Input your search keywords and press Enter.

काठमाण्डौँमा भूमेको प्रशंसा

जयमान बुढा ममर
मुसिकोट
रुकुम (पूर्व) को भूमे गाउँपालिकामा रहेका पर्यटकीय जानकारी समेटिएको पुस्तिका ‘भूमे चिनारी’ र तिनवटा वृत्तचित्र एकसाथ बिमोचन गरिएको छ । गत भदौ ११ गते राजधानी काठमाण्डौँमा भूमे गाउँपालिकाद्घारा आयोजित कार्यक्रममा बिच सभामुख कृष्णबहादुर महरा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सार्बजनिक गरे । बिमोचन कार्यक्रममा बोल्दै सभामुख महराले रुकुम पूर्व र भूमे गाउँपालिकामा विश्व सम्पदा सूचीमा रहने थुप्रै सम्भावना बोकेको ठाउँ रहेको बताए ।

भूमेका पर्यटकीय तथा सांस्कृतिक महत्वका तस्बिर पर्यटन बोर्डमा प्रदर्शनीका लागि समेत राखिएको थियो । ‘रुकुम पूर्वमा रहेका मगर संस्कृति तथा जीवनशैली, युद्ध सम्पदा, साँस्कृतिक सम्पदा र प्राकृतिक सम्पदाहरु नेपालको मात्र नभई विश्वस्तरकै सम्पदा सूचीमा रहने सक्ने सम्भावना प्रशस्त छ’ सभामुख महराले भने, ‘यहाँका युद्ध सम्पदाहरुलाई विश्वमा चिनाउन र गुरिल्ला मार्गलाई पैदल मार्गको रुपमा विकास गर्न सक्यौँ भने भूमेलाई विश्वमा नै आकर्षित गर्न सकिन्छ ।’ भूमे गाउँपालिकामै पर्ने चुनबाङ भेडीडाँडा बैठकबाट माओबादी आन्दोलन युद्धको धारबाट शान्तिपूर्ण धारमा आउने निर्णय गरेको भन्दै उनले शान्तिपूर्ण तरिकाले गणतान्त्रिक नेपाल निर्माण गर्ने महाअभियानमा त्यस ठाउँले महत्वपुर्ण भुमिका खलेको बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी गुरिल्ला पदमार्ग, युद्ध संग्रहालय निर्माण र युद्ध पर्यटनको प्रवद्र्धनका लागि सरकारले आवश्यक बजेट छुट्याएको बताए ।

वृत्तचित्र तथा भूमे चिनारी पुस्तिका किन ?
भूमे गाउँपालिकामा रहेको पर्यटकीय तथा सांस्कृतिक महत्वका ठाउँ प्रचारप्रसारका लागि बृत्तचित्र र भूमे चिनारी प्रकाशन गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढाको भनाई छ । भूमेले बिभिन्न बाटोबाट समृद्धि गर्नको लागि यो एउता विकासको मार्ग निर्देशक गर्ने वृत्तचित्र तथा भूमे चिनारी नामक पुस्तिका रहेको उनले बताए । ‘यो भूमेको मात्र पहिचान समेतिएको नभई रुकुम पूर्वको भेषभूषा, जनजीवनको अध्ययन पुस्तिका बनेको र यसबाट देश तथा विदेशमा प्रचार माध्यम बन्ने छ’ अध्यक्ष बुढाले भने ।

कसरी बन्यो बृतचित्र र चिनारी ?
वृत्तचित्र तथा भूमे चिनारी पुस्तिक गाउँपालिकामा पर्यटकहरुलाई भित्र्याउने उद्देश्यले प्रचारसमाग्रीको रुपमा तयार पारिएको हो । जसलाई पर्यटन विज्ञ सुरेन्द्र राना मगरले निर्देशन गरेका हुन । जसमा रानाले “हाम्रो भूमे हाम्रो संस्कृति” र कुमार चौलागाईको “भूमेको भूगोल” र “गुरिल्ला पर्यटन वृत्तचित्र” निर्देशन गरेका हुन । पुस्तिका र वृत्तचित्र प्रकाशन तथा विमोचित गर्दा करिब १७ लाख रुपैयाँ खर्च लागेको गाउँपालिका अध्यक्ष बुढाले बताए ।

काठमाण्डौँमा विमोचित किन गरियो ?
स्थानीय सरकारको वरपर रहेका पर्यटकीय तथा सांस्कृतिक महत्वका स्थान र सामाग्रीहरुमा केन्द्र सरकारको ध्यान दिन राजधानी काठमाण्डौमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ । पुस्तक र वृत्तचित्रमा पर्यटकको लागि मात्र जानकरी नभएर ग्रामिण क्षेत्रको कष्टकर जनताका समस्यालाई पनि उल्लेख गरिएको आयोजकले बताएको छ । वृत्तचित्रमा भूमेका जनताहरुको संस्कृतिको अबस्था, भौगोलिकको अवस्था, १० बर्षे जनयुद्धकालमा शहिद परिवार, घाइते, अपाङग तथा वेपत्ता परिवार र ग्रामिण क्षेत्रका समस्यालाई चित्रण गरिएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *