Home मुख्य समाचार चौरजहारी र थबाङमा जेष्ठ नागरिकलाई सम्मान

चौरजहारी र थबाङमा जेष्ठ नागरिकलाई सम्मान

3443
0

डिल्लीबहादुर खत्री/जयमान बुढामगर
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । २८ औँ जेष्ठ नागरिक दिवसको अवसरमा नगरपालिका भित्रका ८ सय १३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडा न. १ ,२ , ३ , ४ र ५ का जेष्ठ नागरिकलाई नगरपालिकाको कार्यालयमा र अन्य वडाका जेष्ठ नागरिकलाई सम्बन्धित वडा कार्यालयमा सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई अबिर आवरण सँगै चियापान पनि गरिएको थियोे । यसअघि मंसिर दिने सामाजिक सुरक्षा भत्ता अन्तरगतको जेष्ठ नागरिक भत्ता दशैं तिहारलाई मध्यनजर गर्दै वितरण गरिएको छ । नगरपालिकाको सभा हलमा जेष्ठ नागरिकलाई अविर आवरण गर्दै नगर प्रमुख बिशाल शर्माले जेष्ठ नागरिकको अनुभव महत्वपुर्ण हुने भएकोले त्यसलाई ब्यवहारमा उतार्नु पर्ने बताए । ‘हामीले एक दिन मात्र नभएर सधैं जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ किनकि उनीहरू नै हाम्रा भगवान हुन्’ उनले भने । स्थानीय तहको यस्तो कार्य प्रति जेष्ठ नागरिकहरु पनि खुसी देखिन्छन् ।

थबाङमा पनि सम्मान
दिवसको अवसरमा रोल्पाको थबाङ गाउपालिकामा ज्येष्ठ नागरिकलाइ समान गरेका गरिएको छ । लैगिङ्गिक समानता तथा सामाजिक शसक्तिकरण शाखाको आयोजनामा ३० जना जेष्ठ नागरिकको सहभागीलाई समान गरिएको शाखाको संयोजक देविका केसिले बताईन । ज्येष्ठ नागरिक अनुभवि तथा सधै सल्लाह सुझाबका अभिभाबकको भुमिका निभाउने भएकाले त्यस सल्लाह सुझाब अनुसार नया पुस्ताले ग्रहण गरेर अगाडी मार्ग निर्देशित भएकाले ज्येष्ठ नागरिकलाइ समान गर्नु पर्ने कार्यक्रममा प्रमुख अतिथी तथा थबाङ गाउपालिकाका अध्यक्ष वीर बहादुर घर्तिले बताए । कार्यक्रममा ज्येष्ठ नागरिकहरुसग सल्लाह सुझाब आदान प्रदान तथा ज्येष्ठ नागरिकको समस्याका बिषयमा पनि अन्तरक्रिया भएको थियो । कार्यक्रममा गाउपालिकाका १, नम्बर वडा अध्यक्ष फर्कबहादुर बुढा, २ का अध्यक्ष वसन्त घर्ती, नेकपा थबाङका नेता हित बहादुर रोका, नेकपा क्रान्तिकारी रोल्पा जिल्ला सदस्य अमीत घर्ती, थबाङका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लिलाराम आचार्य लगाएतको आतिथिता रहेको थियो । कार्यक्रमको सन्चालन थबाङ स्वास्थ्य चौकीका सहसंयोजक तुल बहादुर पुनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here