोचित र व्यावहारिक छन् भने आउनुहोस् तपाईं हामी हातेमालो गरौं र एउटा कानुन संगतको मुल्य मान्यता प्राप्त गर्ने संस्था खोलौं र त्यही संस्थाद्वारा अन्यायमा परेका पिडितलाई न्याय दिलाउन सिफरिस र अन्याय गर्ने पिडकलाई कारबाही गर्न सिफारिस गर्ने र दुबै पक्षको सहमतिमा आई मेलमिलाप गर्न खोजी सहज वातावारण मिलाएमा वा मिलाउने वातावरण बनाएमा मेलमिलाप गराइृ दुवै पक्षको जित हुने गरी परिपाटी मिलाउने व्यवस्था गरौं । मसँग कोही पाठक बर्गले हातेमालो गरी अगाडि बढ्ने र न्यायको खोजि तिर लाग्ने , पिडितलाई सहयोग र पिडकलाई कारवाही गर्ने गराउने विचारका केही व्यक्ति हुनुहुन्छ भनेआउनुहोस् हातेमाललो गरेर अगाडि बढौं र अन्यायलाई पछाडि धकेल्दै न्यायलाई अगाडि राख्दै सहमति र सहकार्यको बाटो पहिल्याउँदै , स्थानीय सरकार लाई लेनदेन सम्बन्धि काानुन बनाई लागु गर्नका लागि अभिप्ररित गर्दै सहयोग गर्दै लेनदेन सम्बन्धि मुद्दामा तमसुक र भर्पाइृलाई मुल आधार नबनाई दिएलिएको कुरालाई साँचो मानी ठहर गरी कारबाहीको दायरा तयार गरी अघि बढौं भन्दै तपसिलको ठेगानामा सम्पर्क गर्न अनुरोध गर्दछु ।
लेनदेन मुद्दालाई सानो नसोचौं । यो लेनदेन सम्बन्धि मुद्दालाई ठगी गर्ने अपराधको रुपमा लिएर अगाडि बढौं र बढाऔं । लेखक केसी रुकुम पश्चिमका शिक्षक हुनु ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares