Home आहा बिचार निर्माणमा ढिलासुस्ती

निर्माणमा ढिलासुस्ती

3499
0

रुकुमका बिभिन्न ठाउँमा संचालनमा रहेका विकास आयोजनाहरुमा निर्माण कम्पनीहरुको ढिलासुस्ती देखिएको छ । यसको उदाहरण बनेको छ, जिल्ला सदरमुकाम खलंगामै रहेको त्रिभुवन जनता माबिको भवन । निर्माणको जिम्मा लिएको करिब एक दशक बित्न लाग्दा पनि भवन निर्माणको काम सकिएको छैन । सदरमुकाम र सबैको आँखा पर्ने ठाउँमा त बिद्यालय जस्तो ठाउँमा यसरी ढिलासुस्ती छ भने जिल्लाका अन्य दुरदराजमा प्रशस्तै उदाहरण छन । यसअघि नै जिल्लाका बिभिन्न योजना र आयोजनामा ढिलासुस्ती गर्ने ९ ठेकेदार कम्पनीको सूची गृह मन्त्रालयमा बुझाइएको छ । जिल्ला प्रशासन कार्यालयले विभिन्न योजना र आयोजना सम्झौता अवधि भन्दा धेरै समय कटि सक्दा पनि निर्माण नगरेको भन्दै ९ ठेकेदार कम्पनिको सूची गृह मन्त्रालयमा पठाइएको थियो । जसमा सडक, सडक पुल, बसपार्क, सिचाई लगायतका आयोजनामा ढिलासुस्ती गर्ने ठेकेदार छन ।

जसमा चौरजहारी नगरपालिकामा बसपार्क निर्माणको काममा ढिलासुस्ती गर्ने मोतिदानरवानिया कन्ट्रक्सन सेवा, चौरजहारी बसपार्क सिमलेखोला त्रिवेणि खहरे लहरे पीपलबोट प्रियाटाकुरा खहरे सडक निर्माणको जिम्मा लिएको मोतिदान÷वानिया कन्ट्रक्सन सेवा, आठबिसकोट सिचाई उप आयोजनाको जिम्मा लिएको खड्का कृष्ण कन्ट्रक्सन सेवा, मेगापुल पूर्तिमकाँडा गरायलाको सडक पुल निर्माणको जिम्म लिएको सपना सेलुङ्ग जेभी छन । त्यस्तै भरलाखोला पुल बाँसखोला निर्माणको जिम्मा लिएकोे नागार्जुन कन्ट्रक्सन कम्पनी, बाँसखोला पुल बाँसखोलाको जिम्मा लिएको नागार्जुन कन्ट्रक्सन कम्पनी, फलामेगौंडा नदुवा खदी गोतामकोट सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्सन कम्पनी, त्रिभुवन जनता मावि भवन निर्माणको जिम्मा लिएको स्वच्छन्द सूर्य जेभी र नयाँ सहर आयोजनाको भवन निर्माणको जिम्मा लिएको रोशन कन्ट्रक्सन कम्पनी रहेका छन ।

यी योजनाको भौतिक प्रगति ४ देखि ८० प्रतिशत सम्म रहेको बताईको छ । जिल्लामा काम नगर्ने ठेकेदारहरुको लिष्ट जिल्ला प्रशासन मार्फत केन्द्रमा पठाएको लामो समय सम्म पनि पछिल्लो कुनै कदम थालेको छैन । जसले गर्दा नयाँ मन्त्री हुँदा शुरुमा थोरै चर्चा ल्याउन यस्ता प्रयास गर्ने तर पछि हराउने पुरानै रोग यो काममा पनि कहिले लाग्ने त होईन भनेर जनमानसमा शंका समेत उब्जाउन शुरु गरेको छ । देशका अन्य बिभिन्न ठाउँमा त कालोसूचीमा रहेका बिभिन्न निर्माण कम्पनीहरुले नै पुनः अर्को ठाउँमा ठेक्का पारेको समेत समाचारहरु बाहिरिएका छन । त्यसकारण नियमक निकायहरुले ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई कारबाही गरेर निर्माणधिन संरचनाहरु कसरी हुन्छ सम्पन्न गर्ने दिशामा उन्मुख हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here