Input your search keywords and press Enter.

दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगीता

सर्जना कार्की
समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पुर्वाधार भन्ने मुल नाराका साथ रुक्मेणी माध्यमिक विद्यालय रुकुमकोट रुकुम पुर्वले ३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवस वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरेको छ ।
सिस्ने गाउँपालिका र हुरेड कार्स नेपाल रुकुम पुर्वको आर्थिक सहयोग तथा रुक्मेणी माध्यमिक विद्यालय रुकुमकोटको आयोजनामा गरेको हो । कार्यक्रममा सिस्ने गाउपालिका वडा नम्बर ५ का मा. वि २ र आधारभुत ३ गरि जम्मा ५ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । मा.वि. तहको समृद्ध राष्ट्र निर्माणमा विद्यार्थिको भुमिका भन्ने शिर्षकमा भएको प्रतियोगितामा ५ जनाको सहभागीता जनाएका थिए । जसमा रुक्मेणी माविका अशोक गौतम प्रथम, कोट मावी रुमालबाराका सन्तुलन नेपाली द्धितिय र रुक्मेणी माविकै प्रतिक्षा दाहाल तृतीय भएका छन ।

त्यसैगरी आधारभुत तहको वातावरण संरक्षणमा विद्यार्थिको भुमिका भन्ने शिर्षकमा भएको प्रतियोगितामा ९ जनाको सहभागिता रहेको थियो । जसमा कोट मावी रुमालबाराका सुदर्शन नेपाली प्रथम, रुक्मेनी माविका रेनिज आचार्य द्धितिय, कोट मावि रुमालबाराका प्रविन परियार तृतीय भएका छन । विजयीहरुलाई प्रमाणपत्र र नगदले सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव चन्द्र समालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख गजेन्द्र बहादुर वलिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कुमारी बराल,स्रोत व्यक्ति बल बहादुर शाही, तालिम प्रशिक्षक चन्द्र बहादुर मल्ल, सिस्ने शिक्षा क्याम्पस प्रमुख तिब्र गौतम, हुरेड कार्सकी सुपरभाईजर संगिता गौतम, सिस्ने ५ का वडा सदस्य फनेन्द्र आचार्य र कृष्ण विक्रम शाह लगायतको उपस्थिति रहेको थियो । प्राचार्य कृष्ण गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक बसन्त गौतमले गरेका थिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares