Input your search keywords and press Enter.

संघर्षको बेरंगी माया गीत बजारमा

सुवास बटाला
हाम्रो समाजको वास्तविक घटनामा आधारित बेरङ्गी माया बोलको नयाँ गीत बजारमा आएको छ । उदयमान गायक संघर्ष सत्ता कृष्णको शब्द,सङ्गीत र स्वरमा उक्त गीत सार्वजनीक भएको हो ।

रुकुम जिल्ला निवासी मानसिक असन्तुलनको समस्याबाट पीडित मैयाको सत्य कथामा आधारित भएर उक्त गीत रचिएको गायक संघर्षले बताए । गीतको भिडियोमा नवकलाकार रश्मी पाण्डे र गायक संघर्ष सत्ताको समेत अभिनय रहेको छ ।
बेरङ्गी मायाको भुमिकामा पाण्डेको मानसिक सन्तुलन गुमाएर भोक र प्यासले भौतारिएकको अभिनय रहेको छ । दिपेन्द्र केसीले निर्देशन गरेको भिडियोमा रामशरण उप्रेतिको छायाँकन र फराज अर्पणको सम्पादन रहेको छ । हेर्नुहोस यस्तो छ गीत

 

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares