डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा सडक सोलार बत्ती जडान गरिएको छ । नयाँ सहरी बिकास कार्यालय चौरजहारीको १ करोड ८५ लाखमा नगरपालिकाका बिभिन्न ठाउँमा १ सय ६५ वटा जडान गरिएको हो ।
बजार क्षेत्रमा हुने अपराधीक घटनालाई कम गर्न सोलार बत्ती जडान गरिएको हो । सहरी बिकास कार्यालय चौरजहारीका प्रमुख रञ्जन दास कर्णका अनुसार चौरजहारी भ्याली भित्र १ सय ४४, बिजयश्वरीमा ३, मेलैनाउलीमा ३, नार्जिमा ४, शान्तिबजारमा २, चन्द्रबजारमा २, टाटामा ३ र चौफाबजारमा ४ वटा सोलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडान पछि बजार क्षेत्रमा हुने अपराधीक क्रियाकलाप कमि सँगै रातको समयमा आवतजावत गर्न सजिलो हुने उनको बिश्वास छ । सोलार बत्ती जडान गरेपछि बजारमा रातको समयमा काम गर्न सडकमा यातायात चलाउन सजिलो भएको ब्यापारी बिरेन्द्र बिसीले बताए ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto