बुवाको रगतको मुल्य नचुकोस

Byआहा सञ्चार

२०७५ भाद्र ८, शुक्रबार १७:५६

  • समिर श्री

म सानै वा समयलाई चिन्न नसक्ने थिएँ, ठूल्दाई दाङ्ग पढ्दै, माईलादाई सानै उमेमा कृषि लाई मुख्य पेशा बनाएर पढ्दै । २०५७ साल भदौ ७ गते करिव साँझको ६ जति बजेको हुँदो हो भन्ने अनुमान मेरो दिमागले अहिले गर्न सक्छ । हामी र आमाहरु साविककै सरकारी नजरमा ‘आतंककारी’ को विल्ला भिरेर भयावह अबस्थामा भए पनि रमाईरहेका थियौँ । किनकि हाम्रो बुवा क्रान्तिमा होमिनुभएको छ देश र जनताको लागि । साथै अब घरमा कहिले आउनुहुन्छ अनि हामी सानैले खेत वारीको रेखदेख गर्न नसक्ने, उहाँ आएपछि सबै सिकाउनुहोला भनी उतिखेरको अवस्थामा यति मात्रै हामी आशमा परेका ।
त्यो समयमा सल्यान जिल्लाका तत्कालिन माओवादीका नेता मोहलाल चन्द हाम्रो घरमा आउने वित्तिकै हाम्रा खुसीका लहरहरु ले डाँडै काटे, किनकी उहाँ आउनै वित्तिकै उहाँका सहकर्मी हाम्रा बुवा पनि आईरहनुभएको छ भनि हाम्रा आशा ले हामी र आमाहरु निकै खुसीका साथ पखियौ । आमाहरु सोध्नुभयो चन्दलाई–‘हाम्रो उहाँ खोई त …..? यहाँ हुँदा अलि सञ्चो थिएन, अहिले कस्तो छ ? हाम्रो पार्टी कसरी चल्दैछ ,हामीलाई त साह्रै चिन्ता लाग्छ । ’ अनेक प्रश्न पार्टीका वारेमा र बुवाको वारेमा सोधिरहनु भयो अलि विरामी भएको र खर्च जम्मा करिव ५० रुपैया (मलाई याद भए अनुसार) मात्रै लिएको रले । फेरी, बुवा पहिला शिक्षक स्थायी शिक्षक भएर पनि राजनीतिमा लाग्नुभएको थियो । यति लामा कुरा हुँदापनि चन्द नबोल्दा आमाहरु ससंकित भई प्रश्नहरु तेस्र्याई रहनुभयो , साथमा हामी पनि । अन्ततः चन्द बाध्य भई ‘सर त फर्किनु भएन सक्नु भएन………’भन्ने वाक्य पुरा नहुदै आमा हरुका आँशु खसेको थाहै पाईन वा देख्न सकिन , अहिले पनि मैले ठम्याउन सकेको छैन । पछि बाध्य भएर चन्दले विस्तृत रुपमा घटनाको विवरण वताउनु भयो । र ……. हामी ३ भाई र आमाहरुको सपना अनि सिँगो सल्यान जिल्ला निशब्ःद रोईरहेको प्रत्यक्ष देखेँ मैले ।

election adv.

सारा सपना चकनाचुर भए ,एउटा योद्धा का मात्रै नभएर हामी टुहुरा भयौँ । पछि पुष्टि भयो बुवा त शहीद भईसक्नु भयो भनी । तर उतिबेला शहीद भनेको के हो भन्ने मात्रै होईन बुवा अझै आउनुहुन्न भन्ने विश्वास नै लागेको थिएन । र फेरी ह्न त अहिलेका नेता ज्यूहरुलाई सल्यान जिल्ला को भूगोल क्रान्तिको दृृष्टिकोणले कत्रो छ भनी थाहा छैन होला ,त्यतिबेला सारा सारा सल्यानले योद्धा गुमायो । जब , तपाई वा तपाईका परिवारका सदस्य शहीद भएको भए तपाई वा तपाईका परिवारका सदस्यहरुलाई, अहिले मलाई र मेरा २ वटा दाई लाई जस्तै गरी थाहा हुन्थ्यो ।
त्यसपछि हाम्रो परिवारमा रुवावासी मात्रै होईन के पनि भयो होला भनि यो लेख पढ्ने तपाईलाई थाहा हुनु पर्ने अझँ विशेष गरी अहिले स्थानीय निर्वाचन पछि पदमा आसिन हामी र हाम्रा महान शहीद का त्यागले बसाएका हरुलाई थाहा सहजै होला । हाम्रो परिवारमा अब कसरी बाँच्ने भनी भन्ने मुख्य समस्या मात्रै होईन शहीदका सपनालाई यथार्थ परिभाषित गर्ने कुरा उमेरको बढ्दो कारणले झनै जिज्ञाशु र हौसला मिल्न थाल्यो । अझँ यसले किन हौसला मिल्यो त भन्दा बुवा को सुनियोजित हत्या (जवर्जस्त शहीद) किन गरियो ?
मलाई थाहा भए अनुसार तत्कालिन माओवादी पार्टी, सल्यानमा जिल्ला समिति सचिव को वारेमा निकै लामो समय देखि विवाद थियो, त्यो टुँगिएको थिएन । वा त्यो पद कसले पाउने भन्ने वारेमा खास निर्णय हुन सकेको थिएन । यसै क्रममा त्यो समय घमासान युद्धको समय भएको हुँदा देशको कुनै ठाँउमा आक्रमण गर्ने योजना मुताविक आज वा भदौ ७ गते तत्कालिन कमरेडहरुलाई जिम्मेवारीका रुपमा खटाईँदा बुवालाई पनि कुनै एउटा जिम्मेवारी हुनु अस्वभाविक होईन । त्यही क्रममा बुवा पनि आफ्ना सहकर्मी का साथ जिमेवारीमा जादै गर्दा सहकर्मी ले बोकेको राईफल को गोली बुवा ठहरै हुने गरी कसरी लाग्यो होला ? कि त त्यहि जिल्ला सेक्रेटरी नपाउने डर थाम्न नसक्ने हरुले छातीमै आफैले गोली हान्न लगाएको हो ?यसको जवाफ कसले दिने ? त्यतिखेरका तथा अहिलेका नेताहरुले जवाफ नदिई सुखै छैन । कि त जवाफ दिनुपर्यो, होईन भने खोजतलास तथा अनुसन्धान गर्नु पर्यो ।

यदी दुबै सकिदैन भने आफू शहिद हुन तयार भई यो हाम्रो पिडा उनीहरुको परिवारलाई शहीदको अर्थ प्रस्ट्रयाउनलाई तयार हरनु पर्यो । हिजो चुनावमा म र हाम्रो शहीद परिवारले मात्रै आज देशलाई अनि तपाई नेता ज्यु हरुलाई यो अवस्थामा ल्याएको त भन्दिन, तर म र हामी जस्ता कैयौँ टुहुरा छोराहरु,विधुवा आमाहरु,घाईतेहरु,अपाङ्गहरु तथा बेपत्ताहरु पनि लगानिका पात्र हुन , तर यो कुराका हेक्का भएको त के मनन समेत गरेको पाईदैन । तपाईहरुका छोरा बहादुर जन्मेका छन भने उनीहरुलाई सोध्नुहोस् कि, शहीद का छोराहरुमा हरेक स्वासहरुमा आफ्रना बुवाको वारेमा अहिलेका जनप्रतिनीधिहरुलाई के प्रश्न हुन्थ्यो ?
तर अझै पनि हिम्मत हारेको त छैन, बुवा जस्तै शहीदहरुले देखाएको बाटोमा कतै विचलित नभई कसैको पाईतलाको धुलो भई बाँचुला भन्ने कुरामा पनि कत्ति पनि सोच्न सकेको छैन भन्ने बचन अझैँ पनि जारी नै छ । चुनाव त ५ वर्षमै फेरिन्छ,अहिलेका र उहिलेका कुख्यात तथा प्रख्यातहरु अझै बदलिने अबस्था सम्मको दिमागको आर्जन गर्न सकेका छैनन, न त भोलि बदलिने क्षमता बनाउन सकेका छन् । बुवालाई जवर्जस्त शहीद बनाएर यो अवस्थामा आउदा हामीलाई शहीद परिवार होईन भनी हिजोका वर्ग शत्रु हरु संग सम्झौता गर्न तयार भए, उनिहरुका विरुद्ध लड्ने हिम्मत म यौटा पत्रकार र मेरा दुई दाइहरुमा एक रत्ति पनि कम नभएको आभास हरेक भदौ ७ गते मात्रै हरेक सेकेन्डमा नआएको त छैन । अन्तमा, पैसा र पावर र आसेपासेका सामु कहिल्यै झुक्ने छैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto