Input your search keywords and press Enter.

अस्पतालको आन्दोलनका कारण जटिल विरामीहरुलाई समस्या

आहा सञ्चार संबाददाता
रुकुम २३, साउन : ४ दिन देखि आफन्तहरुले मृतको सव नवुझदा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा आकास्मिक सेवा प्रभावित भएको छ । मृतकका आफन्त र अस्पताल प्रशासन विच पटक पटक वार्ता हुदापनि क्षतिपुर्तिका विषयमा कुरा नमिले पछि शव अस्पतामा रहेको छ ।
आईतवार जाजरकोट भेरी नगरपालिका वडा न. १३ कुदुकि २९ वर्षिय यशोदा मल्ल रोकायको चौरजहारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तहरुले अस्पताल संग क्षतिपुर्तिको माग गर्दै आईरहेका छन । भने अस्पतालले क्षतिपुर्ति नदिने अडान गरेको छ ।

कानुनी प्रक्रियामा जान आफुहरु तयार रहेको भन्दै अस्पतालले कानुनी प्रक्रिया पछि आउने प्रतिवेदनको आधारमा यदि अस्पतालको गल्ती देखिएको खण्डमा कानुन वमोजम हुने सजाय वेहोर्न तयार रहेको वताएको छ । मृतकका आफन्तहरुले वाल वच्चाहरुकोे भरण पोषण तथा शिक्षा दिक्षाको जिम्मा अस्पतालले नलिए सम्म सव नवुझने मृतकका ससुरा टिकाराम आर्सीले वताए । ३ पटक सम्म भएको दुई पक्ष विचको वार्ता निश्कर्ष विहिन हुदा अस्पतालमा आउने अन्य जटिल प्रकृतिका विरामीहरुको स्वास्थ्य अवस्था जोखिममा परेको छ । अस्पतालकोे आई.सि.यु कोठमा मृतकको सव रहेकोले अन्य जटिल प्रकृतिका विरामीहरुको उपचार हुन नसकेको अस्पतालका डाक्टर कालेव वुढाले वताए । आफुहरु विरामीको सेवा गर्न तयार रहेको भएतापनि अस्पतालको वातावरण तनावग्रस्त भएकोले आकास्मिक सेवा समेत प्रभावित हुन पुगेको डाक्टर वुढाको भनाई छ । अस्पतालमा तनाव उत्पन्न भएयता अस्पतालमा उपचार हुन सक्ने ४ जना गम्भीर प्रकृतिका विरामीहरुलाई चौरजहारी अस्पतालले नेपालगञ्जका लागी रेफर गरेको छ ।

एपेन्डिसाईटिसको समस्या भएका चौरजहारी नगरपालिका वडा नं ९ का खिम वहादुर वुढा, सोही नगरपालिका वडा नं १ कि गर्भवति महिला बबिता वि.क. र दमका विरामी शेर वहादुर विकलाई उपचारको लागी नेपालगञ्ज रिफर गरिएको छ । त्यसैगरी सर्पको डसाई वाट घाईते सुस्मा विष्टको पनि नेपालगञ्ज रेफर गरिएको छ । शल्यक्रिया गर्नको लागी उपयुक्त वातावरण नहुँदा विरामीहरु उपचार नपाएर फर्किनुपर्ने अवस्था रहेको अस्पतालले वताएकोे छ । ४ दिन देखि आई.सि.यु कक्षमा रहेको मृतकको शव सडन थालेकोले महामारीको रुप लिन सक्ने अस्पताल प्रशासक डिल वहादुर गिरीले जानकारी दिए । मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दा ३५ लाख वरावरको क्षति भएको अस्पतालले वताएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares