मेगराज खड्का
रुकुम

एक महिनाकै बिचमा रुकुमका कलाकारहरुले पाँच वटा गीत बजारमा ल्याएका छन । जसमा ४ वटा महिलाहरुको महान चाड तीज संग सम्बन्धीत छन भने एउटा देश प्रेम समेटिएको नेपाल आमा गीत रहेको छ ।

प्रेम प्रकाश परियारको ‘चरि बनी उडौं उडौं भो’
नब कलाकारको रुपमा कलाकारिता क्षेत्रमा प्रबेश गरेर उदयमान कलाकारको रुपमा अघि बढिरहेका प्रेम प्रकाश परियारले चरि बनी उडौं उडौं भो नामको तीज गीत सार्बजनिक गरेका छन । गीतमा शब्द संगीत किरणबाबु पुनको रहेको छ भने स्वर प्रेम प्रकाश परियार र चर्चित गायिका शान्ति श्री परियारको रहेको छ । यो समाचार तयार पार्दासम्म युट्युवमा यस गीत २० हजार ६ सय २८ पटक हेरिएको छ । हेर्नुहोस यस्तो छ गीत

धनबिर दाहालले ल्याए, ‘चेलीको मर्म’
रुकुमका पत्रकार धनबिर दाहालको नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज गीत समेटिएको चेलिको मर्म नामक गीत बजारमा ल्याएका छन । जिल्लामा रहेर एक दशक देखि पत्रकारिता गर्दै आएका पत्रकार दाहालले स्थानीय मौलिक भाकामा वर्षमा चेलीले भोग्नु परेको दुःख, पिडा र मर्मलाई गीतमा समेटेका छन । दाहालको लय/शब्द रहेको गीतमा चर्चित गायिका शान्तिश्री परियार र अमितबाबु रोकायले स्वर दिएका छन । यो समाचार तयार पार्दासम्म युट्युवमा यस गीत १४ हजार ३८ पटक हेरिएको छ । हेर्नुहोस यस्तो छ गीत

election adv.

धनमाया स्मृति प्रतिष्ठानको ‘काँक्रि फलेन’
धनमाया स्मृति प्रतिष्ठान बाँफिकोटले पनि यस बर्षको तीजलाई लक्षित गरेर गीत बजारमा ल्याएको छ । उक्त गीतमा शान्ति श्री परियार र रुकुमेली लोकप्रिय गायक तुल देवकोटाको स्वर दिएका छन । गीतको लय शब्द अमित परियारको रहेको छ । यो समाचार तयार पार्दासम्म युट्युवमा यस गीत ४ हजार २ सय १ पटक हेरिएको छ । हेर्नुहोस यस्तो छ गीत

अमित परियारको ‘भाउजुकी बहिनी’
त्यस्तै अर्का रुकुमेली लोकप्रिय कलाकार अमित परियार र टिना रानाको सयुक्त प्रस्तुती भाउजुकी बहिनी तीज गीत पनि सार्बजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रुकुम शाखाका अध्यक्ष समेत रहेका परियारले केहि दिन अघि मात्र गीत बजारमा सार्बजनिक गरेका हुन । गीतमा परियार र टिना रानाको स्वर रहेको छ । यो समाचार तयार पार्दासम्म युट्युवमा यस गीत ३ हजार ३ सय ४६ पटक हेरिएको छ । हेर्नुहोस यस्तो छ गीत

प्रकाश रन्काको ‘नेपाल आमा’
त्यस्तै रुकुमका कलाकार प्रकाश रन्काले पनि नेपाल आमा नामको देशभक्ति गीत बजारमा ल्याएका छन । देशको माया र भावनाप्रति समेटिएका यसअघि पनि बिभिन्न गीतहरु गाएर जनकलाकारको रुपमा आफ्नो परिचय बनाएका गायक रन्काले यस पटकको गीत पनि देशको माया प्रति समर्पित राष्ट्रिय गीत छ । गीतमा शब्द संगीत र स्वर उनकै हो । यो समाचार तयार पार्दासम्म युट्युवमा यस गीत ६ सय १७ पटक हेरिएको छ । हेर्नुहोस यस्तो छ गीत

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto