गोपाल रेग्मी
रुकुम
रुकुम चौरजहारी अस्पतालमा एक विरामीको उपचारको क्रममा मृत्यु हुदा मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन । जाजरकोट भेरी नगरपालिका वडा नं १३ निवासी २९ वर्षिय यशोदा मल्ल रोकायको उपचारको क्रममा आज विहान मृत्यु भएको थियो । मृगौला संक्रमणको समस्या हुदा ४ दिन अघि अस्पतालमा भर्ना भएर उपचार गराई रहेकि मल्ल रोकायको आज एक्कासी मुटको धडकन वढेर उपचारको क्रममा मृत्यु भएको अस्पतालका डाक्टर कालेव वुढाले जानकारी दिए । सामान्य मृगौलाको संक्रमण भएर अस्पतालमा उपचार गराई रहेकी मल्लको गलत सुईको कारणले गर्दा मृत्यु भएको आफन्तले आरोप लागाएका छन । मृतकका आफन्तले अस्पतालका सिसाहरु तोडफोड गरेका छन । अहिले पनि अस्पताल तानावग्रस्त रहेको छ । अस्पतालका डाक्टरले अस्पताल वाट गलत सुईको प्रयोग नभएको दावी गर्दै छानविन गर्न तयार रहेको र यदि कमजोरी भएको खण्डमा कारवाहि भोग्न तयार रहेको वताएका छन । तोडफोडलाई नियन्त्रण लिन प्रहरीले २ रावउण्ड हवाई फायर गरेको थियो । अस्पतालमा भर्ना भएका अन्य विरामीहरु उपचार सेवा वाट वञ्चित भएका छन ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto