Input your search keywords and press Enter.

दिगो विकास, सुशासन प्रवद्र्धनका लागि युवाहरुको सशक्त र अर्थपुर्ण सहभागीता

  • कर्णबहादुर नेपाली

१. पृष्ठभुमी  
“विकास”लाई प्रष्ट्याउनु पर्दा मानिसको आफ्नै प्रयासबाट व्यतिmवा समाजमाप्राकृतिक, आर्थिक, भौतिक, सामाजिक र मानवीयशक्तिमाहुने सकारात्मक परिवर्तनलाई नै “सन्तुलितविकास”भन्न सकिन्छ । विकास भनेको निरन्तर चलिरहने समष्टिगत, सकारात्मक र सन्तुलित परिवर्तनको प्रक्रियाहो । यसले व्यक्तिवा समुदायलाई क्रमशः स्वावलम्बनतर्पm उन्मुख गराउँदै लैजानु पर्छ । यो निरन्तर चलिरहने सामूहिकप्रक्रिया पनि हो । त्यसकारण विकास भनेको रुपान्तरण हो र व्यक्तिको जीवनवाजीवनयापन पद्धतिमा आउने फरकपनहो ।हिजो ढुंगे युगबाट आजको २१ औं शताब्दी सम्मआईपुग्दामानिसले गरेका नयाँ, अनौठा तथाचमत्कारिक गतिविधिहरुलाई विकास भन्न सकिन्छ । २१ औंशताब्दीको विकास भनेको सूचनातथाप्रविधिअधिकमप्रयोगहो जसले विश्व एक घरको (global village or global shopping mall) रुपमा रुपान्तरित गरिदिएको छ । त्यसकारण विकासकालागि ३ कुराहरुको आवश्यक पर्ने देखिन्छः वर्तमान अवस्थाबाट असन्तुष्टि,  योजना प्रति लगाव, गन्तव्य, संक्षिप्त रुपमा घम् जस्ता पक्षहरुको सही र उपयुक्त संयोजनबाट आज अमेरिका, चीन, जापानलगायतका देशहरु विकासकोउच्चतमविन्दुमापुगेका छन् ।
विकास प्रक्रियालाई दीगो बनाउनकालागि समाजका सबै समुदायको अर्थपुर्ण सहभागीताआवश्यकता छ, त्यसकारण हरेक विकासकाप्रयासहरु दीगो विकासको सिद्धान्तमा आधारित हुनुपर्छ भन्ने मान्यतालाई विश्वस्तरमै सबैले स्वीकारेको अवस्था छ Development that meets the needs of the present without compromising the ability of future generations to meet their own needs.”Our Common Future (Oxford: Oxford University Press, 1987) पृथ्वीलाई मानवकालागि बस्न र बाँच्न योग्य बनाई राख्न पनि दीगो विकासको मर्म र सिद्धान्त बमोजिम कार्य गर्न जरुरी छ । विद्यमान अवस्थामा भईरहेका विभिन्न प्राकृतिक प्रकोपले के देखाईरहेको छ भने यदि हामीले बेलैमा सोच नपुरयाउँदा, हामीले हाम्रा लागि गरेको विकास नै अभिसाप सिद्ध हुन सक्छ । हामी जो सबै विकास भनेर रात दिनलागि रहेका छौ, केही गरौं भनेर सोचिरहेका छांै, तर हाामीले यस पृथ्वीलाई सदासदा सुरक्षित मानवको घर बनाउने चेष्टा गर्नु आवश्यक छ । हाम्रा जस्ता अविकसित देशहरुले त झन् बढी जिम्मेवार र गम्भीर भएर छलफल तथा बहस गर्न आवश्यक छ र प्रत्येक व्यक्तिले दीगो विकास के हो ? र कसरी गर्ने ? के कुरा दीगो विकाससँग जोडिएका छन् भन्ने कुराहरुलाई मिहिन तरिकाले बुझेनौ भने त्यसको प्रत्यक्ष मार पनि हामीले खेप्ने कुरामा दुईमत हुन सक्दैन ।

संयुक्त राष्ट्रसंघको आयोजनामा विश्वका सदस्य राष्ट्रहरुको सहभागीतामा दिगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सन् २०१५ को सेप्टेम्बर २५ देखि २७ सम्म भई सन् २०३० सम्म विश्वको रुपान्तरण गर्ने (Transforming our world: the 2030 Agenda for Sustainable Development) भन्ने लक्ष्य तय गरिएको छ र यसका १७ वटा दिगो विकासका लक्ष्यहरु रहेका छन् ।
२. सुशासन एक परिचय
नेपालको प्रशासनिक संयन्त्रमा केही समय अघि मात्रप्रयोगमाल्याईएको सुशासनशब्दको ईतिहास त्यतिलामो छैन । सुशासन ,असल सरकार  को परिमार्जित रुपमा देखापरेको नवीनतम् अवधारणा हो । सुशासनको धारणाको तीव्र गतिमाविकास हुनुका पछाडि यसको केही पृष्ठभुमि रहेको छ । सन् ७० को दशकमा संयुक्त राष्ट्रसंघको महासभाले विकासको मुख्य केन्द्र विन्दुका रुपमामानवलाई मानी सहभागीतामुलकशासन पद्धतिमा जोड दिनथाले पछि सुशासनको जग बस्न पुगेको थियो । त्यसपछि सन् १९८० को दशकमाविश्व बैंकको लगानीमाअफ्रिकी देशहरुमा संचालितआयोजनाहरुले आशातितप्रगतिहासिलगर्न नसकेकोतर्फ मुल्यांकनगर्दै सरकारी संयन्त्रको असफलतालाई औल्याइएको थियो । यहीदशकमाविकास गर्न पाउने अधिकारलाई मानवअधिकारका रुपमा स्वीकार गरियो । सन् १९९०को सुरुवातसँगै सुशासनलाई वैदेशिक सहायताको पूर्वसर्तका रुपमा राख्नथालियो । त्यसैले poor governance बाट उत्पन्ननकारात्मक असरलाई न्यूनिकरण गर्नका लागि नै न्ययम नयखभचलबलअभशब्दलाई प्रचलनमाल्याइएको हो । वास्तवमा कुशासनविरुद्ध शासकीय सुधार गर्ने मुललक्ष्यलिएर देखा परेको आफैमा राम्रो शब्द सुशासनले विश्वव्यापीमान्यताप्राप्तगरिरहेको छ ।

२. सुशासनके हो त?
नेपाली वृहतशब्दकोषले सुशासनशब्दलाई उत्तमकिसिमको शासन र असल राज्यव्यवस्थाभनी अर्थ लगाएको छ । प्रशासनविद्हरुका दृष्टिमा प्रशासनिकअधिकारको समुचितप्रयोग भनी परिभाषितगरिएको पाईन्छ । त्यसो त न्यायविद्हरुले न्यायिकअधिकारको समुचितप्रयोग गरी मानवअधिकारको सुरक्षालाई सुशासनको अर्थमालिने गरेका छन् भने अर्थविद्हरुले भने पारदर्शी ठेक्कापट्टा एवं लेखाश्रेष्तालाई सुशासनको अन्तरवस्तुको रुपमा हेर्ने गरेका छन् । त्यसैगरी राजनितिक क्षेत्रमाजनउत्तरदायिशासनव्यवस्थाएवं स्वच्छ र जनमुखी सरकार स्थापनागर्नु सुशासन हुनसक्छ भने व्यवस्थापनविद्हरुले छिटो, छरितो, चुस्त, दुरुस्त र पारदर्शी प्रशासनिक संयन्त्रको व्यवस्थापनगर्नुलाई सुशासनको संज्ञा दिएका छन् । त्यस्तै समाजशास्त्रीहरुले नैतिकमुल्यमान्यतालाई प्रवद्र्धन गरी भ्रष्ट्राचारविहिनपारदर्शी र स्वच्छ प्रशासनलाई सुशासनभन्ने गरिन्छ ।
त्यसैले राज्यकाव्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाअन्तर्गत स्थापितविभिन्न संघसंस्थाहरुद्धारा पारदर्शी ढंगबाट अधिकारको समुचितप्रयोग गरी जनहित, जनकल्याण, सामाजिकन्याय र मानवअधिकारको प्रवद्र्धन हुनेगरी स्वच्छ, उत्तरदायी, जनमुखी र जवाफदेही राज्यव्यवस्थाको स्थापनागर्न चालिने समग्र क्रियाकलापहरुको समष्टिगत रुप नै व्यापक अर्थमा सुशासनभन्न सकिन्छ । वास्तवमा जनमुखी, जनमैत्री तथा पारदर्शी शासन व्यवस्थाले मात्र दीगो विकासलाई सम्वोधन गर्न सक्ब्छ भन्ने कुरालाई ह्दयगंम गर्दै यसखाले नयाँविधिलाई सधै सजीव बनाई राख्न वा जनतालाई अनुभुति गराउन सार्वजनिक निकायको भुमिकालाई सबैभन्दा बढी ध्यानदिन जरुरी छ ।

३. पुर्नसंरचित अवस्था, दिगो विकास र सुशासन प्रवद्र्धनका लागि युवाको भुमिका

नेपाल राज्य यतिवेला संघीय पुर्नसंरचनाको अभ्यासमा रहेको छ । संरचनागत हिसावले ७६१ वटा सरकारले नागरिकहरुको सेवारत शासन गरिरहेका छन् । नेपालको संविधान २०७२ अनुसार आर्थिक समृद्धि, विकास र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार लोकतन्त्रका लाभहरुको समानुपातिक, समावेशी, सहभागिमूलक न्यायोचित वितरण गरी कानूनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढिकरण गर्न, स्थानीय श्रोत साधनको समुचित परिचालन मार्फत सहकारिता, सहअस्तित्व, पारस्परिक जवाफदेहिता र समन्वयलाई प्रवद्र्धन गर्दै भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलता कायम गर्नुका साथै जनसहभागीता, उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाहका र परिणाममुखी कार्य गर्ने स्पष्ट व्यवस्था रहेको छ ।
नेपालको संविधान देखि संघीय तथा स्थानीय सरकारका ऐन तथा कानुनहरु र दीगो विकासका अवधारणाले समेत युवाहरुको अर्थपुर्ण सहभागीलाई विशेष रुपमा लिएको छ । युवा भनेको त्यस्तो शक्ति हो जो सँग बदल्ने वा रुपान्तरण गर्न सक्ने क्षमता, जोश र जाँगर हुन्छ । जनगणना वि.सं. २०६८ को तथ्यांक अनुसार पनि नेपालमा हाल सक्रिय तथा उत्पादनमुलक जनसंख्या ५७ प्रतिशत भएको र यस्तो खालको अवस्था एक युगमा एक चोटि आउने जनसंख्या बनावटलाई सदुपयोग नगर्ने हो भने त हाम्रो विकास फेरि सम्भव छैन र यस्तो सक्रिय जनसंख्या भनेको यूवाशक्ति नै हो । गाउँगाउँमा सिंहदरवार भन्ने नारा वा भनाई रहेको समयमा नेपालले प्राप्त गर्न खोजेको दिगो विकास र सुशासन प्रवद्र्धनमा युवाहरुको प्रत्यक्ष भुमिका जरुरी छ ।

सुखी नेपाली र समृद्ध नेपालको त्यतिवेला मात्र परिकल्पना गर्न सकिन्छ जतिवेला युवाहरुको सशक्त सहभागीता, गरिब, विपन्न, समाजको पछाडि पारिएको वर्ग, समुदाय र क्षेत्रको समतामुलक र अर्थपुर्ण सहभागीता, पहुँच र नियन्त्रण संरचनागत रुपमा ग्यारेन्टी हुन्छ । दिगो विकास, सुशासन प्रवद्र्धनका लागि समाजमा पछाडी पारिएकावर्ग, क्षेत्र, लिंग, जातजाति, अल्पसंख्यक सबै व्यक्तिहरुको साझाबुझाई , समानुपातिकतथा समाबेशी र अर्थपुर्ण सहभागीताको जरुरी छ, त्यसमापनियूवाभनेको यस्तो शक्तिहो जसले चाहेमाविकासलाई छिटो, प्रभावकारी तथाउचितकिसिमले लिन सक्छन्
यस सन्दर्भमादीगो विकासको प्रक्रियामाहाम्रो देश नेपाल र यसको स्थानीय स्तरमायूवाहरुको अर्थपुर्ण सहभागीतालाई नजरअन्दाज गरेको देखिन्छ । यूवाहरुलाई निश्चितकामकालागिउपयोग गर्ने अनिभविष्यको लागिमार्गदर्शन नगर्ने अहिलेको अवस्था देखिएको छ । राज्यले यूवाहरुलाई परिचालनकालागियूवातथा खेलकुदमन्त्रालयपनिबनाएको छ तर त्यसमापनिकुन क्षेत्रका र कसकायूवाहरुले अवसर पाएका छन् भन्ने सायद कसैबाट छिपेको छैन । तर पनि राष्ट्रिय यूवानीति २०६६ समेत बनाई यूवाहरुलाई सम्बोधनगर्न आवश्यकतामहसुश गरेको देखिन्छ । ूराष्ट्रिय यूवानीति २०६६अनुसारयुवाहरूमा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी; युवाहरूकाआधारभूतआवश्यकताहरूको परिपूर्ति; समानताएवं समतामूलकवितरणको सिद्धान्त; संवैधानिक सर्वाेच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापीमानवाधिकारको सिद्धान्त, लोकतान्त्रिकमूल्यमान्यता;जाति, भाषा र वातावरणीय सम्पदाको संरक्षण र सम्वद्र्धन तथा सह–अस्तित्व जस्ता आधारभूतमूल्यमान्यताहरूको प्रवद्र्धन हेतु ू भनीउल्लेख गर्ने तर हाम्रो देशकास्वस्थ, बलिया, सीपालु, योग्यएवं दक्षयुवायुवतीहरु प्रतिदिन १२०० देखि १५०० अरुको देशमा रोजगारीकालागिगईरहेका छन् । यसो हेर्दा त देखिन्छ कि नेपालमा धेरै वृद्धवद्धा, बालबालिकाहरु रहने र अरु परनिर्भरतायति धेरै वद्धि हुने अत्यन्तगम्भीरखतरा छ । त्यसकारण कहिँकतै हाम्रो देशलाई youth-less and  toothless मात्र भएको भन्ने भनाइले पनि सार्थक नहोला भन्न सकिन्न ।
स्थानीय सरकार देखि संघीय राज्य संचालनको प्रक्रियामा विशेष गरी विकासको सवाल पहिचान, योजना तर्जुमा, कार्यान्वयन , अनुगमन र मुल्यांकनका हरेक पक्षमा युवाहरुको सहभागीतालाई सुनिश्चित गरिनु टड्कारो आवश्यकता छ । देशले विभिन्न आवधिक योजना बनाई गन्तब्यहरु तोकेको छ, ती लक्ष्यलाई परिणामुखी तवरले प्राप्त गर्न सबै क्षेत्रमा युवाहरुको उत्तिकै भुमिका देखिन्छ । हाम्रो संस्कारमा युवाहरुलाई हेर्ने दृष्टिकोण अलि परम्परागत छ वा उनीहरुलाई प्रयोग मात्र गर्ने राजनितिक संस्कार पनि देखिन्छ तर त्यसो नभई राज्य निर्माणमा बलिदान गर्ने पनि युवाहरु नै हुन र यसको पालन पोषण तथा प्रवद्र्धनमा समेत उनीहरुको अर्थपुर्ण सहभागीताको ग्यारेन्टी हुनुपर्छ र विकासलाई तार्किक परिणमा पुरयाउन पनि युवाहरु कै खाँचो छ । युवाहरुको सही र उपयुक्त परिचालनबाट मात्र राज्यलाई दिगो विकास लगायतका लक्ष्य वा तोकिएका परिकल्पना पुरा गर्न सकिन्छ ।

अर्कोतिर राज्य आफै अवको बाटो भनेको सुशासन र आर्थिक समृद्धिका लागि भनिरहेको सन्दर्भमा र सुशासन प्रवद्र्धनका लागि विभिन्न नीति, ऐनहरु ल्याई कार्यान्वयन भईरहेको अवस्थामा समेत युवाले नै यसको पहल लिनु अति आवश्यक देखिएको छ । एकातिर हाम्रा सार्वजनिक निकाय, यसको संस्कार, सार्वजनिक निकायमा रहेको कर्मचारीतन्त्रका साथै लामो समय पश्चात जननिर्वाचित प्रतिनिधिहरु सबैको कुराहरुलाई मध्यनजर गरी राज्य संचालनमा युवाहरुले सेतुको  भुमिका गर्न सक्ने सम्भावना देखिएको छ । हाम्रो नातावादी, कृपावादी, तै चुप मै चुप जस्ता नराम्रा अभ्यासहरुको जरै देखि उखेल्न युवाहरुको ठुलो भुमिका रहन्छ किनभने नागरिकहरु यतिवेला धेरै आशावादी पनि छन् र थोरै अब कसरी राज्य व्यवस्था चल्छ भनी पर्ख र हेर को अवस्था पनि छन् । सार्वजनिक निकायलाई बढी भन्दा बढी जिम्मेवार, जवाफदेहि, उत्तरदायि बन्नका लागि सामाजिक जवाफदेहिताका विभिन्न औजारहरुको व्यवहारिक प्रयोग गर्न घच्घच्याउने कार्य लगायत राम्रो का मगर्ने लाई वाह र नराम्रो काम गर्ने लाई निरुत्साहित पनि गर्न सक्ने क्षमता युवाहरुसँग हुन्छ । वास्तवमा अवसरको श्रृजना नै सुशासनहो भने जस्तै सुशासनलाई वास्तविक रुपमा प्रवद्र्धन गर्ने र नागरिकको घरदैलो सम्म सुशासनको प्रत्याभुत गराउने जिम्मेवारी हामी सबैको हो । कसैले नकारात्मक रुपमा नभई सकारात्मक र श्रृजनात्मक ढंगबाट तपाईले पनि सुशासनलाई प्रवद्र्धन गर्ने व्यक्ति, संस्था, कार्यालय, संगठन, वर्गको पहिचान बनाउन जरुरी छ र सुशासन प्रवद्र्धनको उद्देश्यप्रति प्रतिवद्ध, योजना तर्जुमा र कार्यान्वयन, क्षमता अभिवृद्धि, सम्बन्ध, सम्पर्क र विकास, अवसरको खोजी, प्राप्त अवसरको समान वितरण, संरक्षण र सम्वद्र्धन, जोखिम बहन क्षमता जस्ता विषयहरुलाई मनन गरी सार्वजनिक निकायले पनि प्रभावकारी सेवाप्रदान गर्ने र नागरिकले पनि रचनात्मक सहयोग पनि गर्ने र सार्वजनिक निकायलाई बारम्बार खबरदारी गरिरहने कार्य हामी सबैको हो अनिमात्र सबल तथा समृद्ध नयाँ नेपालको निर्माण हुन्छ ।

यतिवेला युवाहरुलाई उूत्साह, अभिप्रेरणा र उज्ज्वल भविष्यको व्यवहारिक बाटो सहितको संचार राज्यबाट हुन जरुरी छ । युवाहरुले अध्ययन गर्छन् के काम छ र , कुनै सीप सिक्छन् के काम छ र ? वा मेरो को छ र ? आफ्ना भएकाहरुको मात्र चल्छ यहाँ भन्ने संस्कारलाई समुल नष्ट गर्नका लागि संस्थागत र संरचनागत प्रयास हुनुपर्छ । राज्यले युवाहरुलाई परिचालन गर्ने विभिन्न कार्यक्रमहरु तत्काल संचालन गरिनुपर्छ । हामीले गरेको कार्य राज्य र देशको पहिचान तथा मुल्य मान्यतासँग तथा ईज्जतसँग जोडिने एक उच्च राष्ट्रभक्तिपन तथा राष्ट्रियतालाई युवाहरुको माझमा जगाउनु अति आवश्यक छ । युवाहरुले राज्य निर्माणमा हामीले योगदान गरिरहेका छौ भन्ने आभास सहितका कार्यक्रमहरु वा सम्वोधन गर्ने गतिविधिहरु राज्यले संचालन गर्नै पर्छ । परनिर्भरमुखी होईन कि अन्तरनिर्भर, मितव्ययि, लगनशिल, ईमान्दार, धेरै कमाउने होइन कि कमाएको बाट धेरै बचाउने जस्ता नैतिक कुराहरुको सचेतना गराई देशभित्र काम गर्ने वातावरण राज्यले तु गर्नुपर्छ । पछिल्लो समयमा हामीले नेपालीहरुमा भएको देशभक्तिको भावनालाई राम्रो सँग नियालेको अवस्थामा राज्यले यस्तो खालको राष्ट्रप्रति जिम्मेवारीता लिने सँस्कृतिलाई बढावा दिनु पर्छ । युवाहरुलाई चाहे जति र चाहेको क्षेत्रमा अध्ययनका साथै उत्पादनमुलक, रोजगारमुलक कार्यहरुको ग्यारेन्टी गरी देश निर्माण प्रक्रियामा सँग हातमा हात र साथमा साथ लिने तरिकाले लाग्नुपर्छ ।

त्यसकारण विद्यामान पुर्नसंरचित अवस्थामा संरचनागत तवरले गर्न सकिने थुप्रै सम्भावनाहरु रहेका छन् । युवाहरुलाई जीवनोपयोगी सीपका साथै विभिन्न आयमुलक तथा रोजगारमुलक कार्यमा सरिक बनाउने अवसरहरु समेत रहेका छन् र दलित, जनजाति, महिला, समाजमा पछाडि पारिएका वर्गा, समुदाय र विपन्नका साथै युवाहरुको परिचालनमा विशेष तवरले लाग्न जरुरी छ । सुशासन,यूवाशक्ति र दीगो विकासलाई तालमेल मिलाउन सकिएनभने भविष्यमा पछुताउनु वाहेक अरु केहीहुने छैन किनभने त्यतिबेला धेरै ढिला भईसकेको हुनेछ । विकास प्रक्रियमादीगो विकास अनिवार्य शर्त हो किनभने अवआफ्ना लागिविकास मात्र गरेर हुँदैन कि भावी पुस्ताकालागिहुने आवश्यकतालाई ध्यान पुरयाएर विकासगर्नु जरुरी छ र हाल हाम्रो विकास पद्धति त्यति दिगो विकास मैत्री पनि बन्न सकिरहेको छैन र जहाँ युवाको समुचित परिचालन हुन्छ, त्यहाँ सुशासन हुन्छ अनि दिगो विकास हुन्छ नत्र त विकास अवैज्ञानिक, सबै आफै एक्लैले गर्न चाहने र त्यही फेरि हाम्रैलागिविनाशहुने कुरा पनिअहिले नै सोचौं र यदिविकास प्रक्रियालाई दीगो बनाउने हो भने समावेशी, समानुपातिक र समविकासको सिद्धान्त अनुरूपयूवाहरुको सशक्त, प्रभावकारी र अर्थपुर्ण सहभागीताको जरुरी छ, अहिल्यै सोचौं, हामीले नै गरौं, यही गरौं र भविष्यमा नपछुताऔं त्यतिबेला धेरै ढिला भईसकेको हुनेछ । सल्लाह सुझावको लागि : karnanepali777@gmail.com

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares