Home आहा टक अपाङ्गप्रति हेर्ने दृष्टिकोण र बोल्ने भाषा परिवर्तन हुन आवश्यक छ

अपाङ्गप्रति हेर्ने दृष्टिकोण र बोल्ने भाषा परिवर्तन हुन आवश्यक छ

4015
0
  • नाम : भिम बहादुर डांगी
    अध्यक्ष : नेपाल अपाङ्ग संरक्षण मञ्च रुकुम

आज भोली कता व्यस्त हुनुहुन्छ ?
नेपाल अपाङ्ग संरक्षण मञ्च रुकुमको अध्यक्ष भएको नाताले म अहिले रुकुम जिल्लामा रहेका रुकुम पूर्वको ५, ६, ७ र ८ वडामा र पश्चिम रुकुमको मुसिकोट नगरपालिका बाँफिकोट गाउपालिकाहरुमा युएमएनको साझेदारीमा कार्यक्रम सञ्चालनको लागि जनचेतना अभिवृद्धिको काममा व्यस्त छु । रुकुम जिल्लामा बिशेष शिक्षाका लागी साबिककै रुकुम जिल्लाका ६ वटा केन्द्रमा सञ्चालन छन । यसको लागी बिभिन्न सहायता सामाग्री छात्रा बृद्धि र बिभिन्न क्षेत्रहरुमा जस्तै सल्लेमा बहिरा, बालबालिका, मुनपा १ को चन्दननाथको डाँग्रीचौरमा सुस्त मनस्थितीका बालबालिका र मसिकोट नपा को १४ मा बहिरा बालबालिका र आठबिसकोट न पा ११ मा बहिरा बिद्यार्थी र पूर्वी रुकुमको सिस्ने गाउपालिका ५ मा दृष्टि बिहिन र ६ मा सुस्त मनस्थिति बिद्यार्थीको क्षेत्रमा सहयोग सामाग्री छात्रवृति लगायत बिद्यालयमा पढ्ने साङगा बिद्यार्थीहरुलाई अपाङ्ग भएका बिद्यार्थीहरुलाई हेर्ने दृष्टिकोण र अपाङ्गता हुनुका कारणका बारेमा जानकारी दिदै साबिकका ४३ ओटै गाबिसमा संगठन बिस्तारमा व्यस्त छु ।

अपाङ्गगताको क्षेत्रमा काम गर्ने अबसर कसरी मिल्यो ?
म आफै पनी युद्धको बेलामा घाईते भई अपाङ्ग सम्बन्धि नियम कानुन बुझ्दै जाँदा नेपाल अपाङ्ग संरक्षण मञ्चको साधारण सभा २०६६ बाट सदस्य भई २०७२ सालमा नेपाल अपाङ्ग संरक्षण मञ्च रुकुमको अध्यक्ष भई जसको सवाल, उसको नेतृत्व भने जस्तै अपाङ्गताको क्षेत्रमा अहिले सम्म काम गदै आएको छु ।

रुकुम जिल्लामा अपाङ्गगताको अबस्था कस्तो छ ?
रुकुम जिल्लाका अपाङ्गगताहरुको अवस्था दयनिय छ । अपाङ्गगता फरक फरक खालका हुने भएकाले यसमा शारीरिक, दृष्टिबिहिन अपाङ्ग, बहिरा, मानसिक अपाङ्ग भएको हुदा फरक फरक क्षमता भएका व्यक्तिहरु भएको हुदा बहिराहरुका लागी सांकेतिक भाषा, ब्रेनलिपी र अपाङ्ग मैत्री संचार, अपाङ्ग मैत्री भाबना सहयोग सामाग्री लगाएत अपाङ्गगतालाई हेर्ने दृष्टिकोण कै कारण रुकुम जिल्लाको अपाङ्गगतालाई ठुलो समस्या रहेको छ । यसलाई हल गर्न अपाङ्ग मैत्री कानुन र अपाङ्ग मैत्री भौतिक संरचना र अपाङ्गगतालाई आवश्यक अनुसारको तालिम र सहयोग गरिनु पर्छ ।

अपाङ्गगता भएका व्यक्तिहरुले खास कुन कुन वर्गका अपाङ्गगले सेवा सुबिधा पाउने प्राबधान छ ?
यसमा के छ भन्दा पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुले क वर्ग को अपाङ्ग परीचय पत्र पाउछन । यीनले मासिक २ हजारका दरले सेवा सुबिधा पाउछन भने ख वर्गको अपाङ्गले मासिक रुपमा ६ सय पाउने सेवा सुबिधा छ । त्यस्तै ग वर्गका अपाङ्गले मध्य खालको अपाङ्ग भएकाले उनीहरुलाई भौतिक सुबिधा पाउंछन । जस्तै जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट, पढ्ने बिद्यार्थीहरुलाई अपाङ्ग छात्रवृति पाउने सुबिधा कुनै आरक्षण कोठामा छुटको व्यवस्था छ । घ वर्ग को परिचय पत्र को पनी ग बर्गको जस्तै सेवा सुबिधा पाउने व्यवस्था छ । यातायातमा ५० प्रतिशत छुट को व्यवस्था छ ।

अपाङ्गता भएका व्यक्तिहरु लाई स्थानीय सरकारले के गरी दिए हुन्थ्यो जस्तो लाग्छ ?
स्थानीय सरकारले सहयोग सामाग्री जस्तै कृतिम हात, खुट्टा, बैशाखी, सेतो छहरी सहितका अन्य अपाङ्गगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सामग्रीको सेवा सुबिधा दिए हुन्थ्यो जस्तो लाग्छ । यसका साथै निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य परिक्षण व्यवस्था गरी दिए हुन्थ्यो । त्यसका साथै साथै आवश्यक अनुसारको भौतिक संरचनाको व्यवस्था, अपाङ्गमैत्री शैक्षिक स्तरमा सहयोगको अपेक्षा छ ।

अपाङ्गको क्षेत्रमा काम गदै गर्दा कतै असहज भएको अनुभुति गर्नु भएन ?
यस क्षेत्रमा काम गदै गर्दा असहजता भैहाल्छ तर पनी आफु पनी अपाङ्ग भएको हैसिएतले जसरि पनि अपाङ्गगताको क्षेत्रमा काम गर्नु पर्छ भन्ने हितका साथ काम गदै आएको छु । यसमा काम गर्न अति कठिनाइ छ किन भने अपाङ्गगता भएका व्यक्तिहरु जताततै छरिएर रहेका छन । उनीहरु भनेको ठाउमा आउने अवस्था छैन । यीनीहरु हिड्डुल गर्न नसक्ने भएकोले सूचना पाउन बाट पनी बञ्चित रहेका छन । यीनीहरु फरक क्षमता भएकाले पनी असहज देखिन्छ ।

अन्त्यमा छुटेको केहि ?

साबिककै र हालको पूर्वी रुकुम र पश्चिम रुकुमका नब निर्वाचित जनप्रतिनिधि तथा वुद्धिजिबी समाज र अपाङ्गता भएका परिवारहरुलाई नेपाल अपाङ्ग संरक्षण मञ्चको तर्फ बाट म के भन्न चाहान्छु भने अपाङ्गगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र बोल्ने भाषाहरुलाई परिवर्तन गर्नु हुन्छ भन्ने मेरो आग्रह छ । सबैले मर्यादित भाषाको प्रयोग गरौं । प्रस्तुती : सुवास बटाला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here