Input your search keywords and press Enter.

यस्ता छन स्यार्पु महोत्सवका कार्यक्रमहरु

आहा सञ्चार संबाददाता
आगामी असोज ११ देखि १५ गते सम्म बाफिकोटमा हुने स्यार्पू पर्यटन महोत्सवका लागि केही कार्यक्रमहरु पक्का गरिएको छ । बाफिकोट गाउ कार्यपालिकाको बैठकबाट महोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रम पक्का गरिनुका साथै पुरस्कार पनि तोकिएको छ ।
आज बसेको गाउ कार्यपालिकाको बैठकले महोत्सवमा खुला महिला तथा पुरुष भलिवल आयोजना गर्ने निर्णय गरेको छ । जसमा प्रथम हुने समुहले नगद ५० हजारको साथमा मेडल र प्रमाण पत्र, दोस्रो हुने समुहले नगद ३५ हजारको साथमा मेडल र प्रमाण पत्र, तेस्रो हुने समूहले नगद २० हजारको साथमा मेडल र प्रमाण पत्र हात पार्ने छ । यसैगरी सान्त्वना हुने समूहलाई दश हजार नगद पुरस्कार दिइने गाउपालिका प्रवक्ता मनबहादुर केसीले जानकारी दिए ।

प्रवक्ता केसीका अनुसार अनुशासित समूहलाई नगद ५ हजार र उत्कृष्ठ खेलाडीलाई नगद २ हजार पुरस्कार दिइने छ । महिला पुरुष दुवै भलिवलको पुरस्कारको राशि समान रहेको छ । बाफिकोट गाउपालिका ३ र ५ नम्वर वडामा फैलिएको स्यार्पूताल छेउमै हुने महोत्सवमा पञ्चेबाजाको पनि प्रतिसप्रधा गराइने छ । पञ्चेबजामा प्रमथले १५, दोस्रोले १२ र तेस्रो हुनेले ८ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी सिारु नाचमा प्रथम आउनेलाई दश, दोस्रोलाई ७, तेस्रोलाई ५ र सान्त्वना हुनेलाई २ हजार रुपैया नगद दिइने जनाइएको छ । महोत्सवमा झाक्री नाच पनि देखाइने छ । त्यसमा सहभागि प्रत्येक व्यक्तिलाई एक हजार पाच सयका दरले पुरस्कार दिने निर्णय गाउ कार्यपालिकाले गरेको छ । यसको साथै अन्य विभिन्न कामकाज र व्यवस्थापनका लागि समिति बनाइएको छ । महोत्सवका लागि बाकी कार्यक्रमहरु पनि तय गरिने महोत्सव मुल आयोजक समितिका संयोजक तथा गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । महोत्सव मुल आयोजक समितिको सहसंयोजकमा उपाध्यक्षमा मनकला पुन र सचिवमा ३ नम्वर वडा अध्यक्ष चन्द्रबहादुर केसीलाई चयन गरिएको छ ।

महोत्सव सफल तथा व्यवस्थित बनाउन अन्य समितिहरु पनि बनाइएको छ । उपाध्यक्ष तथा महोत्सव आयोजक समितिका सहसंयोजक मनकला पुनको संयोजकत्वमा अतिथि सत्कार समिति, कार्यपालिका सदस्य शेरु विकको संयोजकत्वमा सडक मर्मत तथा सरसफाई समिति, १ नम्वर वडाअध्यक्ष हर्कु मल्लको संयोजकतामा पञ्चे बाजा तथा सिारु नाच व्यवस्थापन समिति, ६ नम्वर वडा अध्यक्ष मनोजकुमार अधिकारीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, ९ नम्वर वडा अध्यक्ष कविराम खत्रीको संयोजकत्वमा होटेल तथा आवास व्यवस्थापन समिति र ८ नम्वर वडा अध्यक्ष तथा प्रवक्ता मनबहादुर केसीको संयोजकत्वमा खेलकुद समिति बनाइएको छ । यसैबीच कार्यपालिकाको बैठकले वडा स्तरको घरधुरी सर्भेक्षण तथ्या संकलन गर्ने प्रोफाइल तयार गर्ने निर्णय गरेको छ । यसैगरी जिल्लाको दररेटको आधारमा स्थानीय दररे कायम गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares