सुवास बटाला
मुसिकोट
साँख खोला दोभान लघु जलविद्युत आयोजना मुसिकोट ११ रुकुम (पश्चिम) ले २०६६ सालदेखि २०७३ पौष ७ सम्मको तथा २०७४/०७५ सालको वार्षिक लेखा परिक्षण सम्पन्न गरेको छ । मुसिकोट ११ साविक भलाक्चा २ स्यावाङ्गमा आईतबार एक औपचारि कार्यक्रमका विच सम्पन्न भएको हो ।

कार्यक्रममा जलविद्युत निर्माण कार्य सुरु भएदेखि हालसम्म को आय–व्ययको विवरण प्रस्तुत गरिएको छ । जसमध्य विद्युत निर्माण कार्यमा गा.वि.स. अनुदान १० लाख ६१ हजार सात सय पच्चिस,वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको नियमित अनुदान १ करोड ४७ लाख ९० हजार र थप स्वीकृत अनुदान २० लाख ३५ हजार ९ सय ८६ रुपैयाँ ५० पैसा,जनसमुदायबाट नगद प्राप्त २२ लाख ९४ हजार ५ सय पैसट्ठि,मु.अ.कर फिर्ता बापतको १० लाख ९२ हजार ८ सय छत्तिस र वैकल्पिक उर्जा प्रवद्धनको जिईएसआई (लक्षित समुह¬) अनुदान १३ लाख ३०,००० हजार अनुदान गरि कुल रकम रु. २ करोड २६ लाख ५ हजार एक सय बाह्र मा उक्त आयोजना सम्पन्न भएको विद्युत निर्माण समितीले जानकारि दिएको छ । कार्यसमितीले सम्पुर्ण काम काज वडा कार्यालयले हर्ने गरि कार्यसमिती खारेज गरि ११ नं वडा कार्यालयलाई आयोजनाको सम्पुर्ण जिम्मा हस्तान्तरण गरिएको छ ।

election adv.

तर संघर्ष समितीले भने विद्युत निर्माणको सम्पुर्ण काम श्रमदान मार्फत गरिएको भए पनि लागत खर्च धेरै आएको भन्दै संघर्ष समितीले आन्दोलन गरेका थिए । निर्माण सामाग्रीहरु खरिद गरेको विल भर्पाइहरु समेत पेश गर्न माग गरेको तर कार्यसमितीले त्यसो गर्न नसकेको कारण आन्दोलन गरेको संघर्ष समितीले जनाएको छ । तर कार्यसमितिका अध्यक्ष शेर बहादुर खड्काले भने आफुमाथी लगाइएको आरोप झुट भएको र आफुले अनियमितता नगरेको दाबी गरे । उपभोक्ता समितीले १०५ दिन श्रमदान गरेको कुरा सहि भएको तर त्यसमा मुख्य मिस्त्री लगाएत आफ्नो श्रमदान गर्नुपर्ने मापदण्ड पुरा गरेकालाई दैनिक ज्याला दिने गरेको खड्काले जानकारि दिए । बिल भर्पाइ पनि विवादित वातावरणमा पेश गर्न नसकिएको विद्युत निर्माण कार्यसमितीका सदस्य दुर्गबहादुर बाँठाले जानकारि दिए । आफुहरुको सहमति बिना नै आयोजनाको जिम्मा वडा कार्यलाई सुम्पिएको प्रति संघर्ष समितीले आपत्ति जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto