Input your search keywords and press Enter.

सामुहिक कृषि उत्पादनमा युवा

डिल्लीबहादुर खत्री
रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकामा युवाहरु सामुहिक कृषि उत्पादनमा जुटेका छन् । कृषिमा आधुनिकिकरण गरि आर्थिक समृद्धि गर्नको लागि सामुहिक कृषि उत्पादन सुरु गरेको बताइएको छ । वडा न. ५ मा भैंसी पालन, ६ मा तरकारी उत्पादन र वडा न. १० मा बाख्रापालन सामुहिक रुपमा सुरु गरिएको छ । भैंसीपालनमा ७ जना युवा मिलेर ११ वटा भैंसी पालिएको छ भने १ बर्षमा १५ देखि २० वटासम्म पु¥याउने लक्ष्य राखिएको छ । स्थानीय युवाहरु मिलेर नगरपालिकाको साझेदारीमा सामुहिक भैंसी पालन गरि दूध उत्पादन गरेर चौरजहारीको बजारमा पु¥याउने लक्ष्य राखिएको कृषक गोरख रावतले बताए ।
उनका अनुसार अहिले फार्ममा ४ वटा दुहुना छन् भने अन्य बेहुने छन् र फार्मबाट उत्पादन भएको दूध गाउँ र स्थानीय बजारमा पु¥याउने गरिएको छ । ‘हामीले पहिलोपटक सामुहिक पशुपालनको अभ्यास थालेका छौँ, यो भर्खर सुरु भएकोले राम्रोसँग विश्वास दिलाउन सकेका छैनौं’ उनले भने, ‘भाँडामा जग्गा लिएर घाँस उत्पादन गर्छाैं, सफल हुन् सकिन्छ कि सकिन्न हामी प्रयासमा छौँ ।’ जसरी भएपनि सफल बनाएर नगरपालिकामा नमुना योग्य फार्म सामुहिक पशुपालनको भैंसी फार्म बनाउने उनको भनाइ छ । त्यस्तै वडा न. ६ को सामुहिक तरकारी उत्पादनमा ८ जना युवाहरु जुटेका छन् । आफ्नै स्वलगानीमा तरकारी फार्म गरिएको कृषक चुस्कु रोकाको भनाइ छ । उनका अनुसार वडा न. ५ र ६ का युवाहरु मिलेर तत्काल पाँच वटा टनेलमा टमाटर, अकबरे खोर्सानी ,चाइनिज बोडि र भान्टा लगाइएको छ ।
‘स्थानीयको ८ रोपनी जग्गा भाँडामा लिएर उत्पादन सुरु गरेका छौँ’ उनले भने, ‘ताजा तरकारी उत्पादन गरेर चौरजहारी बजार र स्थानीय बजारमा पु¥याउने लक्ष्य राखेका छौँ ।’ त्यस्तै वडा न. १० पनि सामुहिक बाख्रापालनको लागि प्राविधिक स्टामेट अनुसार भवन बनाइएको छ भने फार्ममा बाख्रा राख्ने तयारी पनि गरिएको छ । सुरुमा ४० देखि ५० वटासम्म बाख्रा राख्ने कृषक रोशन रानाले बताए । उनका अनुसार अहिले बाख्रा खरिद गर्ने काम भइरहेको छ । नगरपालिकाका अन्य ठाउँका युवा पनि सामुहिक कृषि उत्पादनको लागि प्रक्रियामा रहेका छन् । बेरोजगार तथा बिदेश बाट फर्किएका युवाहरु मिलेर सामुहिक कृषि उत्पादन गर्न सुरु गरेका हुन् ।
नगर प्रमुख बिशाल शर्माले पनि ब्यवसायिक रुपमा कृषि उत्पादन गर्नेलाई नगरपालिकाले प्राविधिक, आर्थिक साझेदारी र बजारीकरणको लागि सहयोग गरिरहेको र अब पनि गर्ने बताएका छन् । ‘हामीले पटकपटक भनिरहेका छौँ कसैले सामुहिक तथा ब्यक्तिगत व्यवसायिक कृषि उत्पादन गर्न खोज्छन हामी सक्दो सहयोग गर्छाैं’ उनले भने, ‘नीति बनाएर पनि त्यतातिर लागिरहेका छौँ ।’ कृषि क्षेत्रका जानकारहरु नगरपालिकाले कृषकले उत्पादन गरेको वस्तुले बजार नपाए त्यसको मुल्य दिने नीति बनाएसँगै युवाहरुको कृषि तर्फ बढ्दो आकर्षण रहेको बताउँछन् ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *