Input your search keywords and press Enter.

नयाँ यात्रा-पुरानो शिक्षालय : मध्यपश्चिमाञ्चल विश्वविद्यालय

  • हरिबिष्णु ओली

१.विषय प्रवेश : रुकुमेली अग्रजको जय होस
मुसिकोट खलंगा बहुमुखी क्याम्पस लगायत साविक मध्यपश्चिमका दश ओटा क्याम्पसहरु अव विधिवत रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका भएकाछन् । यसै शैक्षिक सत्रदेखि मपविको पाठ्यक्रम लागु हुने गरी रजिष्ट्रार डा.महेन्द्र मल्लको निर्देशनमा शैक्षिक सत्र २०७५ को लागी सवै क्याम्पसहरुले भर्ना पनि खुला गरिसकेका छन् । सो अनुसार अव सेमेष्टर प्रणाली अर्थात छ÷छ महिनाकाृ परीक्षामा सहभागी हुनुपर्नेे,नियमित क्याम्पसमा हाजिर हुनुपर्ने र अभ्यासलाई वढी जोड दिने प्रणालीमा समाहित भइनेछ । मपविको योजना,उद्देश्य र लक्ष्य पुरा गर्ने र रुकुमेली समुदायको आवश्यकता र चाहना वमोजिम गुणस्तरीय शिक्षा प्रदान गर्ने दुरदृष्टितर्फ अग्रसर हुने यात्रा तय भएको छ । अवको शिक्षा फगतको सैद्धान्तिक होइन प्रयोगात्मक,अभ्यासमुखी र अनुसन्धानमुलक हुनेछ । कुनै नयाँ र फरक खालको घटनाक्रम विकास नभए अवको केही दिनमा नै क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु मपविको मातहतमा हुनेछन् । रुकुमका राजनीतिकर्मीहरुले यस क्याम्पसलाई जसरी पनि सरकारी बनाउन देखेको सपना र वनाएको योजना पुरा पनि हुनेछ । नेताको सपना पुरा हुने मात्र होइन थुप्रै असहाय तथा गरीव तर जेहेन्दार रुकुम पूर्व तथा पश्चिम,सिमानाको रोल्पाली,जाजरकोटी र सल्यानी विद्यार्थीहरुको गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने सपना पनि पुरा हुनेछ । किनकी मपवि अन्तर्गतका क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले मासिक रुपमा जम्मा तीन सय पचहत्तर रुपैयाँ मात्र तिर्नेछन् । भर्ना भएका जम्मा विद्यार्थीहरु मध्य १२ प्रतिशत,कक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने र अपाङ्ग विद्यार्थीले पूर्ण छात्रवृति पाउनेछन् । यस विश्वविद्यालयले समय सुहाउँदो विषय तथा पाठयक्रमहरु निर्माण गरेको छ । मुसिकोट क्याम्पसमा पत्रकारिता,समाज सेवा र अन्तराष्ट्रिय सम्वन्ध जस्ता विषयका अलावा कृषिमा स्नातक तहको पठन पाठन हुनेछ । हाम्रा अग्रज राजनीतिकर्मी तथा शिक्षाप्रेमी गोपाल जी जंग शाह लगायतका थुप्रै समाजसेवी महानुभावहरुको पहलमा यो मुसिकोट खलंगा बहुमुखी क्याम्पस स्थापना भएको थियोे । २०३७ असोज २३ गते नीजि क्याम्पसको रुपमा रात्री समयमा पठनपाठन गर्ने गरीे शुरुमा प्रविणता प्रमाणपत्र तह(आइए)को अनुमति पाएको थियो । क्रमश विसं २०५१ मा बीए र विसं २०५८ मा बीएड,विसं २०६२ मा एक वर्षे बीएड,विसं २०६७ मा एमएड र विसं २०७०मा विविएसको पठन पाठनको अनुमति प्राप्त गरी निरन्तर शैक्षिक यात्रामा रहेको छ । विसं २०३७ साउन २५ गते त्रिजमावि मुसिकोट खलंगाको कार्यशाला भवनमा विभिन्न तह र तप्काका प्रवुद्ध व्यक्तिहरुको वृहत भेला गरी मानविकी क्याम्पस सञ्चालन गर्ने र आवश्यक पर्ने अक्षय कोष र असी हजार धरौटी रकम ४३ ओटै गाविसहरुवाट संकलन गर्ने निर्णय गरेको थियो ।

२.मुसिकोट क्याम्पसको सरकारीकरण : शिक्षामा वैज्ञानिकीकरण
विसं २०३७ सालदेखि जनसहभागिता जुटाएर जनस्तरमा खोल्न थालिएका क्याम्पसहरुले २०४७ सालपछि मात्र गति लिन थालेको पाइन्छ । २०४७ सालको अन्तरिम सरकारले पब्लिक क्याम्पसहरुका समस्याहरुलाई हृदयङ्गम गरी न्युनतम रुपमा भए पनि जनस्तरबाट सञ्चालित पब्लिक क्याम्पसहरुलाई अनुदान दिने कार्य प्रारम्भ ग¥यो । शहरी इलाकामा मात्र अवस्थित रहेका आँगिक क्याम्पसहरमा आफ्ना छोराछोरीलाई पढाउन नसकिने अवस्थालाई स्वीकार गरी गरीब तथा पिछडिएका समुदायमा समेत उच्च शिक्षाको पहुँच पु¥याउने उद्देश्यले विद्यार्थीको चाप रहेको शहरी क्षेत्रमा तथा देशको दुर्गम क्षेत्रमा क्याम्पस स्थापना गर्ने काममा चेतनशील नागरिकहरु लागेको पाइन्छ । पब्लिक क्याम्पस स्थापना र सञ्चालनको कार्यमा जनसहभागिता जुटाउन थालियो । व्यक्ति व्यक्ति,स्थानीय संघ संस्था,स्थानीय सरकारी निकाय समेतको पहलमा सहयोग जुट्न थाल्यो र विद्यार्थीवाट पनि शुल्क उठाएर क्याम्पस सञ्चालन गर्ने काम भयो । यसरी पब्लिक क्याम्पसलाई बचाउने अभियानमा विश्वविद्यालय अनुदान आयोगले पनि साथ दिन थाल्यो । जस्ले गर्दा समुदायमा उच्च शिक्षाको पहुँच विस्तार गर्न सहज भएको छ । विद्यार्थी संख्या राम्रो हुने शहरी क्षेत्रका क्याम्पसहरु जेनतेन धानिए पनि दुर्गम तथा विकट क्षेत्रमा सेवा पु¥याइरहेका क्याम्पसहरुको अवस्था भने नाजुक रहेको तथ्यलाई नकार्न सकिन्न । जस्का कारण नेपाल पब्लिक क्याम्पस संघ र पब्लिक क्याम्पस प्राध्यापक संघका महाधिवेशनहरुमा यस्ता पब्लिक क्याम्पसहरुलाई आँगिक बनाइयोस भन्ने माग उठीरहेका हुन्छन् । जुन मागहरुलाई आँशिक रुपमा भएपनि सम्वोधन गर्न प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष ०६५÷६६ को नीति तथा कार्यक्रम मार्फत मुसिकोट खलंगा बहुमुखी क्याम्पस लगायत आठ ओटा क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयको आँगिक बनाउने घोषणा गरेको थियो । तर त्रिवि पदाधिकारीले स्वीकार नगरेका कारण लागु हुन सकेन । लागु गराउन सकिन्छ कि भनी आठ ओटा क्याम्पसका क्याम्पस प्रमुख तथा प्राध्यापहरु सम्मिलित मेरो नेतृत्वमा ११ सदस्यीय आँगिक क्याम्पस कार्यान्वयन केन्द्रीय संघर्ष समिति गठन भयो । प्रधानमन्त्री,अर्थमन्त्री,शिक्षामन्त्री,उपकुलपतिहरुसँग छलफल,भेटघाट,डेलिगेसन जस्ता थुप्रै कामहरु भए तर पनि सफल हुन सकेन । तैपनि हिम्मत हारिएन । थुप्रै प्राज्ञिक आन्दोलनको परिणाम आज मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यात्रा तय भएको छ । नेताहरुको पहल र हाम्रो आन्दोलनको कारण मप विश्वविद्यालयको २०७१ मंसिर ५ गते सिनेटले आठ ओटालाई आँगिक बनाउने निर्णय ग¥यो भने २०७२ असोज १२ को सिनेटले तिला कर्णाली कालीकोट र २०७३ बैशाख २ गतेको विशेष सिनेटले जलजला रोल्पालाई आँगिक बनाउने निर्णय गरेको थियो । त्यसपछि २०७४ असोज २ गतेको देउवा सरकारको मन्त्रिपरिषदले मप र सुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको दरबन्दी समेत स्वीकृत गरिसकेको छ । यसैवाट पनि प्रष्ट हुन्छ कि नेपालको बद्लिंदो परिस्थिति,क्षेत्रीय विकासको सन्तुलन र उच्च शिक्षाको विकासलाई व्यवस्थित र सर्वसुलभ बनाउनका लागि सरकारको साझेदारी आवश्यक रहेको छ ।

३. मुसिकोट क्याम्पसको सबलता : गुणस्तरीय शिक्षामा अब्बलता
विसं २०३७ असोज २३ गते त्रिविवाट सम्बन्धनप्राप्त गरेको यस मुसिकोट खलंगा बहुमुखी क्याम्पस मध्यपश्चिममै प्रतिष्ठित तथा यस जिल्लाको सर्वोच्च शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ । हाल यस मुसिकोट खलंगा बहुमुखी क्याम्पसले आउँदो असोज २३ गते ३८ वर्षको कठिन र चुनौतिपूर्ण यात्रा पुरा गरी ३९ वर्षमा प्रवेश गर्दैछ । यस ऐतिहासिक यात्रालााई उत्साहजनक र उपलब्धिमुलक नै मान्नुपर्ने हुन्छ । यी कालखण्डमा क्याम्पसले आर्जन गरेका उपलब्धिहरु सबैका सामु छर्लङ्ग नै छन् । आजसम्मको यात्रालाई हेर्दा क्याम्पस थोरबहुत भौतिक पूर्वाधार सम्पन्न भएकोछ । आर्थिक दृष्टिले आत्मनिर्भर छ । शैक्षिक विश्वास कायम गर्ने प्रयास गरिरहेको छ । यसलाई निरन्तरता दिने कार्य नै आजको आवश्यकता र चुनौति रहेको छ ।
क्याम्पसका अतीतका दिनहरु अति कठिनाइपूर्ण थिए भन्ने कुरा अग्रजहरुको अनुभव र क्याम्पसको वर्तमान अवस्थाले स्पष्ट चित्रण गर्दछ । ती कठिन दिनहरु हिम्मतका साथ पार गरी आजको अवस्थामा आइपुग्दा अग्रज शिक्षाप्रेमीहरुलाई धन्यवाद दिनैपर्ने हुन्छ । हिजो र आजमा अन्तर हुनु स्वभाविक छ । आज सूचना प्रविधि र यातायातको सहज पहुँच विस्तार भैसकेको छ । तर हिजोका कठिनाइहरुलाई हामी कल्पनासम्म पनि गर्न नसम्ने अवस्थामा पुगेका छौं । हिजो यातायात र सञ्चारको कठिनाइ,पढेलेखेका मानिसहरुको कमी,साधनस्रोतको अभाव,स्थानीय निकायमा राज्यको लगानी नै नरहेको अवस्थामा उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाको स्थापना गरी सञ्चालन गर्नु ज्यादै नै कठिनाइपूर्ण कार्य हुँदाहुँदै पनि दुरदर्शी भविष्यद्रष्टा अग्रजहरुको सक्रियतामा क्याम्पस स्थापना हुनु सह्रानीय कार्य हो । यस महान कार्यलाई अझै शिखरमा पु¥याउनका लागि हाम्रो पिंढी लागीरहेको छ । सवैगरी करीव तीन करोड भन्दा वढी नगद तथा जिन्सी र छ करोड भन्दा वढी चल तथा अचल सम्पति हुनु क्याम्पसको सवल पक्ष हो ।

४.मुसिकोट क्याम्पसको अभियान : दक्ष जनशक्ति उत्पादन र वजारीकरण
अतीतका अनुभववाट शिक्षा लिंदै वर्तमानलाई सुन्दर र सम्पन्न भविष्यको निर्माणमा सक्रियतापूर्वक जो लाग्छ उसैले चुनौति झेल्छ र अवसर पनि पाउने पनि गर्दछ । अग्रजहरुको लगानी र मिहिनेतका कारण विगतका थुप्ै अप्ठेरा दिनहरुलाई पछाडि धकेल्दै वर्तमान अवस्थामा आइपुगिएको छ । विगतको सुन्दर विरासतलाई कायम गर्दै अगाडि वढ्नु आजको आवश्यकता रहेको छ । वर्तमानका चुनौतिहरुलाई सामना गर्दै अवसरमा वदल्ने दृढ ईच्छाशक्ति र उच्च मनोवलको जरुरी छ । यो मनोवलले नै भोलिको अवसरलाई नजिकमा ल्याउने छ । सेमेष्टर प्रणाली शुरुमा झन्झटिलो मानिनेछ । तर जव उत्पादित जनशक्तिले वजारमा सजिलै जागिर पाउनेछन्,उर्तीणाङ्क र प्राप्ताङ्क प्रतिशत पनि धेरै हुनेछ,तव धेरै भन्दा धेरै युवा पिंढी क्याम्पसको विषय तथा कार्यक्रमाप्रति आकर्षित हुनेछन् । किनकी मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वजार राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय पनि हो । त्यसकारण मुसिकोट खलंगन बहुमुखी क्याम्पसको अवको दायित्व रुकुमलाई शिक्षाको माध्यमवाट अन्तराष्ट्रियकरण गर्नु पनि हो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares