Input your search keywords and press Enter.

काठमाण्डौ शहर र त्यहाँको फोहर

लाल बहादुर केसी
काठमाण्डौ अति सुन्दर शहर हो । यहाँ विभिन्न जात जाती, वर्ण, धर्म, सस्कृति, भाषा भाषी, भेषभुषा, लवाई खवाई चालचलन भएका र नेपालका हरेक विभिन्न प्रकारका गाउँ ठाउँहरुवाट र विदेशका पनि विभिन्न देशका विभिन्न ठाउँहरुवाट आएका मानिसहरुको वसोवास आवतजावत हुने शहर हो ।
यहाँ नेपालदेखि लिएर विश्वकै अति उच्च सोसाइटीमा जन्मिएका र हुर्किएका विद्वानदेखि लिएर महाविद्वान र गए गुज्रिएकादेखि लिएर मगन्ते सम्मका मानिसहरु बसोबास गरी बस्ने ठाउँ हो यो काठमाण्डौ शहर । नेपाल अधिराज्य कै अति संवेदनसिल शहर र नेपालको मुटु भनेर राजधानीको रुपमा रहेको शहर हो काठमाण्डौ यो शहरलाई विश्वकै अति सुन्दर वनाउनमा नेपाल राष्टूको निर्माण समृद्धि र विकास गर्ने जिम्मा पाएका र जिम्मा लिएका पार्टी र ति पार्टीहरुमा अगुवा भै देश हाक्ने जिम्मा लिएका ब्यक्तिहरुको हातमा र काँधमा ठुलो जिम्मेवारी र जवाफ देहिता रहेको हुन्छ ।
यस काठमाण्डौ शहरमा पूर्व राजादेखि लिएर उच्च पदस्थ ब्यक्तिहरु महामहिम राष्ट्रपति उपराष्ट्रपति सम्माननिय प्रधानमन्त्री, सभामुख, प्रधान न्यायधिस, प्रधान सेनापति, विभिन्न विभागिय मन्त्रीहरु, मुख्य सचिब, सचिबहरु, विभिन्न विभागका प्रमुखहरु लगायत विभिन्न आयोगका आयुक्तज्युहरु लगायत अन्य राष्ट्र निर्माण गर्नेदेखि लिएर राष्ट्रामा शान्ति सुरक्षा र अमनचयन कायम गर्दा राष्ट्रको सुरक्षा गर्ने ब्यक्तिहरु, विधायीका सांसद, मानव अधिकारकर्मी, ज्ञानका जानकार, ज्ञाता, नगरिक समाजका अगुवा, न्यायकर्मी ब्यक्ति, विभिन्न विषयका विषयविद, वैज्ञानिक र विभिन्न क्षेत्र र निकायका जानकारहरुको वसोवास भएको शहर हो यो काठमाण्डौ शहर ।

यो काठमाण्डौ शहर भनेको विश्वमै मन्दिरै मन्दिरको शहर भनेर चिनिने शहर पनि हो । काठमाण्डौ सहरलाई पशुपतिनाथको सहर भनेर पनि धेरै जसो देशका मान्छेहरुले चिन्ने सहर पनि हो काठमाण्डौ । कतैकतै त नेपाललाई पशुपतिनाथको देश भनेर पनि चिन्दारहेछन अन्य देशका मानिसहरुले यस काठमाण्डौ भ्यालीभित्र स्थापित गरिएका अनमोल निधिका रुपमा रहेका मन्दिरहरु मध्ये पशुपतिनाथ मन्दिर, स्वायम्भुनाथ मन्दिर, कृष्ण मन्दिर, न्यातपोल मन्दिर, भालेश्वर महादेव मन्दिर, दक्षिणकाली मन्दिर, शोभाभवाती मन्दिर, संकटा मन्दिर लगायत काठमाण्डौ सहरका ठाउँठाउँमा गल्लिहरु अनगिन्ती हरेक प्रकारका मन्दिरहरुदेखि लिएर विभिन्न स्थानहरुमा गुम्बा महागुम्बाहरु प्नि रहेका छन । नेपाललाइ विश्वमै सुन्दर सहर र मन्दिरै मन्दिरको सहर भनेर चिनाउनका लागि समृद्ध नेपाल र सुखी नेपाली वनाउने कल्पना वोकी लक्ष्य उद्देश्य र दुरदृष्टि राखेका जिम्मेवार ब्यक्तीहरुले नाराका लागि नारा मात्र नवनाई यसलाई कार्यान्वयन पक्षमा लिई तुरुन्तका तु गर्न गराउन सक्नु पर्दछ ।
अर्को आवश्यकीय पक्ष के देखिन्छ भने यो काठमाण्डौ भ्याली किन यति फोहोर छ रु यस वारेमा सरोकार राखी सरोकारवाल पक्षहरुसंग मात्र राखी काठमाण्डौ सहर राष्टूको मेरुदण्ड जस्तो मुटु ठाउँमा मानिसहरु नाक थुनेर हिडनु भनेको त राष्ट्रकै बेइज्जत र नाम जाने कुरा हो । काठमाण्डौ भ्यालीभित्र पैदलयात्र गर्दा कहाँ कहाँ के के भइराखेको छ कहाँ के बिग्रिराखेकोछ कहाँ कहाँ के के वनाइदैछ कहाँ कहँ के के वनाउन आवश्यक छ कहाँ राम्रो भई राखेकोछ र कहाँ राम्रो वनाउन आवश्यक छ भन्ने कुरा बुझिदो रहेछ । काठमाण्डौको सिमाना पिपलचोक, नागढुङ्गा, थानकोट, कलंकी, कालीमाटी, बल्खु, मेघा अस्पताल, नख्खु भैसेपाटी हुदै बुंमतीसम्मका सडकका वरिपरि र छेउमा साह्ै नाक थुनेर हिड्नु पर्ने खालको दुसित फोहोर छैन । यो सडक विचमा कम कम र वरिपरि केही फोहोरहरु छ । यहाँ सुधार गर्नु पर्ने नितान्त आवश्यक छ । एकान्त कुनादेखि नारायण गोपालचोकसम्म सडक वरपर विभिन्न प्रकारका फोहोरका थुप्राहरु थ्ुपारिएका छन । सडक वरपर हिलै हिलो र कियडहरु भै खुटै डुब्ने डर छ सडक वारपार गर्दा विभिन्न प्रकारका उपकरणहरु राखिएका छन । ग्वार्कोको परपट्टी सडकहरुमा जे.सी.बी. मेशिनहरु, डोजर मेशिनहरु र अन्य पुराना थोत्रा थात्री मेशिनहरु सडकका छेउमा राखिएका छन । र सडकमा खाल्डा खाल्डीहरु परेर विजोक छ । नारायण गोपालचोकदेखि बुढानिलकण्ठ जादाँको सडक वरिपरिको अवस्था पनि एवं तरिकावाटै वरपर विभिन्न प्रकारका फोहोर मैला फ्याकिएका छन । फोहोरको दुर्गती उस्तै छ । नारायण गोपालचोकदेखि गंगबु वसपार्क हुदै कलंकीचोक सम्म र नारायण गोपालचोकदेखि महाराजगन्ज, सितलनिवास, पानीपोखरी, ताहाचल, लाजिम्पाट, दरवारमार्ग, भोटाहिटि, जमल, घण्टाघर, रत्नपार्क, भद्राकाली, सुन्धारा, सहिदगेट, खिचापोखरी, त्रिपुरेश्वर, टेकु, ठमेल, भृकुटीमण्डप, सिंहदरवार, डिल्लीवजार, वागवजार, माइतीघर, थापाथली, हरीहरभवन, पुल्चोक, जावलखेल, लगनखेल, बबरमहल, तिनकुने, बौद्ध, अन्तराष्ट्रिय विमानस्थल, गौशला, चावहिल, वानेश्वर, मैतिदेवी, कालोपुल, रातोपुल, चारखाल, ज्ञानेश्वर, अनामनगर, चन्डोल, नागपोखरी, बालाजु, पाटनकृष्ण मन्दिर क्षेत्र, सुनधारा, धराहरा, ए.एन.सी., बिर अस्पताल, पाटन अस्पताल, टेकु अस्पताल, टिचिङ्ग अस्पताल, जनमैत्री अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल, थापाथली अस्पताल, सिभिल अस्पताल, बाँसवारी न्युरो अस्पताल, सैनिक जंगी अड्डा, प्रहरी प्रधान कार्यालय, टंगाल, राजदुतावासका विभिन्न क्यम्पस, कलेज र विद्यालयहरुका वरिपरि विभिन्न प्रकारका समाधान गर्न सकिने खालका फोहोरहरु छन ।

यी स्थानहरुमा जिम्मेवार ब्यक्तिहरुको फोहोर मैला ब्यवस्थापन गर्ने इच्छा शक्ति भएमा तुरुन्त समाधान गर्न सकिने अवस्था छ । तर यस काठमाण्डौ भ्याली भित्रवाट बग्ने खोला र नदी वरपर भयवहको स्थिती देखिन्छ । सवै भन्दा बढि फोहोर र नाकै थुनेर हिड्नु पर्ने अवस्था भनेको त विष्णुमति नदीको किनारामा छ । विष्णुमति नदिका किनारा वरिपरी चोभारदेखि गंगबु माथिसम्म पुरा डुङडुङती गन्ध आएर मानिसहरु वरिपरि सडकमा हिड्दा माक्स लगाएर नाक थुनेर हिडिरहेको दृश्य देखिन्छ । कालीमाटी पुलदेखी माथि जाँदा त झनै हैरानको अवस्था छ । सडक वारिपरि फोहोरका त्यतिकै डङगुर छन । भने विष्णुमतिका किनारा वरिपरि पनि त्यतीकै फोहोरका डङगुरहरु छन । यसरी सहरवाट निस्कीएको फोहोर तह लगाउन नसक्नु भनेको ठुलो बिडम्वना हो । सवै भन्दा बढि सुधार गर्नु पर्ने स्थान विष्णुमति वरपर किनार र सडक एवं रितले यस सहरवाट वग्ने नदी मध्ये विना मुहानको नदीको नामले चिनिने नदी वागमती नदी वरपर किनारा र सडक भ्याली भित्र पुरै नख्खुखोला, मनाहराखोला, हनुमन्तेखोला, सालीनदी आदिका वारिपरी किनारा र सडकमा मरेका जनावरहरु बिराला, कुकुर, गाईगोरु लगायतका जनावरहरुका अवशेषहरु, विभिन्न प्रकारका पुराना लत्ता कपडाहरु, विभिन्न सामानहरु प्याक गरिएका खोलहरु र अन्य अन्य धेरै धेरै फोहोर रहेका छन ।
यस्तो दुर्गन्धित फोहोर ठाउँको छेउछाउ र वरपर वस्ने मानिसहरुको दुरदशा र हालत कस्तो भएको होला । यस्तो दुर्गन्धित फोहोरले कति असर पारिरहेको होला । फोहोरले सहरको सौन्दर्यता बिगा¥यो बिगा¥यो साथै मानिसको स्वास्थ्यमा पनि गम्भिर असर पारि स्वास्थ्य नै बिगार्ने भयो । खास गरेर सडकमा र सडक वरपरतिर के के फोहोर दखिइ रहेका छन भने सवै भन्दा बढि मात्रमा करेट, गुटकाका खोलहरु, चाउचाउ, विस्कुट, रेडबुल, पानीका बोतल, चुरोटका ठुटा र खोल विभिन्न पोलिथिन झोला, रिचार्ज कार्ड प्रयोग गरी फालेका पत्ता, फाटेका चप्पल, जुत्ता, छालाका टुक्रा, प्लाष्टिक कार्पेटका फटेका टुक्रा, पुराना सवै प्रकारका लुगा झुत्रा ,माक्स ,चक्लेट, चुइगम, औषधि लगायतका खोल लगायत विभिन्न प्रकारका खाली सिसि वोतलहरु, ढुंगा, गिटि, फलामका टुक्रा, विजुली र टेलिफोनका तारका टुक्रा आदि आदि फोहोरहरु सडकमा भेटिएका छन । यी फोहोरहरुलाई जिम्मेवार पक्षले तहलगाई सुन्दर सहर र नेपालीको जिवनको जिवनलाई स्वास्थ्य वनाउनतिर ध्यान दिनु पर्दछ । काठमाण्डौ उपत्यकाकालाई सुन्दर र सफा सहर वनाउन को को जिम्मेवार हुने र जवाफदेहि वन्ने भन्ने कुरामा खासै अप्ठ्यारो र जटिलता जस्तो देखिदैन । यो फोहोर आफसेआफ आकाशवाट र जमिनवाट उब्जिएको होइन । यो फोहोरहरु त हामीहरुवाट नै उब्जिएको हो । सवै भन्दन पहिले फोहोर उत्पादन गर्ने गराउने ब्यक्ति को हो त त्यो जिम्मेवारी जवाफदेहि एवं सजक हुनु प¥यो । त्यसपछि फोहोर मैला ब्यवस्थापन सम्वन्धित काम गर्ने ब्यवस्थापन गर्ने र निराकरण गर्ने निकायहरु को हुन ति निकायहरुले पनि आफ्नो जिम्मेवारी अनुसार काम कारवाहीको ब्यवस्था गरी फोहोर तह लगाउनतिर जवाफदेहि वन्नु प¥यो ।

सर्वप्रथम फोहोर मैला ब्यवस्थापन सम्वन्धि निति नियम वनाउने निकायहरु नेपाल सरकारका मन्त्रालयहरु मध्ये खानेपानी तथा सरसफाई मन्त्रालय र जनसंख्या तथा वातावरण मन्त्रालय यी दुई मन्त्रालयहरुले निति नियम र ऐन कानुनहरुको निर्माण र बजेटको ब्यवस्था गरी गराई लागु गर्न गराउन लाग्नु प¥यो । त्यस पछि फोहोर मैला ब्यवस्थापन विभाग डिभिजनल कार्यालय र अन्य यससंग संलग्न कार्यालयहरु, स्थानीय निकाय, यस भ्यालीभित्रका सवै प्रकारका स्थानीय निकायहरु पनि सक्रिय रुपमा लागि सरसफाई र ब्यवस्थापन गर्न ठुलो भूमिका खेल्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र सवै तहका वडा कार्यालयहरुआदि आदि दिलैदेखि लाग्न सक्नु पर्दछ ।
फोहोर निस्कने भनेकै घरवाट, पसलवाट, कारखानावाट, विद्यालयवाट र कार्यालय आदिवाट हो । यी स्थानका ब्यक्तिहरुलाई सम्वन्धित निकायहरुलाई जनचेतना जगाउने खालका कार्यक्रमहरु संचालन गरी जनतालाई सजक वनाउन सक्नु प¥यो । दोस्रो कुरा आफ्नो घरवाट वा स्थानवाट निस्किएको फोहोरलाई जथाभावी नफ्याकी इकै ठाउमा ब्यवस्थीत तरिकाले संकलन गरी फोहोर मैला उठाउने कन्टिनेयरमा हालि दिनु प¥यो । त्यो कन्टिनेयर वोक्ने गाडीले दैनिक रुपमा सवै फोहोर उठाउने वातावरण मिलाउनु प¥यो । हरेक प्रकारका पेशा ब्यवसाय गर्ने ब्यक्ति वा पसल, होटल आदि आदिले आफ्नो आफ्नो ठाउवाट निस्कने फोहोरलाइ व्यवस्थित गरी राख्न आफ्नै तरिकावाट व्यवस्था गर्नु प¥यो र उपभोक्ता व्यक्तिहरुले पनि आफुले उपयोग अथवा प्रयोग गरेमा विभिन्न वस्तुका खोल, ठुटा, वोतल, व्यारा, लत्ताकपडा आदि आदि खालका फोहरहरु सडक छेउछाउमा यत्रतत्र नफालि फोहर मलाई कन्टिनर राखी सवै भन्दा उत्तम काम नै त्यो हो । पसलेहरुले उपभोक्ताहरुले प्रयोग गरि वाँकि रहेका वस्तुका अवशेषहरुलाई पनि कन्टिनरमा तुरुन्त व्यवस्थीत गर्न सक्नु पर्दछ । एव तरिकवाट विद्यालयहरु, कार्यालयहरु र अन्य सार्वजनिक संघ संस्थाहरुले आफ्नै निश्चित ठाउँमा कन्टिनर राखी फोहोर मैला व्यवस्थपन गरी हाम्रो शहर, नगर सफा राखौ अति निरोगी बनौ भन्ने चेतना राखी फोहोरको ब्यवस्था गर्नु अति आवश्यक छ । सरसफाई फोहोर व्यवस्थपन गर्नु पनि मानविय धर्म हो । यो कुरा सवैले बुझ्न सक्नु य¥यो ।
काठमाण्डौ उपत्यका भित्र बसोवास गर्ने मानिसहरुको संख्या ठ्याक्कै यति नै छ भनि एकिन गर्न नसकिएता पनि करिब करिब ७० लाखको हारहारीमा वसोवास गरी बस्ने अनुमान गरिएको छ । अव स्थानीय सरकार गठन भई सकेपछि र आआफ्नो गाउँठाउँ र टोलटोलमा वडा अध्यक्ष र वडा सदस्य प्राप्त गरी सहज अवस्था प्राप्त गरी सकेको समयमा प्रत्येक घरको, पसल, विद्यालयको, कार्यालयको, विभाग र मन्त्रालयहरुको तथ्यांक लिन त्यती गाहे र असहज छैन । आ आफ्नो टोलका सदस्यज्युहरुलाई प्रत्येक माथि उल्लेखित ठाउको जनसंख्याको तथ्यांक संकलन गरी प्रत्येक घर, पसल, विद्यालयको, कार्यालयको, विभाग र मन्त्रालयमा रही काम गरी बसोवास गर्ने ब्यक्तिको संख्या निकाली त्यो ठाउँमा वस्ने प्रत्येक ब्यक्तिवाट दिनको रु १ को हिसावले फोहोर मैला ब्यवस्थापन शुल्क कायम गरी उठाउने र यस शुल्कलाई कतै पनि चुहावाट नहुने गरी पारदर्शी र व्यवस्थित तरिकाले व्यवस्था गर्न सक्नु नै अति उत्तम हुने देखिन्छ र १ वर्षमा करिब करिक ७० लाख जनसंख्यावाट वर्षमा ३६५ दिनका हिसावले करिब करिब रु २५,५५,००,०००। उठाउन सकिन्छ ।

पैसा भन्ने बाघको मुखमा हुन्छ भन्ने चलन छ, पैसा त्यसै र सोझै त उठदैन । पैसा उठाउन धेरै मेहनत गर्नु पर्दछ र त्यती पैसा भएमा यसको सदुपयोग गर्न सकेमा नेपाल सरकार र स्थानीय सरकार दुवैलाई सहज परिस्थिती कायम हुन सक्छ । नेपालको सुन्दर सहर काठमाण्डौको सान, नेपाल सरकारको इज्जत स्थानीय सरकारको भरोसा पनि वढ्दै जान्छ र सुन्दर सहर वनाउने र फोहोरमैला ब्यवस्थापन गरी समृद्व नेपाल र सुखी नेपाली वनाउने नारा पनि विस्तारै सफल हुदै जानेछ । यो काम गर्न नचुकौ नभुलौ । काठमाण्डौ भ्यालीलाई सुन्दर सफा सहरको नामले चिन्ने वनाउँ र विश्वमा नेपालको इज्जत पनि वढाउँ । साथै फोहोरको वर्ग छुट्टाएर प्रत्येक स्थानीय निकायहरुले जरिवान गर्ने निर्णय गरि जरिवान असुल गर्ने गराउने जिम्मा वडा अध्यक्ष र वडा सदस्यहरुलाई दिनु पर्दछ ।
१. सवै भन्दा वढि जरिवाना रक्सी वोतल, चुरोटका ठुटा र खोल। सुर्तिका खोल, गुट्काका खोल फ्याकी फोहर गर्ने गराउनेलाई ।
२. सिसा, डिव्वा वोतल फ्याक्नेलाई ।
३. चक्लेट, चुइगम, विस्कुट, प्लास्टिक थैला, सिमेन्टका खाली बोरा, प्लास्टिक झोला, छाला, जुत्ता, चप्पल, झुत्रा कपडा र धातुका टुक्राहरु फ्याक्नेहरुलाई ।
४. ढुंगा, गिटि, फलामका टुक्रा, विजुली र टेलिफोनका तारका टुक्रा आदि फ्याक्नेहरुलाई ।
५. कागज, पोष्टर, सडेगलेका अन्य वस्तुहरु फ्याकी फोहर गर्नेहरुलाई कसुर हेरी जरिवाना गर्ने गराउन सक्नु पर्दछ ।
सडकपेटी, मठ मन्दिर, अस्पताल, हनुमानढोका दरवार, असन इन्द्रचोक, सुन्धारा लगायत अति संवेदनसिल क्षेत्रभित्र जिप, कार, ट्याक्सी, मोटरसाइकल र साइकलहरुलाई पाकिङ्ग गरि मानिस भित्र छिर्ने र सहरलाई खुला र सफा गर्ने ब्यवस्था मिलाई सहजता अपनाउनु पर्दछ ।
लेखक रुकुमका शिक्षक हुन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares