प्रेम प्रशान्त बोहरा
अखिल (क्रान्तिकारी) को आफ्नै गौरवमय इतिहास छ त उर्जाशिल र संर्घशिल वर्तमान र सुनौलो भविष्य । जनयुद्धको समयमा त्याग, तपस्य, समर्पण, बलिदानीले ओतप्रोत जीवनता आदर्श विद्यार्थी नेताहरुमा थियो । आज पनि त्यतिकै रुपमा हाम्रो मनहरुमा, भावनाहरुमा बलिदानीको भावना जिवितै छ । तथापी जनयुद्धको समयमा सँगसँगै रगत र पसिना वगाएका केही साथीहरु यसवाट अलग हुनुभएको छ ।

सहिदको रगतले लेखिएको नाम अखिल (क्रान्तिकारी) लाई अखिलको झुण्डमा लगेर मिसाउनु भएको छ । आज तत्कालिन माके निकट अखिल क्रान्तिकारीको विर्सजन भएको छ । अखिलमा विलय भएपछि नेपाली क्रान्तिकारी विद्यार्थी र आम जनता छायाको अन्यौताको अन्त्य भएको छ । जनयुद्ध र जनआन्दोलनको अखिल (क्रान्तिकारी) को सच्चा उत्तराअधिकारी संगठन अखिल (क्रान्तिकारी) मात्रै हो भन्ने कुरा पुर्णिमाको जुन जस्तै छर्लङ भएको छ । त्याग, तपस्या, समर्पण, वलिदानीका अनमोल गाथाहरुले सिजिएको हाम्रो इतिहासको श्रेय मात्र होइन । वर्तमान समयमा दलाल पुँजीवादी संसदीय पार्टीहरु उनीहरुको विद्यार्थी संगठन यथास्थिति, प्रतिगमन र प्रतिक्रान्तिको गलत मार्गमा लिक्त भएपछि नेपाली समाजमा रहेका विद्यमान विकृति विसंगति, जनतको जनतन्त्र र जनजिविकालाई प्रभावित पार्ने सरकारी तथा गैरसरकारी कदम, नेपालको शिक्षा क्षेत्रमा मौलाएको नीजिकरण, व्यपारिकरण, माफियाकरण, दलालीकरण, भ्रष्टीकरण, जनतको मौलिक हकका विरुद्ध हुने सवै खाले प्रतिक्रियाहरुको विरुद्ध प्रतिपक्ष र सडकवादको भुमिकामा रही नेपाली विद्यार्थी आन्दोलन र समग्र राजनैतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तनका खातीर नेतृत्वदायि भुमिका निर्वाह गर्नुपर्ने युगिन अभिभारा अखिल (क्रान्तिकारी) लाई आएको छ ।

रुकुम जिल्लामा विद्यार्थी आन्दोलनको इतिहास
विशेष गरी रुकुमको कम्युनिष्ट आन्दोलनलाई हेर्दा भारतीय सेनामा भर्ती भएका क. कामी वुढा, भारतमा वस्दा भारतीय कम्युनिष्ट आन्दोलनवाट अत्यन्तै प्रभावित भएर भारतीय सेनावट विद्रह गरी नेपाल फर्के । रुकुम विभिन्न ठाउँ ( भलाक्चा, खारा, रुँघा) कम्युनिष्ट पार्टी निर्माण प्रचार प्रशारको थालनी गरेर सुरु भएको हो । तथापी तत्कालिन तानाशाही निरङकुश सरकारले क. कामी वुढाको हत्या गरेपछि लामो समय सम्म रुकुम जिल्लामा सचेत र संगठित रुपमा आन्दोलन हुन सकेन सम्भवत विद्यालयको अभाव र विद्यार्थी संख्याको न्युनताको कारण वि.सं. २०२० सालसम्म संगठित रुपमा विद्याथी आन्दोलन हुन सकेन । २०२० सालतिर मा.वि. खलंगाको स्थापना भएपछि विद्यार्थीहरुको जमघट हुने वातावरणको सृजना भएतापनि देशमा तानाशाही पञ्चायती व्यवस्था रह्यो, सम्पुर्ण राजनैतिक दलहरु प्रतिवन्धित भएको र मुक्तिगामी जनताको मनमा विद्रोह र परिवर्तनको उत्कट चहाना हुदाहुदै पनि विभिन्न किसिमका डर, त्रास, धम्मीका कारण संगठित रुपमा आन्दोलन हुन सकिरहेको थिएन । पछि २०३६ सालमा पाकिस्तानी नेता जुल्फीकर अली भुट्टोको हत्याको विरुदमा भएको शसक्त सयुक्त विद्यार्थी आन्दोलनको प्रभावको कारण रुकुम जिल्लामा पनि संगठित रुपमा विद्यार्थी आन्दोलनको प्रारम्भ हुन थाल्यो । २०३७ माघ १० गते मा.वि. हाँसिवाङ सिम्लीमा ठुलो संख्यामा विद्यार्थीहरुको सहभागितामा साहित्यकार एंवम विद्यार्थी नेता तथा महान सहिद कृष्ण सेन इच्छुक र गायक तथा विद्यार्थी नेता तिलक वैरागीको उपस्थितिमा प्रथम जिल्ला सम्मेलन गरी भक्त वहादुर चन्दको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्माण गरी रुकुमेली क्रान्तिकारी विद्यार्थी आन्दोलन संगठित रुपमा प्रारम्भ भएको हो ।

रुकुमेली प्रगतिशिल तथा क्रान्तिकारी विद्यार्थीहरुले दृढताका साथ आफ्नो आवाज वुलन्द गर्दै रुकुममा क्रान्तिकारी आन्दोलनको जग वसाए । हालसम्म आईपुग्दा संगठनले संघर्ष, वर्ग संघर्ष, शस्त्र संघर्ष को साथै थुप्रै उतारचडावहरु व्यहोर्नु प¥यो । विशेषत १० वर्षे जनयुद्धको क्रममा वाल्य अवस्थामा थुप्रै विद्यार्थीहरुको प्रतिक्रियावादी, सामान्ती, निरङकुश राज्य सत्ताको बर्बर दमन, अन्याय अत्यचार खेप्नु प¥यो । केही घाईते अपाङ्ग वेपत्ता पनि भए भने थुप्रै यौद्धाहरु क. धर्म ओली, क. हरि चन्द्र पुन, क. खम्बु घर्ति, क. कमान पुन, क. नविन के.सी., क. नविन वोहरा लगायतका २ दर्जन भन्दा वढि यौद्धाहरुले आफ्नो जीवन राष्ट्रको मुक्ति नेपाली जनताको सुख, शान्ति, समृद्धि र समग्रमा भन्दा राजतन्त्रात्मक संसदीय व्यवस्थालाई ध्वंस गरी जनताको उत्कृष्ट शासन व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको निम्ती बलिदानी गर्नु भयो ।

election adv.

जसको महान सपना वोकेर देश र जनताको पूर्ण न्याय, मुक्ति र स्वतन्त्राको निम्ती , राजनैतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रको आमुल रुपान्तरणको निम्ती, देशमा स्थायी शान्ति, समृद्धि , समानता र स्वाधिनताको विजारोपनको निम्ती आफ्नो छातीमा संगिन रोपेर आफ्नो आस्था विचार ढल्न दिएन । सामन्ती, प्रतिक्रियावादी, राजतन्त्रात्मक संसदीय राज्यसत्ताको अगाडि वर्गिय निष्ठा र लाल झण्डालाई झक्न दिएन । त्यति ठुलो त्याग, तपश्या, समर्पण बलिदानीको कारण नेपाली प्रतिक्रियावादी राज्यसत्ता मातृ पार्टी तत्कालिन ने.क.पा. माओवादी नेतृत्वको संचालित महान जनयुद्धको अगाडि सामान्ती व्यवस्था घुडा टेक्न विवश भयो । तत्कालिन नेतृत्वको परिस्थितिको ठोस विश्लेषण्को अपुगता कथित काँग्रेस, एमालेको षड्यन्त्र वुझ्न नसक्दा जनयुद्धवाट प्राप्त उपलब्धीका रक्षा र विकास गर्न नसक्दा राजतन्त्र त ढल्यो । तर देश फेरी अर्को प्रतिक्रियावादी राज्य व्यवस्था संसदीय व्यवस्थाको चङगुलमा फस्न पुग्यो । त्यस पश्चात नेपाली राजनैतिकमा क्रान्तिकारीहरुमा निराशा छाउदै गयो । यसको प्रत्यक्ष रुपमा विद्यार्थी आन्दोलनमा पनि प्रभाव प¥यो । र अन्तत स्थास्थिति र प्रतिगमनको विरुद्ध अन्तर संघर्षलाई निर्णायक वनाउनु पर्ने वाध्यता देखियो । २०६९ सालमा नरेन्द्र वि.क. रुकुम, रोल्पा र सल्यान जिल्ला इन्चार्जको रुपमा विद्यार्थी केन्द्रिय कमिटीवाट आएर रुकुमेली विद्यार्थी संगठनमा देखा परेको यथास्थिति र प्रतिक्रान्तिका रुपमा क्रान्तिकारी विद्यार्थी नेताहरुलाई सचेत र जागरुक वनाउदै अखिल क्रान्तिकारी रुकुमको नयाँ अध्याय सुरु भयो । त्यस पश्चात पनि संगठनले थुप्रै उतार चडाभहरु व्यहोर्नु प¥यो । मातृ पार्टी भित्र विभिन्न खाले प्रवृतिहरुको विरुद्ध निरन्तर संघर्ष गर्दै जानुपर्ने भयो । यथास्थिति जडता र अकर्मयातका विरुद्ध मातृ पार्टी निरन्तर अन्तर संघर्ष गर्दै पुनः पार्टी भित्र भएका सवै खाले विकृतिहरुको विरुद्ध अन्तर संघर्षलाई उचाईमा पु¥याए पछि त्यसको प्रभाव अखिल क्रान्तिकारी रुकुममा पनि प¥यो । निरन्तर रुपमा प्राप्त उपलब्धीहरुलाई जोगाउँदै शैक्षिक संघर्षहरुलाई विशेष रुपमा अगाडि वढाईरहेको छ ।

अखिल क्रान्तिकारी रुकुमको स्थापना कालदेखी हालसम्मका नेतृत्वहरु
१) भक्त वहादुर चन्द २) रेशम शाह ३) टिकाराम वस्नेत ४) मोहन ओली
५) पहल वहादुर पुन ६) जित वहादुर शाह ७) हेमन्त प्रकाश ओली ८) जयलाल नेपाली
९) पुर्ण वहादुर घर्ति १०) गणेशमान पुन ११) श्याम वहादुर वोहरा १२) तेज वहादुर ओली
१३) गोपाल शर्मा १४) गोपाल वोहरा १५) लुम्विनी गौतम १६) अनिल शर्मा
१७) इन्द्र वहादुर ओली १८) राम वहादुर के.सी. १९) खुमराम के.सी. २०) धनमान पुन
२१) माल वहादुर खत्री
पार्टी विभाजन भएपछिका संयोजक तथा अध्यक्षहरु ः
१)शमिर गौतम २) मनोज ओली ३) रुद्र गिरी ४) भिम ओली
५) प्रेमचन्द्र खड्का ६) दिपक विष्ट ७) सुरेन्द्र वस्नेत

अखिल (क्रान्तिकारी) रुकुमको आगामी कार्यभार
हाम्रो इतिहास विरता, बलिदान, त्याग, तपश्या र संघर्षका अनमोल गाताहरुले सृजिएको छ । २०२६ सालमा रुकुमका क्रान्तिकारी विद्यार्थीले घुुस खाने रेन्जर र प्रहरीलाई कालोमोसो दलेको इतिहास देखी, १० वर्षे जनयुद्धको बलेमा रुकुमेली क्रान्तिकारी विद्यार्थीहरुले खेलेको भूमिका अदत छ । त्यस्तै २०७४ सालमा अवैधानिक कलेज विरुद्ध भएको निर्णायक आन्दोलन पनि प्रशंतिय छ । यि सवै प्रतिनिधि मुलुक घटनात्मक संघर्षहरु हुन् । स्थापना कालदेखी नै हाम्रो संगठनले थुप्रै राजनितिक तथा विचार धारात्मक, शैक्षिक, सामाजिक संघर्ष पुरा गर्दै साथै इतिहासले सुम्पेका सवै अभिभारा पु्रा गर्दै आएको र आगामी दिनमा हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) रुकुमका निम्न कार्यभारहरु रहने छन् ।
१) रुकुम जिल्लामा संचालनमा रहेको सम्पुर्ण शैक्षिक संस्थाको विवरण तयार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न छलफल, बहस तथा अन्तरक्रिया संचालन गर्ने ।
२) निजी शैक्षिक संस्थाहरुको अध्ययन, अनुगमन गरी उनीहरुले दिएको शुल्कलाई सर्वशुलभ र एकरुपता बनाउनको निम्ती प्यावलन एन व्यान्सन, शिक्षा निकास तथा समन्वय इकाईसँग पहल गर्ने ।
३) नेपालको कथित संविधान २०७२ मै व्यवस्था भए बमोजिम आधारभूत शिक्षा अनिवार्य र माध्यामिक शिक्षा निशुल्क भए, नभएको अनुगमन गर्ने यसलाई कार्यान्वयन गराउन दबाव सिर्जना गर्ने ।
४) विद्यार्थीहरुलाई सार्वजनिक यातायातका ४५ प्रतिशत छुट भनी गरिएको पुर्वसहमतिलाई कार्यान्यन गराउन संघर्ष गर्ने ।
५) निजी शैक्षिक संस्थामा हुने व्यापारको अन्त्यको निम्ति संघर्ष गर्ने ।
६) कथित स्थानीय सरकारले शिक्षामा निजीकरयण र व्यापारीकरणलाई प्रोत्साहन गर्ने गरी सरकारी विद्यालयलाई गाभ्ने कार्यको हुन नदिने । विद्यालय समायोजन अवैधानिक, अव्यवहारिक र जनचाहाना विपरित भएकोले
७) निजी तथा संस्थागत विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति अनिवार्य कार्यान्वयन गराउन अविलम्न पहल गर्ने ।
८) रुकुम जिल्लामा अनुमति विना संचालनमा रहेका शैक्षिक तथा स्वास्थ्य संस्थाको अनुगमन गरी तिनीहरुको खारेज गर्ने अग्रसर हुने र संस्थागत विद्यालय शुल्क निर्धारक तथा मापदण्ड निर्देशिका २०७२ पुर्णत लागु हुनुपर्ने ।
९) सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्राविधिक कोर्ष रहेका विद्यालयमा प्राविधिक कोर्षको शुल्क सर्वसुलभ वनाउनको निम्ति अविलम्न पहल गर्ने ।
१०) शिक्षा क्षेत्रलाई व्यापार सम्झी अनुमति विना बोलिएका इन्स्टिच्युट ट्यूसन सेन्टरहरुको खारेज गर्न निर्णायक आन्दोन गर्ने ।
११) विगतदेखी उठाउँदै आएको वैज्ञानिक समाजवादी शिक्षा प्रणाली, समान निशुल्क वैज्ञानिक व्यवहारिक व्यवस्थायिक, उत्पादनमुलकुतालाई पुर्णता दिनै वैज्ञानिक समाजवादी चेतनासहितको आत्मनिर्भर, दक्षा तथा प्राविधिक जनशक्ति निझाचबतब संद्धर्ष पाल्ने
१२) मालेमावादी विचार धारामा आधारित २१ औँ शताब्दीको दलाल पुँजीवादको अन्त्य विश्व सर्वहारा वर्गका जनताको मुक्ति र नेपालका वैज्ञानिक समाजवादी सत्ताको स्थापनको खातिर मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले लिएको कार्यदिशा एकिकृत जनक्रान्तिमा प्रतिवद्ध भई क्रान्तिको मार्गमा निरन्तर हिड्ने ।
१३) संगठनलाई राजनितीक तथा विचारधारात्मक हिसावले सृदृढ, व्यवस्थित र परिपक्क वनाई समाजमा रहेका सवै खो विकृति, विसङगतिको डण्डाफोर गर्नु ।
१४) पछिल्लो समयमा हप्तैपिच्छे पेट्रोलियम पदार्थमा गर्दै गर्दै आएको मुल्य वृद्धि विरुद्ध विरोध प्रदुषण गर्नु ।
१५) जिलमा हुने महंगी, कालोवजारी, अनियमितताका विरुद्ध संघर्ष गर्ने ।
१६) समाज भित्र सवै खोल शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद र असमानताका विरुद्ध उभिने र सामाजिक न्यायका पक्षमा संघर्ष गर्ने ।
१७) “जनतका छोराछोरी सवै अखिल (क्रान्तिकारी) भन्ने मुल नारा साथ सवै रुकुमेली क्रान्तिकारी विद्यार्थीहरुलाई संगठित गर्ने ।
लेखक बोहरा अखिल (क्रान्तिकारी) रुकुमका सचिब हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto