Input your search keywords and press Enter.

गरिब घरपरिवार परिचयपत्र बितरण

जयमान बुढा
भूमे
रुकुम पूर्व भूमे गाउपालिकाले साउन ६ गते देखि २० गते सम्म विभिन्न स्थानहरुमा शिविरको रुपमा नै गरिब घरपरिवार बितरण गरिएको छ । पहिचान सर्बेक्षण २०७० मा आधारित पिएमटी विधिद्वारा पहिचान भएका घरपरिवारलाइ गरिब परिचय पत्र वितरण गरेको छ ।
गरिब परिचय पत्र तीन खालको कार्ड अति गरिब रातो कार्ड, मध्यम गरिब पहेँलो र सामान्य गरिबलाइ नीलो रङको कार्ड वितरण गरिएको भूमे गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । गाउँपालिकाका वडा नम्बर १ मा जम्मा १ सय ७६ जना रहेकामा वितरण १ सय ३६जना, वडा नम्बर २ मा जम्मा १ सय २४ रहेकामा वितरण ८१ जना, वडा नम्बर ३ मा जम्मा १ सय १४ जना रहेकामा वितरण ६८ जना भएका छन ।
त्यस्तै वडा नम्बर ४ मा जम्मा ४७ रहेकामा वितरण ३३, वडा नम्बर ५ मा जम्मा १सय १९ रहेकामा वितरण ७२, वडा नम्बर ६ मा जम्मा ९४ रहेकामा वितरण ४७, वडा नम्वर ७ मा जम्मा १ सय रहेकामा वितरण ४२, वडा नम्बर ८ मा जम्मा १सय ४७ रहेकामा वितरण १ सय १ र वडा नम्बर ९ मा जम्मा २ सय ८ जना रहेकामा वितरण १सय ३ जनालाई गरिब घरपरिवारलाइ परिचय पत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । लिस्टमा जुन घर मुलिको नाम रहेको स्वायमः आफुनै उपस्थिती भै लिइने भएको कारणले कसैको घरपरिवारको घर मुलि बिदेश तथा रोजगारीको सिलशिलामा अन्य ठाउमा रहेकाले बाकी ब्यक्तिलाई वितरण हुन नसकेको बताईएको छ ।

गाउँपालीकाकामा २०७० को सर्बेक्षण अनुसार जम्मा गरिब घरपरिवार ९सय २१ जना रहेकामा अति गरिब ४ सय ४६, मध्यम गरिब २सय ८२ र सामान्य गरिबमा १ सय ९३ जना रहेको र बाँकी छट्टीएका घरपरिवारलाइ अर्को चरणमा वितरण गरिछ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares