Input your search keywords and press Enter.

भालुको आक्रमणबाट घाईते बालकलाई उपचारमा समस्या

जयमान बुढा
रुकुम पूर्वः भालुको आक्रमणमा बालक घाइते आर्थिक कमजोरको कारणले उपचारको लागि रकम सहयोग गरिदिनहुन परिवारले अनुरोध गरेका छन । रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर १ लुकुम गाउँका फुर्माण पुनका छोरा १६ वर्षिय कैलाश पुन गत साउन १५ गतेका दिन घाँस काट्ने क्रम बनमा भालूले आक्रमण गरेको थियो ।
बालकको खुट्टा र टाउकोमा गहिरो चोट परेको बालकका काका किसमबाहादुर पुनले जानकारी दिए । अहिले बल्खु स्थित राजधानी हस्पिटल काठमाण्डौंमा उपचार भैरहेको छ । उनको अवस्था अहिले पनि अचेत छ । आफन्तका अनुसार उनको टाउकामा गहिरो घाउ रहेको छ । परिवारमा आर्थिक समस्य भएको कारणले बालकको परिवारले सबैसंग रकम सहयोग गरिदिनहुन अनुरोध गरेको छ । अहिले रकम संकलन अभियानमा लुगुम्याल समाज दाङ, लुगुम्याल समाज काठमाण्डौंले रकम संकलन गर्ने सहयोग अभियानमा जुटेको अहिले सम्म स्थानीय बासिन्दा, स्थानिय क्लब र देश तथा बिदेश बाट सहयोग ३ लाख रकम संकलन भएको लुगुम्याल समाज काठमाण्डौंका अध्यक्ष हर्कबहादुर घर्तिले बताए ।
सहयोग गर्न चाहानाले मोवाईल नम्बर ९८५१०८९२९७ र ९८२४५०३७६४ मा सम्पर्क गरि रकम सहयोग गरिदिन आफन्तहरुले सबैलाई अनुरोध गरेका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares