सर्जना कार्की
रुकुम पुर्व  : भूमे गाउपालिकाका विद्यालायहरुको रणनीतिक योजना निर्माण सम्बन्धि ३ दिने कार्यशाला गोष्ठीको उद्घाटन भएको छ । संघिय बिकाश केन्द्र र मिक नेपाल रूकुमको संयुक्त आयोजना तथा भुमे गाउँपालिका रूकुम पुर्ब र यूएमएन रूकुम कलस्टर को आर्थिक सहयोगमा गोष्ठी संचालन गरिएको हो । रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा आज एक औपचारिक कार्यक्रमको बिचमा प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख गजेन्द्र बहादुर ओलीले ब्यानर पढेर गोष्ठीको उद्घाटन गरे ।

election adv.

संघिय विकास केन्द्र नेपालका महासचिव सुन्दर शर्माको अध्यक्षतामा भएको गोष्ठी उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, सिस्ने गाउपालिका अध्यक्ष कुमारी बराल, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तिलक गौतम र भूमे गाउपालिका वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । विद्यालय सुधार परियोजनाको लागि पञ्च वर्षीय योजना निर्माण गर्न गोष्ठीको आयोजना गरेको बताईएको छ । गोष्ठीमा भुमे गाउपालिकाका २० वटा विद्यालयका बिब्यस अध्यक्ष र प्रधानध्यापक गरि ४८ जना र अन्य शिक्षा सरोकारवाला सहित ५५ जनाको सहभागीता रहने छ । गोष्ठीको सहजीकरण पानी कार्यक्रम रुकुम पश्चिमका जिल्ला संयोजक बम बहादुर खड्का र शैक्षिक तालिम विकास रुकुम पश्चिमका प्रमुख चन्द्र बहादुर मल्लले गर्नेछन । मिक नेपालका कार्यक्रम निर्देशक अविनाश बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मिक नेपालका कार्यक्रम संयोजक मुकुन्द पुनले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto