Input your search keywords and press Enter.

बालबालिकालाई प्रेम र निगरानी आवश्यक

  • आहा टक

नाम : भरत खत्री
ठेगाना : बांफिकोट गाउपालिका २, जिपु रुकुम पश्चिम
रुचि : अध्ययन र समाजसेवा

हिजो आज कता व्यस्त हुनुहुन्छ ?
हिजो आज म अध्ययन क्षेत्रमा नै व्यस्त छु ।

कसरी चल्दै छ बिद्यार्थी जिवन ?
नयाँ नयाँ ज्ञान सिप का कुराहरु सिक्दै र साथीहरु संग रमाउदै चलिरहेको छ ।

हिजो आमाको काखमा खेल्दाको अवस्था र आज बाबालिकाको क्षेत्रमा काम गर्दाको अवस्थामा बिच के फरक पाउनुभएको छ ?
हिजोका दिनमा आमाबुवा संग नाना चाचा गदै आमाबुवाको काखमा खेलिन्थ्यो र आज आएर बालबालीकाको हक अधिकार लाई बालबालिका समक्ष प्रत्याभुती दिलाउन प्रयत्नशिल छु । बालबालिका लाई नुतन चेतनाको जागृत गर्ने कार्यमा आवश्यक पहलकदम लिने अबसर जुटेको छ । बालबालिकाको आवाजलाई एकीकृत तथा समिष्टिगत स्वरुपमा उचित पदमार्ग सम्म पु्याउने संकल्प गरेको छु ।

बालबालिकाको क्षेत्रमा अहिलेको स्थानीय सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
नेपालको संविधान उपर टेकेर बालमैत्री स्थानीय शासनको अबधारणा लाई तथ्यगत तवरमा अपबाद रहित पर्यावरण छनोट गरी लाग्नु पर्ने छ ।
साथै बर्तमान परिवेशमा बालबालिकाका अबरोध लाई आकलन गरी समाधानको लागी उपयुक्त कदम चाल्नु पर्छ । बालबालिकालाइ कानुन अनुसारका अधिकारहरु स्वतन्त्र निष्पक्ष र फलदायी तरीकाबाट प्रयोग गर्ने किसिमको वाताबरण मिलाई दिनु पर्छ ।

पछिल्लो समयमा बालबिबाह बढेका पाईन्छ यसलाई तपाईको बाल क्लबले के कस्ता रोकथामका उपाय अपनाएको छ ?
बालबिबाह रोक्नको लागी गाउँ बालक्ल सञ्जाल समिती बाँफिकोट गाउँपालिका रुकुमपश्चिम आबश्यक तहमा चेतनालाई बिस्तृत र व्यापक रुपमा जागृत गर्ने कार्यमा तत्पर रहेको छ । बालक्लवलको अभियानलाई स्थानीय सरकारले सहयोग गर्नुका साथैे कानुनको निस्पक्ष रुपबाट सदुपयोग गनुपर्छ ।

शिक्षालाई व्यवहारिक बनाउन कसले के गर्नुपर्छ ?
स्थानीय सरकारले बैज्ञानिक, व्यवहारीक, सैदान्तिक र व्यवसायिकमुलक शिक्षालाइ प्राथमिकता दिनु पर्ने छ । गुणस्तरीय शिक्षाको प्रतिपादन गर्ने कार्यमा पहल चाल्र्नु पर्छ । शिक्षा क्षेत्रमा दक्ष तथा बिज्ञ शिक्षकलाई प्राथमिकता दिनु पर्छ । शिक्षाको सैदान्तिक ज्ञान लिनु र व्यवहारमा उतार्नु मा पृथक भिन्नता छ । ज्ञान लिएर व्यवहारमा न उर्तादा शिक्षाको दुरुपयोग भएको ठहर्छ भने व्यवहारमा उर्तादा शिक्षाको सकरात्मक प्रगतीमुलक क्षेत्रमा उपयोग भएको ठहर्छ ।

तपाईको बाफीकोट गाउपालिकामा बालबालिकाको क्षेत्रमा अहिले सम्म भए गरेका केहि प्रमुख काम ?
बाफीकोट गाउपालिकामा बालबालिकाको क्षेत्रमा चेतनाको अभिवृद्धि गर्ने व्यवहारिक क्रियाकलाप गरियो । साथै बालबालिकाका समस्याहरुलाई निरुत्साहित पारी मागलाई पुरा गरियो । बिगतका कार्य शैलीलाई परिस्कार गरी बालहितकर पक्षलाई समेटेर आर्थिक बर्ष २०७५÷०७६ को लागी योजना तथा निती पद्धतीको पार्दुभाब गरियो ।

बर्तमान समयमा बलबालिकाहरु चोरी डकैती तथा बिकृती बिसंगतीमा लागेका छन यसलाई न्युनिकरण गर्न के गर्नु पर्ला ?
यो समस्यालाई न्युनिकरण गर्न अभिभाबकले आफ्ना बालबालिकालाई प्रत्येक समयमा निगरानी राख्नु पर्छ । साथै बालबालिकाको कुशल माग र आवश्यकतालाई पुर्ति गर्ने पक्षलाई ध्यान दिनु पर्छ । समय समयमा भेदभाब रहित प्रेम, स्नेह, सल्लाह सुझाब र आवश्यक सहयोग दिलाउनु पर्छ ।

सामाजिक क्षेत्रमा काम गर्दा तपाइले घरपरिवार बाट के कस्तो सहयोग पाउनु भएको छ ?
घरपरीवारबाट प्रेम स्नेहको साथै उचित सल्लाह, सुझाब, सहयोग प्रदान गर्नु भएको छ ।

अन्त्यमा केहि भन्न छुटको छ ?
बालबालिकाको क्षेत्रमा कार्य गर्ने बिबिध सरकारी, गैरसरकारी, संघसस्थाहरुलाई रचनात्मक समन्वय गर्न सादर अनुरोध गर्द छु । यसका साथै बालबालिकाका आवाजलाई जनता समक्ष पु्याउन सहयोग गर्नु भएकोमा आहा सञ्चार साप्ताहिक परिवार प्रति कृतज्ञता जाहेर गर्द छु । प्रस्तुती  : सुवास बटाला

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares