Input your search keywords and press Enter.

राप्ती समाज अस्पताल सल्लेमा शिबिर शुरु

मेगराज खड्का
रुकुम पश्चिम सल्ले स्थित राप्ती समाज अस्पताल सल्ले रुकुमले आजदेखि बिशषज्ञ शिबिर शुरु गरेको छ । शिबिरको कर्णाली प्रदेश सांसद रातो कामी र ५ नम्बर प्रदेश सांसद आशा स्वार्णकारले ब्यानर खोलेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद कामीले जिल्लामै बिशषज्ञ डाक्टर सहितको शिबिर आयोजना गरेर रुकुमेली बिरामीरुरुको लागि निकै राम्रो काम अस्पतालले गरेको बताए ।

नागरिकलाई गुणस्तरीय र प्रभावकारी तोकिएको सेवा दिन पनि उनले अनुरोध गरे । त्यस्तै सांसद स्वर्णकारले दुरदराजका महिलाहरुमा पुरुषको तुलनामा बढी स्वास्थ्य समस्या देखिने गरेको भन्दै अस्पतालले शिबिरमा मात्र नभएर नियमित रुपमा पनि एकजना स्त्रीरोग बिज्ञ राख्नुपर्ने सुझाब दिईन । राप्ती समाज स्वास्थ्य सहकारी संस्थाका कार्यबहाक अध्यक्ष महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिका १ का वडा अध्यक्ष बिरबल केसी, नेपाली काग्रेस रुकुमका सचिब गार्खबहादुर केसी र आठबिसकोट नगर विकास समितिका अध्यक्ष जनक बटाला लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन अस्पतालका सहायक प्रबन्धक गणेश गौतमले गरेका थिए । शिबिरमा शिक्षण अस्पताल कोहलपुरको प्राबिधिक सहयोग रहेको छ भने डा. अबदुल हुसेन खाँको नेतृत्वमा चिकित्सकहरुको टोली जिल्लामा आएको छ । सबै प्रकारका बिरामीहरुको उपचार र चेकजाँच हुने शिबिर १० गते सम्म संचालन हुनेछ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares