Input your search keywords and press Enter.

मुसिकोटमा रेडियो उद्घोषण तथा प्राविधिक तालिम शुरु

फलिराम बिश्वकर्मा
मुसिकोट
रुकुम पश्चिम मुसिकोट खलंगामा रेडियो उद्घोषण तथा प्राविधिक तालिम उद्घाटन गरिएको छ । उत्तरगंगा सञ्चार केन्द्र रुकुमको आयोजनामा खलंगा स्थित होटल राप्तीमा एक कार्यक्रमका बिच तालिम उद्घाटन गरिएको हो । नेपाल पत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष नारायण कुमार शाहले व्यानर पढेर तालिमको उद्घाटन गरे । प्रमुख अतिथि सहित अन्उ कार्यक्रमका अतिथिहरुले शुभकामना मन्तव्य दिने क्रममा पत्रकारिता मर्यादित र सम्मानित पेशा भएको र तालिम पश्चात एक इमान्दार र कर्तव्यनिष्ट पत्रकारको भुमिका निर्वाह गर्नका लागी सुझाव सँगै शुभकामना समेत व्यक्त गरेका छन । उदयमान युवा पुस्तालाई आत्मविश्वासी, प्रबिधिमैत्री र दक्ष बनाउनका लागी तालिमको आयोजना गरिएको आयोजकले बताएको छ । तालिमका केहि दक्ष व्यक्तिहरुको छनोट गरि सामुदायिक रेडियो उत्तरगंगा एफएममा रोजगार समेत दिईने आयोजकको भनाई छ । तालिमको प्रमुख प्रशिक्षकमा विगत दश वर्ष देखि पत्रकारिता क्षेत्रमा रहेका सुर्खेतका पत्रकार दिपेन्द्र वलि सहित अन्य अनुभवि पत्रकारहरुले प्रशिक्षण रहेने बताइएको छ । उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रिय उपाध्यक्ष नन्दराम देवकोटा, आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्का र रेखदेख साप्ताहिकका सम्पादक प्रबिर ददेल लगायतको सहभागीता रहेको थियो । छिमा केसीको स्वगत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष तथा रेडियो उत्तरगंगा रुकुमका स्टेशन म्यानेजर भिमसिर्जन ओलीले गरेका थिए । उद्घोषण तालिम भदौ १३ गते र प्राबिधिक तालिम भदौ २१ गते सम्म संचालन हुने बताईएको छ । तालिममा रुकुम सगै छिमेकी जिल्लाहरुबाट समेत गरि दुई दर्नन बढीको सहभागीता रहेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares