Input your search keywords and press Enter.

सल्यानका एक ब्यक्ति रुकुममा मृत फेला

दिपक पुन
त्रिबेणी : सल्यान दार्मा गाउँपालिका ३, जलेखर्कका ४५ बर्षिया कृष्ण परियार रुकुम पश्चिम स्थित त्रिबेणी गाउँपालिका वडा नम्बर ६ मा मृत फेला परेका छन ।
सामान्य बिरामी परेका परियार असोज १४ गते सांझ घरबाट उपचार गर्न नजिकैको झुल्नेटा बजार स्थित कबिराम बस्नेतको मेडिकलमा आएका थिए । मेडिकलमा सामान्य उपचारपछि मेडिकल तिरै बस्ने सल्लाह गरेका परियार राति मेडिकलबाट निस्कि बाहिर हिडेका र बेपत्ता भएको परियारले बताए । उनी बेपत्ता भएपछि परिवारले खोजतलास गरेपनि प्रहरिलाई भने खबर नगरेको बताए । परियार केहिदिन देखि टाउको दुख्ने र ज्वरो आउने समस्याले ग्रसित थिए ।
१४ गते सांझ हराएका परियारलाई परिवारले खोजतलास गर्ने क्रममा १५ गते दिउसो ४ बजे तिर रुकुम खारा ब्यारेक नजिकैको रोडमा मृत फेला पारेका हुन । मृतकलाई प्रहरिले पोष्टमार्टम गर्न लिने भनिएपनि आर्थिक अबस्था कम्जोर रहेको र पोष्टमार्टममा लाग्ने खर्च आफुहरु संग नभएको र मृतकलाई कोहि कसैले पनि केही गरेको आंशका नभएको बताउदै आफन्तले शव जिम्मा लिएका छन ।
मृतक परिवारको आर्थिक अबस्था कम्जोर भएका कारण शव घर सम्म पुय्राउन समस्या भएपछि त्रिबेणी गाउँपालिका वडा नम्बर६ का वडाअध्यक्ष राजेन्द्र पुनले २ हजार रुपैयाँ आर्थिक सहयोग गरेको परिवारले बतायो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares