Input your search keywords and press Enter.

संविधान एकातिर, देश अर्कैतिर

जनक केसी
आज असोज ३ गते अर्थात संविधान दिवस । सहिदलाइ सम्झेर संविधान दिवस मनाइरहेका छौं । संविधान पाएको दिनको खुसीयालीमा रात उज्याले वनाउने गरि दिप जलाइरहेका छौं । कोहि संविधानको पुजा गरिरहेका छौं । कोहि संविधानका विशेषताहरु ओकलीरहेका छौं । अनि कोहि कोहि संविधानले दिएको अधिकार पाउन नसकेको भन्दै रोइरहेका पनि छौं। आज संविधानको वारेमा सकरात्मक नकरात्मक दुवै रुपले चर्चा परिचर्चा गर्ने दिन भएकोले संविधान तिरै सवैको ध्यान छ । संविधान अक्षर र वाक्यका हिसावले कस्तो छ धेरैलाइ थाहा छैन । मुलुकमा शासन जसरी चलेको छ जनताले संविधान त्यस्तै होला भनि वुझेका छन् । मलाइ कानुनको वारेमा त्यति ज्ञान त छैन तर पत्रकारीता र राजनितीमा रुचि हुने भएकोले कहिले काहि नेपालको संविधान र कानुनी व्यवस्थाको वारेमा चासो राख्ने गर्छु । संविधान दिवस नजिकिदै गर्दा मलाइ जनताको हातले जनताले आफै लेखेको संविधानका वारेमा केहि जान्ने मन लागेर संविधानका महत्वपुर्ण भागहरु पढ्ने जमर्काे गरेँ । संविधान दिवसकै सन्दर्भ पारेर केहि दिन पहिले लामो फुर्सद भएको वेला मैले नेपालको संविधानको प्रस्तावना, ३१ वटा मौलिक हकहरु देखि अन्य सवै ३०८ वटै धाराहरु सरसर्ती हेरेँ ।

संविधान पढ्दै गएँ अनि संविधानमा लेखिएको नेपाल राष्ट्रको परिचय र जनताको सर्वाेच्चतााको कुराले छाती गर्विलो वन्यो ।अनि आफुलाइ निकै सम्मुन्नत, समृद्ध र सवै हिसावले सुरक्षित नेपाली नागरिक भएको महसुस गरेँ । जति जति संविधानका धाराहरु पढ्दै गएँ उति उति जनताहरु सुखी सुरक्षित अनि समृद्ध भएको पाउदै गएँ । जव त्यो कागजी संविधानको किताव भुइमा राखेर एक पटक देश नियाल्न थालेँ । देश संविधानमा लेखिए जस्तो लोकतान्त्रिक देख्न सकिन । जनता संविधानमा लेखिए जस्तो सार्वभौम नभइ भोटर मात्र भएको देखेँ । लोकतन्त्रका लागि जीवन वलिदान गर्नेहरुको असुरक्षित भविस्य र निरीह जीवन मात्र देखेँ ।त्यति मात्र होइन चेलीवेटी वलत्कार गर्नेहरु सुरक्षित भएको देखँे, राजनीतीको नाउँमा अपराध गरेर देशमा तान्डव नृत्य गर्नेहरुको स्वेच्छाचारी स्वतन्त्रता देखेँ अनि मनमा एउटा प्रश्न जाग्यो आखिर यहि संविधान र कानुनका लागि जनताले वगाएको तातो रगत खेर गएकै हो त? जनताको नाममा संविधान लेख्नका लागि ७० वर्षे संघर्षपुर्ण र वलिदानीपुर्ण यात्राका क्रममा वलिदान गर्ने सर्वहाराहरु सम्मmेँ । उदाउदो यौवनमा रमाउदै गरेका जोशिला युवाहरुका हजारौं रहरहरु जलाइएको सम्झेँ। तिनै गरिवका छोराछोरीहरुको पढ्ने किताव, लेख्ने कलम अनि आँखा भरि सजिएको सुन्दर सपना खोसिएको सम्झेँ । इतिहासका हरेक जर्जर मोडहरुमा अस्मिता लुटाउने तिनै गरिव आमाहरु सम्झेँ । संविधानकै लागि वावा र आमा गुमाएर टुहुरोको उपाधि पाउने तिनै सर्वहारा वालवालिकाहरु थिए । चुलोमा पाक्दै गरेको रोटी देखि जीवनका सुन्दर सपनाहरु जिउदै लुटाउनेहरु पनि उनै निर्धाहरु थिए । इतिहासको अत्यन्तै वीरतापुर्व जर्जरता सम्झिएर एक छिन घोरिएँ अनि संविधानका अक्षरहरु फेरि खेलाउन थालेँ ।

 

संविधान र कानुनका क्रान्तिकारी शव्दहरु अनि देशको हालत सम्झिएर मनमा विद्रोहि आक्रोस जाग्यो अनि संविधानका पाना पाना च्यातेर फाल्दिउ झै लाग्यो तर त्यो जावो कागजको पानाको के दोष भनेर आफुलाइ समालँे ।एक एक गरि फेरि देश नियाल्दै गएँ । कन्चनपुरमा वलात्कृत भएर हत्या गरिएकी निर्मला पन्तका हत्यारा समाउन सरकार हच्किएको देखेँ अनि जाजरकोटमा १३ वर्षिया वालिकालाइ वलत्कार गर्नेहरुका विरुद्ध जाहेरी दिन गएका वालिकाका वुवालाइ प्रहरीले यो मिलेन त्यो मिलेन भन्दै दुइ तीन दिन सम्म दुख दिएको देखेँ , नावालिका वलत्कारी विरुद्ध जाहेरी दिन जाँदा साक्षी नभए मुद्धा दर्ता हुदैन भनेर पिडित वालिकाका पिडित वावुलाइ दुख दिएको र उनको आँखामा आँसु र निरासाको रजाइ देखेँ । संविधानले दिएको हक र अधिकार पाउनका लागि जुलुस धर्ना गरेर जनताहरु रुदै कराउदै सडकमा उर्लेको देखँे तर सरकार र सत्तालाइ वुवाको विर्ता ठानेर कुर्सीमा वस्नेहरुले पिडितहरु रोएको कराएको सुनेको पाइन । अनि तिनै हजारौं गरिवहरुको रगतले लेखिएको संविधानका क्रान्तिकारी र अग्रगामी शव्द र वाक्यहरु प्रतिपनि अविस्वास जागेर आयो । संविधान लेखनको पृष्ठभुमि जनआन्दोलन, तत्कालीन माओवादीको शसस्त्र युद्ध र मधेस आान्दोलनमा वीरता र वलिदान देशका निम्ति हाँसी हाँसी समर्पण गर्ने योद्धाहरुलाइ सम्झिएँ । मनमनै कुराहरु खेल्न थाले संविधान जनताको रगतले लेखिएछ तर जनताको लागि लेखिएनछ । अपराधीहरु सवै शक्ति र सत्ताको वरिपरि देखँे । अपराधीहरु भ्रष्टाचारीहरु र लुटेराहरु सत्ता र शक्तिको आडमा संविधान र कानुन भन्दा माथि चढेको देखेँ । त्यति मात्र होइन देश भरि भत्केको वाटो देखँे, डाक्टर नवस्ने अस्पताल र औषधी तथा उपचार नपाइने अस्पताल देखेँ तर संविधानका मौलिक हकहरु पढ्दै गाँउ गाउँमा विरामले थला परेकाहरुलाइ सिटामोल वाँड्दै हिडेको देखिन । औषधी र सामान्य उपचार नपाएर सयौं जनता अकाल्मै मरेको पनि देखँे तर उनीहरुको मृत्युमा जनताको मत लिनेहरु रोएको देखिन । नेताहरुले मुलुक भित्रका अस्पताल र डाक्टरहरुलाइ अविस्वास गरेर विदेशमा राज्यको सम्पति दोहन गरी सामान्य स्वास्थ्य जाँच गरेको पनि देखेँ तर गरिवहरुले उपचार गर्ने स्वास्थ्यचौकी र अस्पतालहरुमा सच्चा राष्ट्र सेवक खुल्ला मनले वसेको देखिन ।

अपराधी भ्रष्टाचारी, र जनता माराहरुले सुरक्षा र सम्मान पाएको देखँे तर अपराधवाट निमुखा पिडितहरु रोइरहेको देखेँे अनि विपन्न सर्वहाराहरु न्यायको निम्ति छटपटाइरहेको देखेँ । न्यायको भिख माग्नेहरु जहाँ गएपनि रित्तै हात फर्किने गरेको देखेँ । काँग्रेस, कम्युनिष्ट, अल्पमत , वहुमत , राजा राणा सवैको शासनमा जनताको उहि वेहाल अवस्था देखँे , तर संविधानले जनतालाइ दिएको मौलिक हक व्यवहारमा उत्रिएको कतै देखिन । अपराधीले सजिलै कारवाहि भोगेको, पिडितले न्याय महसुस गरेको कहिले पनि देखिन । निर्दाेष जनताहरु डराएको देखेँ तर अपराधी र जालीफटाहाहरु डराएको देखिन । जतातै जाति र वर्गमा फुटेको देश देखेँ तर सवै जात धर्म वर्ग र सम्प्रदायहरुलाइ एउटै मालामा उन्ने माली देखिन । भत्केका वाटोहरु देखेँ तर वनाउनलाइ तछाडमछाड गर्ने नेता देखिन। विपतमा छटपटाइरहेका जनता देखेँ तर उनीहरुलाइ उद्धार गर्नका लागि झगडा गरिरहेका राजनेताहरु देखिन । ४ वर्ष सम्म भुकम्पले क्षतविक्षत वस्ती र भविष्यहरु देखेँ तर तिनका निम्ति केहि गर्न नसकेपछि लाज मान्ने सरकार र शाषकहरु देखिन। दिनदहाडै वालिकाहरु वलात्कृत भइरहेको देखेँ तर अपराधिहरुलाइ हदै सम्मको कारवाहि हुनु पर्छ भनेर सँसद अवरुद्ध पार्ने जनताका साँसदहरु देखिन । तलव र सुविधा दोव्वर वढाउन जनताका प्रतिनिधिहरु एक भएको देखेँ तर अपराधी र भ्रष्टाचारीहरु आफनो छेउमा टाँसिन आउदा कठालो समातेर जेलमा कोच्ने जनताका सेवकहरु देखिन । पार्टीको झन्डा वोक्ने हजारौं देखेँ तर राष्ट्रिय झन्डा वाकेर दलीय र व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न खोज्ने नायकहरु विरलै देखेँ । जनताका छोराछोरी पढ्ने स्कुलहरुको छानाहरु भत्किएका देखेँ तर नेताका छोराछोरीले धुलो उड्ने कक्षामा वसेर पढेको देखिन । जनताको नाममा राजनीति गर्नेहरुका छोराछोरीहरु पढ्ने आधुनिक वोर्डिंग देखेँ तर गरिवका छोराछोरी पढ्ने स्कुल फोहोर राजनीतिवाट टाढा राखिएको देखिन ।राजनीतीका नाउँमा लथालिंग भइरहने स्कुल देखेँ तर त्यहाँ वदमासी गर्ने शिक्षक र विद्यालय व्यवस्थापन समितिका वदमासहरुलाइ कारवाहि भएको देखिन । शक्ति र सत्ताको वरिपरि मस्ती गर्नेहरुको भीड देखेँ तर विपन्न जनताहरुले विपत र अप्ठेरोको वर्षातका वेला राज्य र सरकारको गतिलो ओत पाएको देखिन । राजनीतिलाइ व्यापार र जागिर सम्झिनेहरु धेरै भेटेँ तर सार्वभौम जनताको लागि राज्यको सम्पति दोहन नगर्ने सेवक थोरै भेटेँ । हरेक जनतालाइ पार्टी र जातमा विभाजन गर्नेहरु कदम कदममा भेटेँ तर फुटेका र फुटाइएकाहरुलाइ एउटै भावनामा जुटाउने सपुतहरु भेटिन । विपन्नताको सहाराले पनि युद्धमा होमिएर घर न घाट भएका अभागी योद्धाहरु भेटेँ तर जनता लुटेर राज्य र सत्ताको नजिक हुनेहरुलाइ नेता र पार्टीहरुले अछुत व्यवहार गरेको देखिन ।

न्याय र अधिकार नपाएर वर्षाैं देखि रोइरहेका विपन्नहरु जतातै देखेँ तर कानुन हातमा लिएर ज्यादति र अपराध गर्नेहरुका हातमा हतकडीहरु देखिन । अनि जनताको संविधान जनताकै रगतले जनताको प्रतिनिधिले घोषणा गरेको आज ४ वर्ष पुगेछ तर देश उहि ठाउँमा घस्रिरहेको देखँे । कलकल अनि सलल वग्ने खोला र नदीको छेउमा रहेका खेतवारीहरु दिन दिनै मरुभुमि वन्दै गरेको देखेँ तर प्रत्यक दिन २ हजारका दरले देश छोड्ने युवाहरुलाइ रोक्ने देशको गतिलो योजना देखिन । जनताको लागि आएको वजेट वाँडेर खाने नेताहरु जताततै भेटेँ तर एक छाक टार्न नसक्नेहरुलाइ आफनो भाग काटेर दिने जननेता भेटिन । युरोप अमेरीका वर्षाैं घुम्ने नेता धेरै भेटे तर त्यहाँको जस्तै अनुशासन र सम्वृद्धि यहाँ लागु गर्ने जननायक भेटिन । सुविधा सम्पन्न करोडौंको महलमा वस्न रुचाउने सयौं शासकहरु देखेँ तर भिरालो वाटो र खोलाको यात्रा गरि चुहिने झुपडीमा वस्ने जनताका लागि पिडा अनुभुत गर्ने जनप्रियहरु देखिन । न्याय माग्ने हजारौं जनताहरु देखे तर उनीहरुलाइ न्याय मागेकोमा गोली नठोक्ने सत्ता भेटिन ।त्यसैले जनताकै रगतले लेखिएको संविधान एकातिर हिडिरहेको देखे अनि देश अर्कैतिर हिडिरहेको देखेँ । दिन दिनै देशका कुना कुनावाट न्याय र अधिकार माग्ने आवाज वढ्दै गरेको सुनेँ तर त्यो आवाज जायज हो भनेर सुन्ने जनपक्षीय सरकार देखिन । तैपनि संविधान दिवसको धेरै शुभकामना सवैलाइ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares