Input your search keywords and press Enter.

आहा सञ्चार साप्ताहिक एक बर्ग माथी

आहा सञ्चार संबाददाता
प्रेस काउन्सिल नेपालले पत्रपत्रिका बर्गीकरणको पुनः मुल्यांकन नतिजा सार्बजनिक गरेको छ । जस अनुसार रुकुमबाट प्रकाशित आहा सञ्चार साप्ताहिक ख बर्गमा बर्गीकृत भएको छ । आहा सञ्चार आर्थिक बर्ष २०७१/७२ देखि निरन्तर बर्गीकरणमा पर्दै आएको छ । आर्थिक बर्ष २०७३/७४ को पत्रपत्रिका वर्गीकरणको नतिजामा चित्त नबुझेर पुनः निबेदन दिईएको थियो ।

जस अनुसार उक्त निबेदन अध्ययन एवं थप मूल्यांकन समेतका आधारमा काउन्सिलले एक तह माथी लिदै ख बर्गमा वर्गीकरण गरेको हो । आहा सञ्चार ६ बर्षदेखि निरन्तर प्रकाशन भैरहेको छ भने आहा सञ्चार डटकम अनलाईन समेत संचालनमा छ । काउन्सिलले आ.व. २०७२।७३ र २०७३।७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेकोमा सो नतिजाउपर पुनरावलोकनको लागि आ.व. २०७२।७३ को लागि ७२ वटा र २०७३।७४ को लागि ३४८ वटा निवेदन प्राप्त भएको थियो । प्राप्त निवेदनसहित कागजात अध्ययन एवं पत्रपत्रिका पुनर्मूल्यांकन गरी पुनरावलोकनसहितको अन्तिम नतिजा प्रकाशन गरिएको छ । देशभरका पत्रपत्रिकाहरुको अन्तिम नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares