Home मुख्य समाचार रुकुममा पहिलोपटक सिभिल ओभरसियरमा पढाई

रुकुममा पहिलोपटक सिभिल ओभरसियरमा पढाई

4531
0

मेगराज खड्का
रुकुममा पहिलो पटक ३ बर्षे सिभिल ओभरसियरमा पठाई हुने भएको छ । प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटि) ले यस शैक्षिक सत्र देखि सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माबिलाई सिभिल ओभरसियरको कक्षा संचालन गर्न अनुमति दिएको हो । लामो समय प्रतिक्षा पछि रुकुम पश्चिम जिल्लामै पहिलो पटक सिभिल ओभरसियरको ३ बर्षे पढाई शुरु हुन लागेको बिद्यालयका प्राचार्य हरि प्रसाद खनालले जानकारी दिए । उनका अनुसार बिद्यालयले एक शैक्षिक शत्रमा बढीमा ४८ जना सम्म बिद्यार्थीहरु पढ्न पाउने छन । ‘रुकुमेली बिद्यार्थीहरुको लागि यो खुसिको कुरा हो, यसअघि रुकुम सगै छिमेकी जिल्लाहरु सल्यान र जाजरकोट सम्म पनि यो कक्षा थिएन’ उनले भने, ‘देशका मुख्य सहर र राजधानीम गएर पढ्नुपर्ने बिद्यार्थीहरु अब आफ्नै आटोपिठो आएर सिभिल ओभरसियरको पढाई गर्न सक्छन ।’ ४८ जनाको सिटमा ४ जना सिटिईभिटिले नै छात्रबृत्तिमा पारेका बिद्यार्थीहरु निशुल्क अध्ययनका लागि आउनेछन भने १ जना प्रबेश परिक्षामा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी पनि निशुल्क पढ्न पाउनेछन । त्रिभुवन जनता माबि रुकुम जिल्लाकै सबैभन्दा जेठो बिद्यालय हो ।

क-कसले पढ्न पाउछन ?
सिभिल ओभरसियरमा भर्ना हुनलाई यसअघि प्राबिधिक एसएलसी पढेका वा हालको एसईईमा सहभागी बिद्यार्थीहरुले कम्तिमा गणित र बिज्ञान बिषयमा सि र अन्य बिषयमा डि प्लस ग्रेड ल्याएको हुनुपर्छ । त्यस्तै न्यूनतम दुई जिपिए पनि ल्याउनु पर्छ ।

कति लाग्छ खर्च ?
सिभिल ओभरसियर पढाईको क्रममा लाग्ने खर्च बिद्यार्थीको ब्यक्तिगत जीवनशैली, खानपान र अन्य हिसाबले पनि खर्च कम वा बढी हुने भन्ने कुरा निर्धारण हुन्छ । तर सामान्यतया ३ बर्षमा ३ लाख सम्म खर्चमा पढाई सक्काउन सकिन्छ । बिद्यालयका प्राचार्य खनालका अनुसार प्रत्येक बर्ष बिद्यालयले प्रति बिद्यार्थी १ लाख रुपैयाँ खर्च लाग्छ । ‘हामीले एउटा बिद्यार्थीबाट १ लाख रुपैया १ बर्षमा लिन्छौं, ३ बर्षमा ३ लाख खर्च हुन्छ’ उनले भने, ‘त्यसबाहेक सिटिईभिटिले केहि थोरै मात्र शुल्क पनि लिनसक्छ अनी बिद्यार्थीको ब्यत्तिगत खानपान र बसाई खर्च त छुट्टै भयो ।’ सिभिल ओभरसियरको प्रयोगात्मक कक्षा संचालनमा लागि बिद्यालयले करिब १६ लाख रकम खर्च गरेर सामाग्री समेत ल्याएको छ । ‘बिद्यालय प्रशासन, जिल्ला स्थित राजनीतिक दल, जिल्लाबाट प्रतिनिधित्व गर्ने बिद्यार्थी संगठनका नेतृत्व र सरोकारवाला सबै निकायहरुको सहयोगले यहाँ सम्म बिद्यालय आएको छ’ प्राचार्य खनालले भने, ‘सबैको सहयोग र यसरी नै प्राबिधिक तथा व्यवसायिक शिक्षा बिद्यालय निरन्तर दिईराख्ने छ ।’ थप जानकारी लागि हेर्नुहोस यस्तो छ बिद्यालयले प्रकाशन गरेको बिद्यार्थी भर्ना सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here