Input your search keywords and press Enter.

प्राविधिक शिक्षालयको संभावना र औचित्य सम्वन्धि अन्तरक्रिया

गोपाल रेग्मी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना संभावना र औचित्य सम्वन्धि अन्तरक्रिया कार्यक्रम सुरु भएको छन । २१ औं सताव्दीको सूचना र प्रविधिको विकास संगै नगरपालिका भित्र रहेका माध्यामिक तथा उच्च माध्यामिक विद्यालयहरुमा प्राविधक शिक्षा संचालनको लागी अन्तरक्रिया कार्यक्रम संचालन गरीएको हो ।

चौरजहारी नगर कार्यपालिकाले आगामी शैक्षिक सत्र देखि नगरको वडा नं ७ मा अवस्थित माध्यामिक विद्यालय कोटजहारीमा प्राविधिक शिक्षा संचालन गर्ने निर्णय गरेको छ । नगरकार्यापालिकाले प्राविधिक शिक्षा संचालनको लागी कोटजहारी माध्यामिक विद्यालयलाई मुख्य प्राथामिकतामा राखेसंगै स्थानीय शिक्षक वुद्धिजिवी शिक्षा प्रेमी, नागरिक समाज तथा अविभावहरु संग प्राविधिक शिक्षा स्थापनाको संभावना र औचित्य सम्वन्धि छलफल कार्य सुरु गरिएको प्राचार्य नरेन्द्र गिरीले जानकारी दिए । रोजगारीकोे प्रसस्त संभावना र स्वरोजगार वन्ने अवसर सृजना गर्नको लागी अहिलेको अवस्थामा प्राविधिक शिक्षा संचालन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन । शिक्षा विषय मात्र पठनपाठन हुदै आईरहेको माध्यामिक विद्यालय कोटजहारीमा बन संग सम्वन्धि प्राविधिक विषय फरेस्ट्रि, हाईड्रोपावर संग सम्वन्धित विषय ईलेक्ट्रोनिक ईन्जीनियर वा कम्प्युटर ईन्जीनियर विषय सुरु गर्नुपर्ने आवाश्यकता रहेको वडा नम्वर ७ का वडा अध्यक्ष ईन्द्रलाल शर्माले वताए । नगरले प्रविधिमैत्री शिक्षा संचालनको लागी आवाश्यक काम अगाडी वढाएको जानकारी गराउदै नगर प्रमुख विशाल शर्माले कोटजहारीमा प्राविधिक शिक्षा संचालनको लागी आवाश्यक पर्ने जमिनको व्यवस्था गर्नको लागी विद्यालय व्यवस्थापन समितिलाई निर्देशन दिए ।

यसैविच २०६३ सालमा स्थापना भएको शीतल क्याम्पस चौरजहारीमा पनि प्राविधिक सहितको गुणस्तरिय शिक्षा आजको आवाश्यकता सम्वन्धि वृहत अन्तरक्रिया कार्यक्रम गरिएको छ । शिक्षा संकाय र मानविकी संकायको अध्ययन अध्यापन हुदै आईरहेको शीतल क्याम्पसमा प्राविधिक शिक्षा संचालनको लागी वृहत अन्तरक्रिया कार्यक्रम गरीएको हो । क्याम्पसमा समयानकुल प्राविधिक शिक्षा स्थापना गर्नुपर्ने कुरामा सरोकावाल निकाय एकमत भएका छन । रुकुम ,सल्यान र जाजरकोट लगाएत जिल्लाका विद्यार्थीहरुका लागी यस क्षेत्रमा स्नातक तह सम्मको अध्ययन अध्यापन गर्नको लागी प्राविधिक क्याम्पस नहुदा काठमाडौं लगाएतका ठाउँमा गएर अध्ययन गर्दै आईरहेका छन । भने कतिपय विद्यार्थीहरु आर्थीक अभावले गर्दा स्नातक तह सम्मको अध्ययन गर्न नसकेर पढाई विचैमा रोक्न वाध्य हुदै आईरहेका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares