सत्यबहादुर बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालीकामा २५ शैयाको अस्पताल संचालनमा ल्याईएको छ । आठविसकोट नगरपालिकाको अस्पताल पुर्व गृह मन्त्री तथा प्रतिनिधीसभाका सांसद जनार्दन शर्माले औपचारिक रुपमा उद्धघाटन गरे । कार्यक्रममा बोल्दै पुर्व मन्त्री शर्माले अबको समयमा नगरपालिका र जिल्लाले आम जनता तथा बालबालिकाको उज्वल भविष्यका लागी शिक्षामा र जनताको स्वास्थ्य अबस्थामा सुधार ल्याउनकै लागी विशेष जोड दिनु पर्ने बताए । आठविसकोट नगर अस्पतालले गत आइतबार बाट विभिन्न सेवा समेत शुरु गरिसकेको छ । स्थानीय सरकार संचालन ऐनले नगरपालिका मार्फत २५ शैंया सम्मको अस्पताल संचालन गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार अस्पताल संचालनमा ल्याएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto